अपडेट

संचार मन्त्री को भारतिय च्यानल खुलाउने निर्णय कुटनैतिक छ

   
       भारतिय राजदुत ले पनि यो नाकावन्दि होईन भनिरहेका छन,नेपाल को संचार मन्त्री ले पनि यो नाकावन्दि होईन नै भनिराका छन,आपुर्ति पहिले का आन्दोलन ताका पनि रोकिन्थ्यो यत्रो चर्चा भएर यसरी राष्ट्रीयता उर्लेको देखीएको थिएन,खास गरी हाम्रो तराई केन्द्रीत आन्दोलन नै नाका नखुल्नु को कारण हो कारण थाह हुदाहुदै पनि निराकरण को उपाय नखोज्नु सरकार को कमजोरी हो,अर्को कुरा सामाजीक संजाल मा उर्लेको पहाडीया मानसिकता ले र खोक्रो राष्ट्रीयता ले भन्सार मा सामान रोकीनु लाई नाकावन्दी भनेर प्रमाणीत गर्न खोज्दैछ-सिचुएसन लाई तराई को नजर बाट पनि हेरीयोस।अधोषित नाकावन्दी भन्छन मिडीया,के हो यो अघोषीत भनेको ? पहीला सासु वुहारी को लुछाचुडी बन्द होस अनी वल्ल गर्छन छिमेकी ले अर्मपर्म र बल्ल चल्छ ऐंचोपैंचो,उस्तै हो छिमेकी सम्वन्ध पनि ,घरीयसी झगडा मै पनि सासु को पक्ष लिनेहरु पनि हुन्छन र बुहारी पक्षधर पनि भेटीन्छन,हो भारत ले मधेसी नेता हरु को माग को समर्थन गर्यो होला यस्मा उस्का आफ्ना स्वार्थ हरु होलान,हिन्दी भाषी या भारत परस्त कसैलाई सरकार प्रमुख बनाए आफ्ना स्वार्थ पुरा हुने छनक पाएरै हाम्रो आन्तरीक मामला मा यसरी घुसपैठ गरेको होला तर कमजोरी हाम्रै हो,हामीले नै निम्त्याएका हौं भारत लाई हाम्रो मामला मा दखल दिन र हामी ले हाम्रै विरुद्द मा लगाएका हौं नाकावन्दी-भारत लाई दोष दिएर के फाईदा?नेपाली हरु विचार गरिरहेछन आखीर कस्तो हुन्छ त आँफु लाई आँफै ले थुन्दा?कहिलेकाही त दिक्क लाग्छ सामाजीक संजाल का प्रयोगकर्ता हरु देखेर पनि,हल्ला को पछाडी यसरी दौडन्छन मानौं त्यसरी दौडदा वल्ल देशभक्त भईन्छ या क्रान्तिकारी वनिन्छ,कुनै नेता विशेष लाई गाती गर्दै स्टाटस पोष्ट गरेर महान बनें भन्ने सम्झनु या भारत विरुद्द चर्का नारानाजी गरेर मख्ख पर्ने विद्वान हरु ले आफु मुर्ख बनेको महसुस गर्दैनन, यथार्थ के हो भने सबैभन्दा पहीला आन्तरीक कुरा मिलाउ अनी दुई देश को कुरा आफै मिल्छ,ब्यापार को कुरा या संधि संझौता पालना का कुरा आफै हुदै जान्छन ,आवस्यकता हरु द्विपक्षीय नै हुन्छन त्यसैले पनि कुनै छिमेकी ले पनि एकलौटी निर्णय लामो समय सम्म लादिरहन सक्दैन। सामाजीक संजाल मा भारत लाई घुँडा टेकाउने स्टाटस हालेर राष्ट्रवादी कमेन्ट्स र लाईक को रमिता हेरेर मुस्कुराईरहेको  नेपाली विद्वान ले या त भारत मै चौकीदारी गरिरहेको यौटा नेपाली को मर्म बुझ्दैन,या खाडी मा वेल्चा चलाईरहेको नेपाली को पिडा मा ध्यान दिने फुर्सद हुदैन-बडो कुटनिती को कुरा गरेर भारतिय च्यानल खुल्ला गराउने संचार मन्त्री को निर्णय को विरोध गर्ने र संस्कृती मन्त्री भारत परस्त हो भनेर परिभाषित गर्ने हरु उग्रराष्ट्रवाद बाट ग्रस्त छन र उग्र राष्ट्रवाद या उग्र जातिवाद ले कसैको भलो गर्दैन,संयमता अपनाउन जरुरी छ किनकी संचार मन्त्री को निर्णय बडो कुटनैतिक निर्ण य हो र नैतिक दवाव हो भारत को लागी "हेर भारत सरकार हाम्रा जनता हरु तिमीहरु का च्यानल वन्द गर्न चाहान्छन तर हामी खुलाउछौं , तिम्रा सिमाना का कर्मचारी हरु हाम्रा माल बाहक गाडी रोकीरहेछन तिमी हरु त्यो खुलाउन पहल गर" । तर आम सामाजीक संजाल प्रयोगकर्ता हरु ले किन च्यानल खुलाउन पहल गर्यो सरकार ले त्यता पट्टी ध्यान दिदैनन र मुर्दावाद का नारा लगाउन थालीहाल्छन।

कोई टिप्पणी नहीं