अपडेट

नेपाली लोक संगीत क्षेत्रको उम्रदैका तिनपाते प्रवृत्ती

अचम्म लाग्छ जसले लोक संगीत को जगेर्ना र उत्थान को लागी जिवन समर्पित गर्यो उ चुपचाप छ,जसले जिवन को सबैभन्दा उर्वर दशक खर्च गर्यो उ अझै संघर्ष कै मैदान मा छु भन्ने सोचेर केवल साधना गरिरहेछ मात्र साधना।गीत संगीत कै ब्यापार मार्फत संस्कृती को जगेर्ना र उत्थान मा लाखौं करोडौं खर्च गर्ने संगीत ब्यबसायी पनि चुप छ,उ कला र संस्कृती को जगेर्ना र ब्यापार को नाफा-घाटा गरि दोहोरो थिचाई मा छ र त्यही दवाव ब्यालेन्स गर्दा गर्दै उ बोल्न सम्म भ्याउदैन, लेखक अथवा गीतकार जस्ले लोकगीत लेखेरै जिवन रित्याईदियो अनी जस्का शब्द हरु मा पहाड रसाउने ताकत छ चट्टान पगाल्ने ह्याउ राख्दछ उ पनि परिवेश अनुसार गम्भीर छ त्यसैले पनि बोल्दैन,बन्दै गरेको गीत को औकात नाप्न सक्ने कुन गीत राम्रो र कुन मौलीक भनेर छुट्याउन सक्ने वरिष्ठ प्राविधिक ले पनि आफ्नो ब्यक्तित्व प्रमाणीत गर्छ चुपै लागेर बरु आलोचना सहन्छ खप्छ त्यो पनि बोल्दैन।

विमा कुमारी दुरा सडक छेउ मा बसेर ग्वाँ ग्वाँती रोईन तर पनि अरु को चित्त दुख्ने गरि आलोचना मा रमाईनन आफु "विमा दुरा" हुनको लागी गरेको संघर्ष को संझनाले परेली का डिल बगाउदा पनि उनी उत्तीकै खुसी छिन जति उनी यो क्षेत्र को चरम चुली मा हुँदा थिईन। एकदिन मैले विमा दिदी लाई सोधें-दिदी अव तपाई का योजना के छन?दिदी ले मुस्कुराएर भन्नुभो-भाई गंगबु देखी पशुपति सम्म मलामी पुर्याउने लक्ष हो मेरो पुगे होलान की नाई मेरा मलामी? म अवाक्क परें!दिदी कति महान छ तिम्रो सोच,तिम्रा मलामी गंगवु-पशुपती मात्र होईन पुरै नेपालीभाषी जस्ले तिम्रो नाम सुन्यो त्यो बन्नेछ,मृत्यु लाई यती सहज तरिका ले वर्णन गर्न सक्ने खुवि ठुला ठुला योगी हरु मा ऋषिमुनी हरु मा हुन्छ भन्ने मैले सुनेको थिएँ विमा दिदी को जवाफ पछी मैले दिदी लाई ऋषी को रुप मा बुझेको छु जस्ले जिवन का संघर्ष लाई मात्र होईन मृत्यु लाई पनि उत्तीकै सहज रुपमा लिएको छ ।

नेपाली संगीत को क्षेत्र मा मुहफट(मनमा लागेको कुरो फ्याट्ट बोल्ने) बानी भएका संगीत ब्यवसायी तथा विन्दवाशीनी म्युजीक का निर्देशक सुवास रेग्मी लाई एकदिन मैले सोधें-सुवास जी तपाई को जागीरले मात्रै पनि अहीलेको भन्दा स्टान्डर्ड जिन्दगी बाँच्न पुग्छ,तपाई को विन्दवाशीनी भन्दा साना कम्पनी का साहु हरु कार चढ्छन तपाई किन पैदलै थापाथली अनामनगर गरिरहनुहुन्छ?जवाफ मा सुवास जी थोरै मुस्कुराएर बडो दार्शनीक पारा मा बोल्नुभो,हेर बाबा-तिमी संग जतिसुकै सम्पत्ती भएपनि लो प्रोफाईल मै रमाउन सिक सम्पत्ती भनेको त सुनका थैला हातका मैला न हो,आज तिमीसंग भएको भोली अरु कसैसंग हुन सक्छ र तिमी भोली रित्तै हुन सक्छौ,आज सम्पत्ती हुदा लो प्रोफाईल मा रमाउन सिक्यौ भने भोली सम्पत्ती नहुदा तिम्लाई दुख का दिन गुजार्न सजीलो हुनेछ। उनको सम्पत्ती र जिवीका सम्वन्धी यो परिभाषा सुनेपछी मेरो सम्पत्ती प्रती को मोह भंग भयो। लोक संगीत कै उत्थान मा अहोरात्र खटेर आधाजीवन समर्पीत गरी अहीले प्राज्ञ मा नियुक्त हुनुभएका आदरणीय दाई दुर्गा रायमाझी लाई मैले एकदिन सोधें,दाई तपाई ले लोक संगीत को क्षेत्र मा पुर्याएको योगदान को त राष्ट्र ले राम्रै सम्मान गर्यो सरकार ले प्राज्ञ जस्तो सम्मानित पद मा नियुक्त गर्यो तपाई लाई अव आँफु सफल भएँ जस्तो लाईराछ?मेरो प्रश्न सुनेर दुर्गा दाई निकै गम्भीर हुनुभो र भन्नुभो-भाई म प्राज्ञ वन्ने लक्ष लिएर लोक संगीत मा लागेको थिईन,प्राज्ञ हुनुभन्दा महत्वपुर्ण कुरा आफु भित्र सम्वन्धित विषय मा कति ज्ञान छ त्यो महत्वपुर्ण कुरा हुन्छ,प्राज्ञ मा नियुक्त हुनु ठुलो विषय होईन म नभएको भए अरु कोही हुन्थ्यो।लामो संघर्ष र मिहीनेत पश्चात सफलता को शिखर मा पुग्दा पनि आफ्नो सफलता मा घमण्ड नगर्ने दुर्गा रायमाझी दाई जस्ता श्रष्टा नयाँ पुष्ता ले पाउन गाह्रो छ,सफलता र ज्ञान विच को तात्विक भिन्नता जुन दुर्गा दाई ले छुट्याईदिनुभएको थियो त्यो सुनिसकेपछी बल्ल मलाई सफलता होईन ज्ञान खोज्नु पर्छ भन्नेकुरा बोध भयो।

तर अव समय ले कोल्टे फेर्यो,परिवेश बदलियो,नयाँ हरु को छ जमाना,हल्ला हरु का छन चर्चा यहाँ,शहनसीलता भन्ने कुरा को कमी छ,चर्चा र क्षणीक सफलता को लागी जस्तोसुकै संझौता गर्न पछी पर्दैन नयाँ पुष्ता अथवा जस्तोसुकै हत्कण्डा अपनाउन पछी पर्दैन नयाँ पुष्ता,यौटा समाचार आयो फलानो गीत विवाद मा पर्यो भनेर,अर्को कलाकार लाई पनि आफ्नो गीत विवाद मा पार्ने रहर हुन्छ गीत विवाद मा परोस नपरोस कलाकार को फेसबुक या कुनै ब्लग को भित्ता मार्फत स्वघोषणा हुन्छ यहा मेरो गीत पनि विवादित बन्यो भनेर,आखीर विवाद को चर्चा कति सम्म र कहिले सम्म?परिवेश अचम्म लाग्दो छ।शब्द को मर्म नबुझेर अथवा ब्यक्तीगत ईवी को कारण ले कुनै कम्पनी को गीत नेपाल टेलिभिजन मा सेन्सर मा पर्छ र त्यो कुरा मिडीया मा आउछ लगत्तै गीत सेन्सर मा पर्यो भनेर घोषणा गर्ने कलाकार को लर्को लामै देखीन्छ त्यही प्रवृत्ती लाई लोके प्रवृत्ती भन्ने प्रचलन छ लोक संगीत को दुनीया मा।

ढाडे विरालो विवादीत बनेर चर्चा पाएको देख्ने वित्तीकै भैसी संग स्वास्नी साट्ने आशय को गीत गाएको कलाकार ले आफ्नो गीत विवाद मा परेको स्वघोषणा गरे,छोटो सारी को "सेक्सी" र नपढेरै हो को "माल" भन्ने शब्द सेन्सर मा पर्ने वित्तीकै अरु कलाकार ले पनि आफ्ना गीत मा रहेका शब्द हरु सेन्सर मा परेको आशय को स्टाटस हरु आ आफ्ना भित्ता मा टाँसे,तर पनि सेन्सर मा परेका भनिएका तिनका गीत निर्वाध टिभी मा बजीरहे,अचम्म लाग्छ कसैको राम्रो प्रवृत्ती पच्छ्याउनु र राम्रो जस्तै हुनखोज्नु को साटो यहा नराम्रो कुरा को पछी लाग्छन सुरु मै आफुलाई महान सम्झने उम्रदैका तिनपाते हरु,तिनीहरु ले घमन्ड गर्ने बेला भएको छैन भन्ने बुझ्न जरुरी छ। दुर्गा पंगेनी

कोई टिप्पणी नहीं