अपडेट

पत्रकार रविन्द्र मिश्र अपमानीत-बोक्रे विद्दता देखाए कतार का समाजसेवी ले।

       
नियम अनुसार त मिल्दैन तै पनि सानो कार्यक्रम टुच्च पार्दिम न भनेर नेपाल मा अथवा अरु प्रजातान्त्रीक मुलुक हरु मा दाता हरु लाई घरघरै र ठाड्ठाडै सम्मान गर्दै हिडेका रविन्द्र मिश्र नराम्रो संग लखेटिएछन दोहा मा,नियम भन्दा पर गएर अनौपचारीक तवर मै पत्रकार सम्मेलन र संघ संस्था हरु को महा अधिवेशन समेत पार्क मा गोलवद्द भएर गर्दै हिडेका दोहा स्थित नेपाली विद्वान महासय हरु ले "आन्तरीक मामला" बोलाईदिने नेपाली किटान गरेर फेसबुक मा ज्वरो ओकलिरहेछन-कमसेकम रविन्द्र मिश्र को ब्यक्तित्व सम्म को ख्याल राखेर दाता हरु को सम्मान कार्यक्रमको लागी औपचारीक अनुमति लिन वास्ता नगर्ने अनुभवी महोदय हरु फेसबुक मा रोएर के फाईदा? सुचना सम्वन्धि हक मा बन्देज भएको मुलुक हो कतार र आन्तरीक सुरक्षा को लागी निकै कडा मानीन्छ,त्यसै त बेलायती पत्रकार हरु ले निर्माण को क्षेत्र मा काम गर्ने कामदार को पक्ष मा चर्का आवाज उठाएर आत्थुआत्थु पारीरहेछन कतार मा हुने विश्वकप फुटवल अगाडी मर्नसक्ने कामदार हरु को विषय लाई लिएर बेलायति हरु ले जरो खनिरहेको अवस्था मा विविसी का पत्रकार रविन्द्र मिश्र को कार्यक्रम त्यती फितलो पारा ले आयोजना गर्न सल्लाह दिने विद्वान हरु को कमजोरी कै कारण अपमानित भएर फर्के मिश्र सुचना दिएर पुलिस बोलाउने को नियत लाई के दोश दिनु! या त विविसी कै पत्रकार नारायण श्रेष्ठ को साझा सवाल मार्फत मायाकुमारी शर्मा को अभिव्यक्ती विवादित हुदा को परिस्थिती र अहीलेको रविन्द मिश्र को  अवस्था लाई जोडेर बुझ्नु पर्यो नत्र दोहा स्थीत समाजसेवी जो आन्तरीक मामला का कर्मचारी सम्म पुग्ने र सुचना दिने हैसीयत राख्छ त्यो पनि सम्मानित हुन चाहान्थ्यो रविन्द्र मिश्र मार्फत तर मिश्र लाई त्यसो गर्न नहुने सल्लाह पो दिईयो की!आखीर दोहा मा पनि गुट उपगुट र पक्षविपक्ष को राजनिती राम्रै संग मौलाएको छ क्यारे ।भनिन्छ आफ्नो थैली को मुख राम्रो संग बाध्नु छिमेकी लाई दोश नलाउनु...!

कोई टिप्पणी नहीं