अपडेट

नयाँ संविधान प्रति परदेशीको समर्थन छ-गोपीकृष्ण

   



म त परदेशी,तिम्रो छड्के नजर,मैदान सल्लाघारी मा लगायत दर्जन चर्चित गीत गाईसकेका कलाकार गोपी कृष्ण पंगेनी युएई मा बसोबास गर्छन, डायस्पोरा बाट कला संस्कृति को जगेर्नार्थ लागी परेका पंगेनी समाज सेवामा पनि लागी परेका छन,कलाकार पंगेनी ले १०० शब्द मा ब्यक्त गरेको नेपाल को नयाँ संविधान प्रति उनको समर्थन जस्ताको तस्तै...।

संविधान लाई एक आम प्रवासी नेपाली नागरिक को आँखा बाट हेर्दा मैले खोट लगाउन पर्ने कुनै ठाउ देखेको छैन,अहीले यो सम्विधान का आलोचक हरु या असहमति जनाउने जति पनि समुह हरु छन तिनीहरु पनि यो संविधान मा पुर्णतया समेटिएका छन-मुलत: मधेसी समुदाय असंतुष्ट देखीयो तै पनि पहाडी समुदाय भन्दा मधेसी समुदाय कै हक अधिकार को संरक्षण मा जोड दिएको छ संविधान ले,मौलिक हक को ग्यारेन्टी गरेको छ,सम्पत्ती सम्वन्धि हक सुरक्षित गरेको छ,गोपनियता को हक को रक्षा गरेको छ अनी सिमान्तकृत तथा पिछडिएको वर्ग को लागी आरक्षण को ब्यवस्था गर्दै समाज लाई समानता को यौटा विन्दु मा पुर्याउन मार्ग निर्देश गरेको छ,२०४७ साल को जस्तो कसैको विरोध गर्न नपाईने या प्रस्तावना लाई अपरिवर्तनिय धारा मानेको छैन यो सम्विधान ले,असंतुष्ट हरु को माग संबोधन गर्न को लागी संसोधन को बाटो खुल्ला राखीएको छ त्यसैले यो संविधान धेरै लचकदार छ,सबै बर्ग संघर्ष हरु लाई निरुत्साहीत गर्दै केही समय को कालखण्ड मा समाजवाद पुर्णतया स्थापित हुने अपेक्षा संसार का विरलै संविधान ले प्रक्षेपण गरेका हुन्छन यो हिसाव मा हाम्रो संविधान प्रति निकै आशावादी हुन सकिन्छ,खास गरि भिन्न भिन्न सिद्दान्त मा आश्था राख्ने विद्वान हरु एकठाउमा बसेर बनाएको ले होला समानता,विकाश र अग्रगमन लाई विशेष महत्व दिएर निर्माण गरिएको यो संविधान को म खुलेर अन्तरआत्मा देखी समर्थन गर्न चाहान्छु।

कोई टिप्पणी नहीं