अपडेट

संविधान पढ्ने ले विरोध गर्दैन-सरस्वती सुब्बा।


       आज मैले ध्यान दिएर संविधान पढें । संविधान पढ्दा मेरो पहिलो निष्कर्ष हो – नेपाल हल्लै हल्लाको देश हो । कवि भूपि शेरचनले भनेजस्तो हल्लाको पछाडि मानिस धेरै कुद्छन् । 

संविधानमा मधेसी आयोग छ, थारु आयोग छ । नेपालमा थारुको भन्दा मगरको संख्या धेरै छ तर मगरलाई बेग्लै आयोग छैन । थारु मधेसीलाई यति धेरै अधिकार छ कि संविधान पढ्ने हो भने आन्दोलनका लागि सडकमा जनता हुने छैनन्, आन्दोलनकारी नेता मात्र हुने छन् । संविधान पढेपछि जनता आन्दोलनमा लाग्दैनन्, जनतालाई भ्रममा पारिएको छ । त्यसैले जनताले संविधान पढ्न आवश्यक छ । यो लिंकमा गएर संविधान डाउनलोड गर्न सकिन्छ– can.gov.np

हामी लिम्बूको नाममा बेग्लै आयोग छैन, यसमा हामी दुखी छैनौं, तर थारु र मधेसी समुदायले बेग्लै आयोग पाएकोमा भने खुसी छौं । अरुले नपाएको पाउँदा उहाँहरुले खुसी हुनुपर्छ । नागरिकताको बारेमा त झनै धेरै भ्रम फैलाइएको छ । नागरिकताको यति उदार व्यवस्था छ कि यसबाट नेपाल भविष्यमा फिजी बन्ने चिन्ता गर्नुपर्ने भएको छ । नागरिकतामा यो भन्दा लचिलो व्यवस्था नेपालको सीमा नाकामा जो आए पनि नागरिकता हातमा राखिदियो भने मात्रै हो, नत्र यो भन्दा लचिलो नागरिकता व्यवस्था के हुन सक्छ ?

प्रदेशको सीमांकनमा असन्तुष्टि सुनिन्छ । अहिले बनेको प्रदेश स्थायी होइन, देश स्थायी प्रदेश अस्थायी हो । भविष्यमा सीमा हेरफेर भइरहन्छ । भारतमा १३ प्रदेश थियो, २९ भयो, धेरै पटक सीमा हेरफेर भयो । नेपालमा पनि हेरफेर हुनसक्ने व्यवस्था संविधानमै राखिएको छ । नपत्याए संविधान पढ्नुहोला ।

एकपटक ध्यान दिएर संविधान अवश्य पढौं, हावा कुराको पछाडि नलागौं ।

कोई टिप्पणी नहीं