अपडेट

बाबुराम भट्टराई का पक्षमा-राष्ट्रीय मेलमीलाप को लागी राजीनामा।


     

डा. बाबुराम भट्टराई अत्यन्तै राष्ट्रभक्त एवं दुरदर्शीता भएका नेता हुन,वास्तव मै राजनेता हुन लायक र देश ले लामो समय सम्म भोग्न पाउनुपर्ने नेता हुन,उनको विद्वता राष्ट्र ले उपभोग गर्दै जनता लाई लाभान्वित बनाउनुपर्ने थियो तर दुर्भाग्य त्यसो हुन सकेन,संविधान जारी हुनु को जस पनि प्रचण्ड ले एकलौटी रुप मा पाउन थालेपछी विरक्तिएका बाबुराम भट्टराई ले अन्तत: राजीनामा दिए तैपनि पार्टि फुटाउने घृष्टता गरेनन यहा सम्म की सदन को सदस्य समेत नरहने गरी राजीनामा गरेका बाबुराम कमसेकम अव को तिन वर्ष त प्रत्यक्ष राजनिती बाट टाढा हुने नै भए किन की आगामी तिन वर्ष यही सदन ले देश चलाउने पक्का पक्की छ,जव बाबुराम यो सदन को सदस्य रहनेछैनन तव उन को उपस्थिती केवल सडक मा रहनेछ।एक हिसाव ले यो एकदमै ठुलो त्याग हो तर यो त्याग भट्टराई ले कस्को लागी गरे यो प्रश्न अनुत्तरीत नै छ लामो समय सम्म।

अर्को अवस्था मुल्याड•कन गर्ने हो भने यस्तो परिस्थिती हाम्रो देश मा बेला बखत आईरहने गरेका छन,बिपी कोईराला भारत मै रहदा राष्ट्रीयता नै खतरा मा परेको अनुमान लगाएर विदेशी मित्र भन्दा स्वदेशी सत्रु नै राष्ट्रीयता को लागी कम खतरनाक हुन्छ भन्दै राजतन्त्र संग हात मिलाउन आईपुगे "घर फर्क" अभीयान मार्फत,निकै ठुलो आलोचना पनि खेप्नु पर्यो विपी ले,पार्टी भित्रै बाट असहयोग र बिभीन्न कोण बाट आक्रमण पनि भए विपी माथी तर कालान्तर मा उनको स्वदेश फिर्ती अभीयान सही ठहरियो र त्यही अभियान "राष्ट्रीय मेलमीलाप को निती" को रुप मा प्रख्यात छ नेपाली राजनिती मा। कतै बाबुराम ले पनि त्यस्तै राष्ट्रीय अनिष्ट को संका पाएका छन तर ब्यक्त नगरेका पो हुन की!तराई केन्द्रीत समस्या संवोधन को माग राख्नु र तराई को आन्दोलन लाई समर्थन जनाउनु मा पनि कतै न कतै देश को स्वाभिमान जोगाउने राष्ट्रीय स्वार्थ पो लुकेको छ की,!पार्टी र पद मा रहदा बाबुराम ले तराई केन्द्रीत समस्या सुल्झाउन आफुले सम्भावना अनुसार को दवाव वनाउन नसक्ने ठम्याएर राजीनामा पो गरेका हुन की ! यो प्रश्न पनि लामो समय सम्म अनुत्तरीत रहनेछ जहिले सम्म बाबुराम ले मौनता तोड्दैनन तहीले सम्म।

अर्को कुरा कुनै पनि लाभ को पद र धारण गर्ने छैन भन्ने प्रतिवद्दता आएको पहिल्यै हो डा. भट्टराई बाट,प्रधानमन्त्री बन्न ललायीत पनि थिएनन र छैनन भन्ने अनुमान लगाउन गाह्रो छैन,आपसी सहयोग र समर्थन को निती अवलम्वन गरेका भट्टराई ले निर्मम तरीका ले सुरक्षाकर्मी हरु मारीदा पनि थारु आन्दोलन को समर्थन नै गरे,चाहे आन्दोलन हिंसात्मक नै किन नहोस बाबुराम ले अधिकार को लडाई मा हिंसा को पक्ष मै वकालत गरीरहे,थारु-मधेसी र जनजाती हरु को सहानुभुती ले मात्र नयाँ शक्ती जन्मन सक्छ,हुन सक्छ बाबुराम आफ्नो नयाँ शक्ती मा असंतुष्ट पक्ष जति सबै लाई समेटेर राष्ट्रीय संकट को निकाश खोज्न पो बाहिरीएका हुन की! जे होस उन को यो वहिर्गमन ले देश मा सापेक्षीत परिवर्तन ल्याओस भन्ने कामना गरौं।

कोई टिप्पणी नहीं