अपडेट

वालीनाली होईन सिरु उमार्न अभ्यस्त छन हाम्रा पाखो बारी हरु र वेसाहा बोक्न अभ्यस्तछन हाम्रा पाखुरा हरु।

       
        चार दिन पछी एयरलाईन्स हरु लाई दिने हवाई ईन्धन को जगेडा सकिने छ,पहिला जस्तो छैन समय, ०४५-०४६ को नाकावन्दी ताका ईन्धन को खपत अहीले हुने गरेको अनुपात मा दश प्रतिशत पनि थिएन,सिमीत सार्वजानीक साधन हरु लाई डिजल र गाउले हरु लाई मट्टीतेल बाँडेजस्तो हैन अहिले को ईन्धन आपुर्ती,हजारौं किलो लिटर दैनीक खपत हुने ईन्धन त्यसै हावा मा जलेर सकिएको छैन,त्यो ईन्धन जलेर आर्थिक उपार्जन पनि भएको छ,फेरीएको अर्को पाटो तत्कालिन नाकावन्दि मा हामी अनाज को उत्पादन मा लगभग आत्मनिर्भर थियौं तर आज अवस्था फरक छ,हामी विप्रेषण मा निर्भर छौं त्यसैले भारतिय चामल र आलु विना हाम्रो मुख मा माड लाग्दैन,हामी लाई थाहा छ ब्यापार कै लागी पनि नाकावन्दि लम्विने छैन त्यसै कारण पनि हामी निर्धक्क भारत लाई गाली गरिरहेछौं,याद गरौं विदेश मा जति नै डलर कमाएर विप्रेषण भित्र्याएपनि आफ्नो उत्पादन नभएसम्म हामी ले पैसा खर्च गरेर पनि चाहेको किन्न पाउनेछैनौं र उत्पादन जादुको छडी ले गर्दैन,एक छिमल वाली पाक्न पनि न्युनतम छ महिना लाग्दछ,अर्को कुरा वर्षौं देखी बाँझै रहेका हाम्रा पाखा हरु सिरु उब्जाउन अभ्यस्त छन र हाम्रा पाखुरा बेसाहा बोक्न बानीपरेका छन तसर्थ भारतिय नाकावन्दी लाई भावनामा बगेर जस्तो सुकै चुनौति दिएपनि वास्तविकता फरक छ,जनता मरिहाल्दैनन र देश अशफल भैहाल्दैन तर दिर्घकालीन असर हरु साह्रै नकारात्मक पर्नेछन तसर्थ भावना मा बगेर अनर्गल चुनौति हरु दिईरहनु भन्दा कुटनैतिक तवर बाट या अन्तराष्ट्रीय दवाव अथवा मध्यस्थता बाट नाकावन्दि खुलाउनको लागी सरकार ले हरसम्भव प्रयास गर्नुपर्छ-तराई को समस्या सुल्झाउनको लागी सकिन्छ भने सहमति मा नत्र "साम दाम दण्ड भेद" को निती अख्तियार गरेर भएपनि संविधान अक्षरश: पालना हुने वातावरण निर्माण गरिनु पर्छ।

कोई टिप्पणी नहीं