अपडेट

एनआरएन अध्यक्ष मा खाडी क्षेत्र को दावी कति तर्कसंगत !

एनआरएन अध्यक्ष मा खाडी क्षेत्र को दावी कति तर्कसंगत !
हुन त एनआरएन हरु को पनि ग्रेड हुँदोरहेछ,जापान अष्ट्रेलीया र युरोप तिरका एनआरएन हरु पहिलो तह का र खाडी मुलुक का दोश्रो,आम नेपाली को मानसिकता
अनुसार नै युरोप या अष्ट्रेलीया तिर धेरै सम्पत्ती कमाएका या ठुलो हैसियत भएका
हरु मात्र एनआरएन अध्यक्ष बन्न सक्षम हुन्छन भन्ने सोच लाई चुनौति दिंदै खाडी
मा बसोबास गर्ने एनआरएन ले पनि संस्था को नेतृत्व गर्न सक्छ भनेर चुनावी मैदान
मा उत्रने टि वी कार्की को साहस लाई मान्नै पर्छ अर्को तर्फ क्षेत्रीयता को आधार मा
पालो दावि गर्ने प्रणाली को विरोध मा अग्रज हरु ले अभिव्यक्ति दिईरहेको पनि पढ्न
पाईरहिएको छ,  समाचार पत्र हरु मा एनआरएन को आसन्न केन्द्रीय महाअधिवेशन र
उमेद्वारी घोषणा का समाचार हरु आईरहेछन,एनआरएन का वर्तमान उपाध्यक्ष टि वी
कार्कि ले कतार मा उमेद्वारी घोषणा सभा नै आयोजना गरेर वर्तमान अध्यक्ष शेष घले
ले दोश्रो कार्यकाल को लागी उमेद्वारी दिने नदिने निर्क्योल नहुदै २७ बुँदे घोषणा पत्र
सहित आफु स्वभाविक रुप मै अध्यक्ष को दावेदार भएको बताईरहदा खाडी मुलुक मा
रहेका वास्तविक एनआरएन हरु को संख्या,खाडी का एनआरएन हरु को अवस्था,
आयश्रोत र अन्य कुरा हरु लाई विष्लेषण नगरी केवल एनआरएन को नेतृत्व खाडी
ले पाउनु पर्ने दावि सहित उमेद्वारी दर्ता गराउनु अली हतार को निर्णय जस्तो
देखीएपनि उपाध्यक्ष भएको नाता ले टिवी कार्कि को अध्यक्ष मा दावेदारी लाई
महत्वकाँक्षी मान्न नपर्ला तर पनि कार्कि को घोषणापत्र को बुँदा नंबर दुई मा
उल्येख भएको ( सार्क मुलुकभन्दा बाहिर लगातार १८३ दिन भन्दा बढि विदेशमा
बसोबास गर्ने नेपाली हरु लाई  गैरआवासीय नेपालीको प्रमाणीकरणलाई सुरक्षित
गर्न र समानताका लागि) भन्ने वाक्यांश पढ्दै गर्दा मलाई कता कता एनआरएन
को नियत प्रति खोट छ की जस्तो लागी रहेछ,


    कुटनैतिक मर्यादा बाहिर भएर मात्र आलोचित हुनुपर्यो महामहिम माया कुमारीशर्मा
लाई नत्र उनको भाषा मा उल्यखीत शब्द हरु एकदम जायज थिए माया कुमारी शर्मा
ले भनेको कुरा यहा उल्यख गरीरहन नपर्ला, एउटा यस्तो परिस्थिती जो सबैलाई थाहा छ
तर पनि कोही बोल्न चाहदैन तै पनि मर्यादा विर्षेरै मायाकुमारी ले भन्ने हिम्मत गरीन
त्यो समस्या लाई निराकरण
गर्न अथवा कतार मा कार्यरत नेपाली हरु लाई कमसेकम म जेल मा छैन भन्ने
अनुभुति दिलाउन एनआरएन को उपाध्यक्ष भएको नाता ले टिवी कार्की ले के के
काम गरे त्यो नै उनको चुनाव जित्ने पहिलो आधार हुनसक्छ,तर १८३ दिन विदेश
वसेका जति एनआरएन हुन सक्ने जुन नियम छ त्यो जति हास्यास्पद केही हुन
सक्दैन,१८३ दिन कटेका मात्र चार लाख नेपाली होलान कतार मा किन ति सबै
लाई आफ्नो कार्यकाल मा एनआरएन अन्तर्गत समेट्न सकेनन कार्की ले ? ति
सबै नेपाली जस्ले १८३ दिन कटाएका छन कतार मा तिनीहरु सबै समेटीएको भए
आईसिसि प्रतिनिधी को संख्या कतार मा कति पुग्थ्यो?  यो प्रश्न को उत्तर
सजिलो छ,कतार मा १८३ दिन कटाएका पाँच प्रतिसत मात्र नेपाली पनि
एनआरएन मा आवद्द हुन ईच्छुक छैनन,ईच्छुक हरु भए पनि हैसीयत वाला
छैनन कति आर्थिक कारण ले र कति समय को कारण ले,फेरी ब्यबसायीक
हिसाव ले हेर्ने हो भने कतार का एनआरएन हरु मा औधोगीक ब्यबसाय गर्ने
कोही छैन,छन त खाली म्यानपावर ब्यबसायी या जागीरे हरु छन, जागीरे हरु
को हक मा त ठिकै छ जो म्यानपावर सप्लाई गर्ने ब्यबसाय मा आवद्द छन
तिनीहरु नै मानव अधिकार सम्वन्धि कानुन को पालना गर्न र आफ्नो कम्पनी
मा कार्यरत मजदुर हरु को हक हित को लागी प्रतिवद्द छैनन, कामदार हरु लाई
कहिले यता र कहिले उता बेच्दै हिड्ने खाडी का एनआरएन अगुवा हरु ले १८३
दिने नियम लाई अगी सार्नु निकै हास्यस्पद छ,कहिले दुईवर्ष पुरा होला र नेपाल
फर्कुँला भनेर समय पर्खेर वस्ने नेपाली लाई जवर्जस्ति एनआरएन को विल्ला
भिराई दोहोरो नागरिकता को हकदार होस भन्ने कुरा सिकाउनु भन्दा खाडी मा
कार्यरत युवा हरु लाई खाडी मा सिकेको सिप नेपाल मा प्रयोग मा ल्याई उतै
स्वावलम्वि बनाईने छ भन्ने बुँदा राख्दा बढि आकर्षक देखीन्छ।ब्यवसाय जस्तोसुकै
गरेपनि संवन्धित देश को नियमकानुन अन्तर्गत रहेर गरिएको हुनाले पनि टाउका
गन्ती गरेर बेच्ने कम्पनि का साहु हरु को वाहुल्यता रहेको खाडी का एनआरएन हरु
आँफै खाडी मा कति दिन सुरक्षित छु या असुरक्षित छु भन्ने महसुस गर्न सक्दैनन
तै पनि श्रमिक हरु मा एनआरएन हरु ले देखाएको दोहोरो नागरिकता को ललिपप
लाई सह्रानिय नै मान्नुपर्ला।

एनआरएन कलोनी को निर्माण,आमा या बाबु दुबै को नाम बाट नागरिकता ,
परदेशी को सुख दुख को सारथि,विद्यार्थि हरु को हक हित,सामुहिक लगानी र
विभेद अन्त्य गर्ने घोषणा हरु खालि बुँदा लम्ब्याउन मात्र प्रयोग भएजस्तो लाग्ने
गरी थोपरिएको भएपनि पर्यटन विकाश र विदेश बाट फर्केका नेपाली लाई स्वाबलम्वि
बनाउन पहल गर्ने सम्बन्धि बुदा हरु आकर्षक छन यद्यपि केही अगाडी एनआरएन
स्थापना काल देखी नै संस्था मा योगदान गरेका एकजना अग्रज एनआरएन जो
बर्तमान कार्यसमिती को सल्लाहकार समेत रहनुभएका नरेन्द्र भाट ले खाडी का
एनआरएन हरु संस्था हाक्न सक्ने अवस्था मा पुगी नसकेको बताईरहदा टिवी कार्की
को विजय लक्ष कसरी प्राप्त होला त ? प्रश्न टड्कारो छ।

एनआरएन लाई सबल नेतृत्व चाहीएको हो जो नेपल सरकार र अन्य संघ संस्था
संग मात्र नभई जहा जहा नेपाली हरु छन त्यहा त्यहा को सरकार संग समन्वय गर्न
सकोस,कतार बाट केन्द्रीय अध्यक्ष मा उमेद्वारी घोषणा गरेका कार्की को कतार सरकार
संग समन्वय गर्न सक्ने खुवि राख्छन की राख्दैनन सबै एनआरएन ले बुझ्नु पर्ने कुरा
हो अथवा यो तपसिल को विषय मान्न सकिएला तर नरेन्द्र भाट जि कै कुरा हेर्दा यदि
खाडी बाट कसैले सिगै खाडी को ठेकेदार हुँ भनेर उमेद्वारी घोषणा गर्छ भने त्यस्तो
ठेकेदारी प्रथा को विरुद्द अध्यक्ष पद मै उमेद्वारी दिन्छु भन्नुभएको देखीयो,यसरी के
निर्क्योल निकाल्न सकिन्छ भने खाडी भित्रै पनि एनआरएन हरु मा मत विभाजित छ,
यस्तो विभाजीत परिस्थिती मा टिवी कार्की को अध्यक्ष पद मा उमेद्वारी केवल देखाउन
को लागी मात्र घोषणा गरिएको त होईन?शंका गर्ने ठाउ प्रसस्तै छ,तर एक कार्यकाल
उपाध्यक्ष को कार्यभार सफलता पुर्वक वहन गरेको प्रमाण नै चुनाव जित्ने आधार वन्न
सक्छ अव को निर्वाचन मा टिवी कार्की को कार्यकाल को सहि मुल्याडक हुन्छ या
हुदैन त्यो चुनावि परिणाम ले बताउला।


(प्रस्तुत लेख मा समेटीएका विचार मेरा निजी हुन)
दुर्गा पंगेनी

1 टिप्पणी

Durga Pangeni ने कहा…

हुन त एनआरएन हरु को पनि ग्रेड हुँदोरहेछ,जापान अष्ट्रेलीया र युरोप तिरका एनआरएन हरु पहिलो तह का र खाडी मुलुक का दोश्रो