अपडेट

भमरा ले


फुलको गन्ध सुँघ्छु भन्यो मलाई भमराले
तिम्रो छेउमै पुग्छु भन्यो मलाई भमराले

कीन माया लायो कुन्नी हुन हो की रुन हो
तिम्रै काखमा लुक्छु भन्यो मलाई भमराले

हुन्न हुन्न भने धेरै भाग्न पनि खोजे धेरै
दोबाटोमा रुँग्छु  भन्यो मलाइ भमराले

अली कठोर स्वभाव मेरो रुखै वचन गरें मैले
त्यसो नभन दुख्छु भन्यो मलाई भमराले

काउकुती लाग्यो उस्को कुरा सुन्दा मलाई पनि
छेउमै आई ठुँग्छु भन्यो मलाई भमराले...!!