अपडेट

तिज हो की रत्यौली ?


"तिजका खाजा मीठो पोलेका तामाले……नरोइ भान्जी लिन आउछु भन्थे मामाले"

~जब जब तिज आउँछ तब तब यो गीत मनमा आउँछ । आमा सानिमा हरु पिडिमा बसेर गाउदै नाच्ने यी र यस्ता प्रकृति का गितहरुले कुनै बेला तिज आएको भान हुने गर्दथ्यो। हरेक साल जस्तै यो साल पनि हामी नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिक आइसकेको छ हालांकी अब तीज पर्व नारि हरु को मात्र रहेन,रेडियो टिभिमा घन्कने तिजका गितहरुले र ति गीत मा उफ्रेर नाचेका पुरुष कलाकार लाइ हेर्दा तीज बदलिदै गएको र अहिले बजिरहेका गीत का लय हरु सुन्दा तीज रत्यौलीमय  हुदै गैरहेको छनक पाइन्छ। तीज को गीत मा नाचेका पुरुष कलाकार रत्यौली का “लुठा”जस्ता लागिरहेछन । महिना दिन अघि बाट नै नेपाली नारीहरुलाइ उफार्न सुरु गरिसकेको छ तीज ले । गीत संगीत मार्फत माइती संग छुट्नु पर्दा को न्यास्रो मेट्ने परम्परा बोकेको तीज ले वाइन र ह्विस्की को नसा र हिन्दि आइटम गीत हरु को प्रवेश लाइ सजिलो संग पचाउन थालेको प्रतित हुन्छ ।  हुन त यो चाड भाद्र शुक्ल पुर्णिमाको दिन देखि पन्चमी सम्म चार दिन मात्र मनाइने चाड हो तर आजभोली महिना दिन अघिनै रेडियोमा घन्किएका तिजका जस्ता लाग्ने गितहरु र पार्टी प्यालेश मा सुरु भएका दर नाम का भोज हरु अनि टिभिमा रातो सारी लाएर नाचेका भिडियोहरुले तिज आइसकेको भान गराउछन ।तिज आउनु भन्दा केहि दिन अघि बाटै ठुला ठुला पार्टिप्यालेसहरुमा त्यो राम्री कि म  भन्ने होडबाजि नै चलाएर दिदीबहिनी हरु लुगा ले रातै र गहना ले पहेंलै भएर हिड्नु नौलो कुरो रहेन, हुन र एकसरो लुगा फेर्न पनि पर्व नै पर्खन पर्ने समय बदलियो, समाज को क्रय शक्ति मा आएको परिवर्तन संगै पर्व हरु भड्किलो बन्दै गैरहेको आभाष हामि जो कोहि लाइ हुनुपर्ने हो ।
॰॰॰॰॰॰
       हामी नेपालीहरुको हरेक पर्वको बिशेश महत्व त हुन्छ नैतेसमाथी तिजको पनि आफ्नै महत्व छ।श्रीमानको लामो आयुको लागि व्रत बस्नुका साथसाथै  गित संगित नाच गान पनि तिजको महत्वपूर्ण पाटो हो अनि तीज मा गीत संगीत हाम्रो सस्कृति पनि हो।आफ्नो परिवेश र रहनसहन अनुसार बर्ष भरी छुट्टिएका दिदिबैनिहरु भेटेर आफ्नो बेदनाको कथा गित मार्फत  सबैको अगाडी फुकाउने चलन हाम्रो पुरानो चलन थियो।ईतिहास केलाउने नै हो भने "यसपालिको तिजमा दाजै लिन आएनन अग्लो डांडा हेरि हेरि रोए बरिलै"  जस्ता तिजका लय समेटिएका शब्दहरु दाजु तिजमा लिन न आएको बियोगान्तमा गाइन्थ्यो।सासू ससुराले दमन गरेको पीडाश्रीमानले किनिदेको सारीको कुराधेरै छोरी भएर दुख पाएको कुराहरु उबेलाको तिज गितमा धेरै झल्किन्थे।अनि यस्तै यस्तै गितहरु आज पनि उत्तिकै कर्णप्रिय छन।
॰॰॰॰॰॰
     
तर समय बद्लियो समयसङ्गै महिलाको जीवन जिउने शैली बद्लिए।शोषण र दासता हट्दै गए। महिला अघि बढ्दै गए। यसकारणले पनि  आज यस्ता गितहरु ले  बजार तताउने खुबी राख्दैनन् र आधुनिक नारिको सम्बेदनशिलता लाइ छुन पनि सक्दैनन् । समाज अगाडी बढेको बेला सधै तेहि दुख र पिल्सिएका कुरा गाएर पनि सुहाउदैन।महिलामा आधुनिकता छायो तर आधुनिकताको नाउमा तिजको रौनक पनि उत्तिकै उत्ताउलो र तडक भडक हुँदै गएको छ।तिजका गितहरु दिन प्रतिदिन बिबादमा मुछिन्छनतिजमा नाच्ने भिडियो स-परिवार सङ्गै बसेर हेर्न लायक कै छैन।पहिले पहिले तिज गितमा मिठास हुन्थे आजभोली आधुनिकताको टेको टेकेर होला "हट एन्ड सेक्सी" भनिने गर्दछन।शिर देखि पाउसम्म रातै सारीमा सजिएर कम्मर भाच्दै नाच्ने तिज गित त दुई इन्चको छोटो जामा र उशृंखल नाचमा झरिसकेछ। बर्षभरी नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकारपनि सके आफू नाङ्गिएर नसके शब्दलाइ नङ्ग्गाएर त्यो पनि नसके सिङ्गो संस्कृतिलाइ नङ्गाएर आफू "हिट" हुने मेलो बनाएका छन।यस्तै कलाकार हरुको नाङ्गिएको बिचारका कारणले अहिले आएर तिज पर्वको परिभाषा नै फेरिएको छ र यसको  मौलिकता धाराप् मा परेको छ !
॰॰॰॰॰॰
      हरेक मान्छे आफू स्वतन्त्र हुन पाउने उसको अधिकार हो तर समाज र संस्कृतिलाइ पनि आफ्नो स्वतन्त्रता सङ्गै लादेर हिड्दा अरुलाइ बेफाइदा पुर्याउनु अन्याय हो। तेस्तै भएको छ अहिलेको तिज। बर्षा यामको पानीले च्याउ उमारेझैं गायक गायिकाहरु उमार्ने पर्व बनेको छ तीज, ब्यापार र आफ्नो क्षणिक  चर्चा को लागि परम्परा र संस्कृतिको अनर्गल प्रयोग गरेर पर्व को पर्वीय संवेदना लाइ महत्वहिन बनाउदै छन कलाकार हरु । आफ्नो नाङ्गो शरीर र द्विअर्थि शब्द मार्फत चर्चा मा आउन खोज्ने प्रवृत्ति ले संस्कृतिको महत्वलाइ खलबलाउदा पनि न्याय अन्याय छुट्याउन बसेका कथित ठेकदारहरु स्वघोषित सस्कृतिबिद हरु,अनि संगीत सम्बन्धि सस्था मा पदासिन महानुभाव हरु साच्चिकै अन्धो भएका छन। हरेक  कुरा समय सङ्गै परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो बिषयको मूल्य मान्यता नै बिचलित हुने गरि परिमार्जन गर्नु कतिको जायज होतिज नारीहरुको मात्र चाड होयस्मा दाजुभाइ  श्रीमान बुवाहरुको बाहिरी भुमिका रहेको हुन्छ।एउटा गायक दाजु बनेर गित गाउनु सट्टा, बाउ बनेर प्रस्तुत हुनु सट्टा, प्रेमी बनेर प्रेमका गित बुनेर कयौ महिलाहरुको भिडमा उफ्रदा यो चाड तिज कम रत्यौली बढी भएको देखिन्छ। 
॰॰॰॰॰॰
माया प्रेमका कुरा लाने र ल्याउने कुरा भाग्ने भगाउने कुराहरु तिज गितमा गाएको  सुन्दा लाग्छ अब तिजमा गाउनका लागि शब्द नै सकिए ।तिज गित दोहोरी जस्ता हुन थालेमौलीक लय छैन न त शब्द नै छन, केबल मादल बजाएर रातो सारी लाएर उफ्रेको गीत तिज गितनै हो भन्ने भ्रम खै हामी सुन्ने हेर्ने मा छ कि गाउने नाच्नेमा छ बुझन सकिएन। अहिलेका गितहरु सुन्दा लाग्छ अब नेपाली महिलाहरुको दुख भन्ने कुरा नै छैनखुसी र बेदना बाढ्ने माध्यम नै छैन । गायक गायिका भन्छन हट एन्ड सेक्सी भनिएका तिज गित नै चल्छन श्रोतालाई मौलिक भाषा र लय बोकेको गित मन पराउदैननहेर्नै खोज्दैनन.. दर्शक र स्रोता भन्छन तिजमा बिकृती भित्रीयो अनि समाज र संस्कृतिको ठेक्क्का लिएर उपल्लो दर्जामा बस्ने बरिस्ठ पदका ब्यक्तिहरु कानमा तेल हालेर बस्छन। तेसो भए दोषी को त??

शुष्मा सिग्देल

(प्रस्तुत बिचार लेखक का निजि हुन् )

कोई टिप्पणी नहीं