अपडेट

पात्र अनी प्रवृत्ती


के कुमार श्रेष्ठ उर्फ "घैंटे" को मृत्यु समाधान हो? एक वर्ष अगाडी हामि ले उत्सव मनायौं दिनेश अदिकारी उर्फ चरी मारिएको उपलक्ष मा, सामाजीक संजाल भरि चरी प्रति को आक्रोश यसरि पोखियो कि दिनेश अधिकारि एउटा हैवान थियो राक्षस् थियो,आज कुमार श्रेष्ठ मारीए अब जनता सामाजिक संजाल भरि छताछुल्ल भएर पोखिएका छन्, उदेक लाग्दो कुरा त यो छ कि कुमार श्रेष्ठ को हो भन्ने सम्म नचिनेका हरु पनि “घैंटे” मारिएको मा खुसि ब्यक्त गर्दै छन् जसरि हिजो दिनेश अधिकारि मारिएको मा गरिरहेका थिए, यहा पात्र होइन प्रवृत्ति घातक हुन्छ, कुमार श्रेष्ठ पात्र हो र “घैंटे” प्रवृत्ति हो दिनेश अधिकारि पात्र हो र “चरी” प्रवृत्ति हो के कुमार श्रेष्ठ र दिनेश अधिकारि जस्ता पात्र हरु मारिदैमा “चरी र घैंटे” जस्ता प्रवृत्ति हरु पनि मारिन्छन त ? अहँ यो कदापि हुन सक्तैन किनकि पात्र मर्छ र पुन: जन्मिन लाइ समय लाग्ला तर प्रवृत्ति त जिउदै हुन्छ अर्को पात्र भेटिनासाथ त्यो प्रवृत्ति अर्को पात्र मा सरिसकेको हुन्छ, दिनेश अधिकारि मारिएपछी शुसुप्त बनेको चरी प्रवृत्ति ले अर्को पात्र को खोजि गरिरहेको छ यता कुमार मारीए लगत्तै अब “घैंटे” प्रवृत्ति को लागि बासस्थान को खोजि हुनेछ, पात्र लाइ कुनै आमा ले जन्म दिन्छिन र प्रवृत्ति लाइ परिवेश ले जन्म दिन्छ प्रवृत्ति जन्माउने सकुशल हुन्छ तर पात्र जन्माउने आमा को कोख रित्याइन्छ याहा, प्रवृत्ति लाइ राजनीतिक दल हरु ले आफ्नो आवस्यकता अनुकुल जन्माउछन र उपभोग गर्छन अनि औचित्य सकिएपछी पाखा लगाउछन, ने क पा एमाले ले महेश बस्नेत पनि जन्माएकै हो र चरी पनि, महेश बस्नेत को सफल अवतरण गराउन सकेको एमाले ले चरी को उडान लाइ सफल अवतरण गराउन नसकेपछि आफ्नो बाटो बाट हटाएको प्रष्ट छ त्यहि पनि दिनेश अधिकारि ले कुनै सहानुभूति सम्म पाउन सकेनन आम मानिस हरु बाट, महेश बस्नेत ले युवासंघ को चुनाव जितेका हुन्नथे अथवा ढुंगा गिटी यात ठेकेदारी अनि दादागिरी मै अल्झिरहेका हुन्थे भने के उनको पनि हविगत यस्तै हुन सक्थ्यो ? जो सुकै को मन मा उठ्ने प्रश्न हो यो,कुमार श्रेष्ठ एन्काउन्टर् केवल एउटा जम्काभेट मात्र थिएन जम्काभेट मा चलेको गोलि काण्ड मा अभियुक्त को छाती मा जिरो पोइन्ट बाट आठ आठ राउण्ड गोलि दागीदैन त्यो पनि घर मै या घर नजिकै को आफ्नै टोल मा गएर, लामै योजना बन्यो होला टीम मा को को समाबेस हुने कसरि घेरा हाल्ने या आत्म रक्षा को लागि गोलि चलाउन परे कसरि कसले चलाउने सबै योजना बनाएरै गिरफ्तार गर्न गएको होला अर्को कुरा राजनीतिक संरक्षण पाएको भनिएको अपराधि पक्रन जादा पक्का पनि उक्त राजनीतिक दल या संरक्षण दिएको भनिएको नेता संग पनि परामर्श गरियो होला किन कि ल्याएर केहि दिन थुना मा राखे पनि लामो समय राख्ने हैसियत नेपाल प्रहरी संग थिएन नत्र कुमार पक्राउ पर्दै छुट्दै गरिरहने थिएनन अर्को कुरा छुटाउन आउने नेता त तिनै हुन,तिनै नेता को स्वीकृति बिना कुमार लाइ हात हाल्ने हिम्मत नेपाल प्रहरी को पक्का पनि थिएन!रह्यो कुरा अब नेपालि कांग्रेस लाइ नै कुमार को आवस्यकता थिएन या कुमार श्रेष्ठ बाट नेपालि कांग्रेस का नेता ले असुरक्षित् महसुस गरिरहेका थिए ? नेपालि कांग्रेस भित्रै गुण्डागर्दी लाइ सम्रक्षण गर्ने र बिरोध गर्ने दुइ किसिम का नेता हरु पाइन्छन तर जब जब चुनाव आउछ तव तव सबै नेता हरु लाइ बाहुवली हरु को आवस्यकता पर्दछ त्यो हामि सबैले देखेकै कुरा हो त्यसैले कुमार श्रेष्ठ को मृत्यु समाधान होइन कुमार श्रेष्ठ को मृत्यु ले "घैंटे"प्रवृत्ति को अन्त्य हुदैन ! प्रहरी ले जघन्य अपराध गरेको पुष्टि गर्न नसकेका टोले दादा जति लाइ यसरि मार्दै जादा राजनीतिक दल का सक्रिय कार्यकर्ता पनि निकै घटिसक्नेछन किन कि राजनीतिक दल को आड मा गुण्डागर्दी गर्ने हरु हरेक जिल्ला मा छन् हरेक गाउ र नगर मा छन् ।यदि नेपाल प्रहरी ले कुमार श्रेष्ठ लाइ मारेर समाज मा अमन चैन कायम गरेको दावी गर्दछ भने त्यो सरासर झुठो दावी हुनेछ किन कि जसलाई नेपाल पुलिश ले सुरक्षा दिईरहेको छ त्यही “घैंटे” र “चरी” हरु को जन्मस्थान छ जहिले सम्म राजनीति मा बाहुबल को आवस्यकता रहिरहन्छ तहिले सम्म पात्र हरु फेरिएलान तर “घैंटे प्रवृत्ति” जिउदो रहन्छ,! सर्वेन्द्र सुक्ला पात्र मात्र हुन प्रहरी ले सुरु गरेको यो कथित "एन्काउन्टर" प्रवृत्ती हो,सर्वेन्द्र सुक्ला को जति हाई हाई गरेपनि यो बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने उखान जस्तै हो । यो एनकाउन्टर प्रवृत्ती भोली सर्वसाधारण या राजनितीक दल का अगुवा हरु तिर नसोझीएला भन्न सकीन्न त्यो अवस्था मा एन्काउन्टर प्रवृत्ती बाट बच्न घैंटे प्रवृत्ती ले भटाभट पुलिस लक्षित गोलीवारी गर्यो भने के हुन्छ?पुलिस का जवान हरु पनि ढल्नेछन यसैगरी त्यो बेला मा गोली सर्वेन्द्र सुक्ला लाई लाग्दैन मर्ने गरिव कै छोरा हो।

कोई टिप्पणी नहीं