अपडेट

मेरो पुष्ता को युवा जागरुक हुनै पर्छ-वद्री पंगेनी


     
       नेपालि संगीत को क्षेत्र मा बद्रि पंगेनी को निकै उच्च परिचय छ, सांगीतिक क्षेत्र मा बद्रि पंगेनी ले गरेको योगदान अतुलनीयछ वहा का सृजना हरु मनोरन्जनात्मक मात्र छैनन् उत्तिकै क्रान्तिकारी र अग्रगामी पनि छन्, सुरु मा माया प्रेम का गीत गाएर सांगीतिक क्षेत्र प्रवेश गर्नुभएका पंगेनी का “ससुराली मा” “रातो पछेउरी तातो पछेउरी” “ढल्के पिपल पलायो” अनि “फोटो फिर्ता लेउ” जस्ता दर्जनौं गीत सफलता को उचाई कायम गरेका गीत हुन्, जनआन्दोलन मा अग्रस्थान मा रहेर आन्दोलित जनता मा उर्जा थप्ने गीत ले बद्रि पंगेनी को सांगीतिक जीवन मा नया उचाई थपेको देखिन्छ, एकदमै निडर तरिका ले सबै भन्दा पहिले गीत मार्फत “गणतन्त्र जिन्दावाद” को नारा घन्काउने श्रेय पनि बद्रि पंगेनी को गीत लाइ नै जान्छ “त्रिसुली को किनार मा बालुवा चाल्ने हरु” भन्ने उक्त गीत सर्वहारा को उठान को लागि सबै भन्दा ससक्त गीत भएको भन्दा फरक पर्दैन, नेता हरु को नामै किटान गरेर अझै सम्म देश र जनता ले चाहेको पुरा भएको छैन भन्ने संदेश दिन खोजिएको उक्त गीत एक दशक पछाडी पनि उत्तिकै समय सान्दर्भिक रहिरहेको बुझ्न सकिन्छ, “लाउ चेली सिन्दुर लाउ निको पार हृदय को घाउ” भन्ने गीत गएर बिधवा लाइ गरिने भेदभाव पूर्ण परम्परा लाइ शसक्त रुप मा प्रहार गर्ने प्रयाश गर्नुभएका बद्रि पंगेनी ले समाज मा रहेका बिकृति बिरुद्द दर्जनौं गीत हरु गाउनुभएको छ , नेतृत्व कला र वाक चातुर्यता मा एकदम अब्बल बद्रि पंगेनी लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ , नेपालि हरु को रमाइलो पर्व तीज को पुर्व सन्ध्या मा अमेरिका का बिभिन्न शहर मा सांगीतिक कार्यक्रम गर्न केहि दिन अगाडी अमेरिका आइपुग्नुभएका नेपालि संगीत क्षेत्र का अग्रज व्यक्तित्व बद्रि पंगेनी संग युएस खबर अनलाइन का प्रतिनिधि ले गरेको कुराकानी !

         नमस्ते बद्रि दाइ अमेरिका को कार्यक्रम कस्तो भैरहेको छ भन्ने हाम्रो प्रश्न संगै बद्रि पंगेनी ले हसिलो पारा मा आफु अमेरिका को पिटस्वर्ग मा भएको जानकारी दिनु भयो, अमेरिकाको सांगीतिक  भ्रमण को बारेमा भन्नु पर्दा हामि हरु २० वटा भन्दा बढी कार्यक्रम मा सहभागी हुनेछौ, नेपालि समुदाय र भुटानी नेपालि समुदाय मिलेर गरेका यी कार्यक्रम हरु मा नेपालि मूल का भुटानी साथि हरु को उत्साहजनक सहभागिता देखिएको छ, नेपालि लोक संगीत प्रति एती धेरै क्रेज पुर्व झापा मोरंग का शिबिर मा दशकौ बसेर अमेरिका आइपुगेका भुटानी साथि हरु मा देख्दा अचम्म परेको छु र खुसि पनि लागेको छ कि एक पटक को नेपालि सधै को नेपाली हुन्छ, नेपालि सस्कृति लाइ माया गर्ने भुटानी समुदाय प्रति अत्यन्तै आभारी छु, अहिले को भ्रमण मा जितु नेपाल, निर्मली, शिला आले र म हामि चार जना नेपाल बाट आएका साथि हरु छौं, यहा रहनुभएका कलाकार हरु को पनि अत्यन्तै राम्रो प्रस्तुति ले विदेश मा पनि नेपालि साथि हरु ले सस्कृति रक्षार्थ गरेको प्रयाश हरु खुलेर देख्न पाइएको छ, हाम्रा अहिलेको भ्रमण का आयोजक हरु भानु फुयाल जी र बुद्दी प्रसाद रेग्मी जी अनि डब्लुबिएमसी एलएलसी को कोअर्डिनेसन अत्यन्तै सह्रानीय छ हामि भुटानी नेपालि सस्कृति र नेपालि मौलिक सस्कृति लाइ मिसाएर कार्यक्रम लाइ अझ रोचक बनाइरहेका छौ! 

   नेपाल मा आन्दोलन चलिरहेको छ गोलि हरु चलिरहेका समाचार हरु दिनहु मिडिया मा सुन्नु पर्दा मन अमिलो बनाइ बनाइ भएपनि जितु नेपाल र निर्मली जी का  प्रहसन हरु भैरहेका छन् मैले गीत संगीत मार्फत र वहा हरु ले प्रहसन मार्फत नेपालि राष्ट्रिय एकता र हाम्रो राष्ट्रीय अखंड़ता को बारेमा भरपुर प्रचार गरिएको छ, हरेक कार्यक्रम मा दौरा सुरुवाल भाद गाउले टोपी लगायत नेपालि पहिचान खुल्ने भेष भुषा प्रयोग गरेको छु मैले , ओहायो र पिटस्वर्ग मा गरिएका कार्यक्रम हरु मा भएको उत्साह पूर्ण सहभागिता ले हामीलाई अगाडी का कार्यक्रम हरु को लागि निकै उत्साह थपेको छ, तेस्माथि अग्रज कलाकार प्रेम राजा महत, राम प्रसाद खनाल र महामहिम राजदुत को उपस्थिति ले हाम्रा कार्यक्रम हरु सोचे जस्तै सफल भएको ले अहिले को मेरो अमेरिका भ्रमण सफल हुने मा बिस्वस्त छु!
हजुर का गीत हरु मा त निकै बिबिधता पाइन्छ स्टेज मा कुन कुन गीत गाउनु भएको छ त भन्ने प्रश्न मा बद्रि जी गम्भीर भएर भन्नु भयो, बिबिधिता त हरेक काम मा हुने पर्छ अझ कलाकारिता मा सफलता लाइ नै बिबिधता संग दाजेर हेरिन्छ, म दावी गर्दिन कि मा एउटा सफल कलाकार हुँ, त्यो मेरा दर्शक श्रोता ले मुल्यांकन गर्ने कुरा हो, दर्शक श्रोता को माग अनुसार गाउदै जादा मैले माया पिरती का गीत हरु पनि गाए, राष्ट्रियता ले ओतप्रोत गीत हरु “मुस्तांग को स्याउ कुहियो” र “खाजा मिठो नेवारी” लगायत गीत हरु पनि गाए, त्रिसुली को किनार देखि ससुराली सम्म सबै गाए, वास्तब मा भन्नु पर्दा मेरो सिंगो सांगीतिक जीवन एकै  स्टेज मा समेटिने गरि मैले मेरो प्रस्तुति दीईरहेको छु, कलाकार भएपछी फ्लोर को माग सबै भन्दा पहिला सुन्नुपर्ने हुन्छ तेसैले मैले फ्लोर बाट मलाइ गाउन सपोर्ट गरिरहनुहुने मेरा सुभ चिन्तक हरु लाइ निराश नहुने गरि मेरा प्रस्तुति हरु दिईरहेको छु!
   राष्ट्रियता को समर्थन मा प्रस्तुति दिईरहेको सुनाउनु भयो खुसि लाग्यो अगाडी का कार्यक्रम हरु पनि यस्तै  हुदै जाउन तर हजुर लाइ कुनै पार्टी प्रति झुकाव भएको भन्ने आरोप लाग्छ कहिलेकाही यो बिषय मा केहि भन्नुहुन्छ भन्ने हाम्रो प्रश्न मा बद्रि जी लामो हासो हास्नुभो र बिस्तारै बोल्नुभो हेर्नुस राजनीतिक झुकाव नहुने मान्छे ले देश लाइ बुझेकै हुदैन राष्ट्र बुझ्न राजनीति बुझ्नु पर्छ र राष्ट्र भक्त हुन लाइ या देशभक्त हुन को लागि राष्ट्रिय राजनीति मा चासो राख्नै  पर्छ, अझ तपाइँ हामि जस्तो शिक्षित् वर्ग को युवा हरु ले नै राजनीति मा झुकाव नराख्ने हो भने भोलि को पुस्ता ले देश कसरि चलाउने समाज लाइ कसरि गति दिने भन्ने बिसय मा वास्ता नगर्न सक्छ, म कुनै राजनीतिक दल को पूर्णकालीन कार्यकर्ता हुँ भनेर राष्ट्रियता र नेपालि अखंड़ता को बर्खिलाप हुने गरि उक्त दल को पछी लाग्ने छैन, आलोचक हरु कसैले मलाइ माओवादी हो भन्छन कसैले एमाले हो भन्छन तर म आफु लाइ बामपन्थी विचारधारा बाट प्रभावित एउटा जागरुक युवा मात्र मान्दछु, पार्टी बिसेस का कार्यक्रम हरु मा उपस्थित भएको कारण ले मलाइ यी आरोप हरु लाग्ने गरेका हुन, तर म चाहि जुन सुकै पार्टी को भए पनि मन परेको नेता को लागि आफ्नो उपस्थिति जनाउनु  परे हुन्न भन्न नसक्ने वा आफै पछी नपर्ने मान्छे हुँ, राजनीतिक दल को कार्यकर्ता भन्दा म देश को गायक हुँ नेपालि जनता को कलाकार हुँ – मेरा दर्शक श्रोता र मेरा शुभचिन्तक हरु ले मलाइ केवल कलाकार मात्र भनेर बुझिदिनुभो भने आभारी हुनेछु !
      अन्त्य मा हाम्रो युएस खबर अनलाइन मार्फत अमेरिका मा र नेपाल मा रहनुभएका शुभचिन्तक हरु लाइ केहि भन्न चाहनुहुन्छ भन्ने हाम्रो प्रश्न मा बद्रि जी ले भन्नु भो,सबै भन्दा पहिला युएस खबर अनलाइन परिवार लाइ अनि हाम्रो यो पटक को कार्यक्रम का आयोजक र प्रायोजक हरु लाइ धन्यबाद, हाम्रो यो कार्यक्रम राष्ट्रीय एकता जगाउन त लागि परेकै छ त्यो भन्दा बाहेक बिसुद्द भूकम्प पिडित हरु को सहयोगार्थ लक्षित् छ, मनोरंजन को साथ् मा मानवीय समबेदना पनि जोडेर गरिएको यो कार्यक्रम सेवा भाव द्वारा प्रभावित छ तेसैले सबै अमेरिका बासि दाजुभाई दिदीबहिनी हरु लाइ उपस्थित भएर भरपुर मनोरंजन को साथ मा समाज सेवा मा पनि सरिक हुनुस भन्ने अपिल गर्न चाहान्छु, नेपाल मा रहनुहुने मेरा सम्पूर्ण सुभचिन्तक हरु लाइ म र मेरा सृजना हरु लाइ यसरि नै सधै माया गरेर मलाइ कलाकारिता मा निरन्तर लागिरहन उत्साह दीइरहनुहोला माया गरिरहनुहोला भन्न चाहान्छु ! (कुराकानी मा आधारित) 

कोई टिप्पणी नहीं