अपडेट

प्रेम लाई संख्या मा गन्न सकीदैन-करण न्यौपाने


     
    


"काशीराम हासेको पोथि बासेको","काशिराम को कथा", "कासिराम को लप पर्यो" लगायत कतिपय अप्रकाशित गीत हरु पनि चर्चित छन लोक संगीत को क्षेत्र मा,वास्तविक नाम काशीराम भएर पनि अर्कै नाम बाट चर्चित सदावहार मुस्कुराईरहने र दर्जनौं लोक दोहोरी तथा आधुनिक गीत का सर्जक करण न्यौपाने संग युएस खवर ले गरेको संक्षिप्त कुराकानी :-

तपाई त निकै छद्मभेषी हुनुहुन्छ रे नी भन्ने हाम्रो प्रश्न मा काशीराम उर्फ करण न्यौपाने त्यसरी नै मुस्कुराए जसरी उनी कसैको छदम ईशारा मा मुस्कुराउछन,सधैं झै मन्द मुस्कान छोड्दै भन्छन हेर्नुस प्रेम लाई संख्या मा गन्न सकिदैन,यो हिसाप मा म खुल्ला किताव हुँ अव किताव मा लेखीएका कुरा कस्ता हुन पढ्ने मान्छे को दिमाग मा भर पर्छ कसैले मलाई विल्कुलै ओपन बुझ्छन र कसैले छद्मी मैले चैं म आफु सिदा सादा मान्छे भएको मान्दै आएको छु र म सँधैं यस्तै सरल रहनुपर्छ भन्ने मेरो मान्यता पनि हो।

तपाई का यति धेरै हिट गीत हरु छन तपाई चैं किन आफ्नो स्वर मा गीत निकाल्नुहुन्न?भन्ने प्रश्न मा करण उसरी मै मुस्कुराए र भने-हेर्नुस म गाउनै नसक्ने त होईन मुड चल्यो भने र साथिभाई भएर रमाईलो गर्दा म गाउछु पनि, प्राय मेरा गीत मा मेरै मेलोडी हुने हुदा मलाई गाउन कुनै अफ्ट्यारो पनि छैन, तै पनि मैले नै गाउन थालें भने लिरिक्स र मेलोडी मा मेरो ध्यान कम होला र गीत को क्वालिटी खस्केला भनेर पनि हो फेरी मैले मेरो गीत मार्फत कैंयौं गायक गायीका उत्पादन गरेको छु कति जना त मेरै गीत मार्फत स्थापित हुनुभएको पनि छ अव पनि यसरी नै कलाकार हरु लाई स्थापित गर्दै जाने सोच भएर पनि हो गाउन मन नलागेको र अर्कोकुरा मलाई पर्दा पछाडी नै रमाईलो लागेर पनि हो।

तपाई को चर्चित गीत हरु को फेरीहस्त त लामै होला फेरी पनि तपाई आफु ले सम्झन पर्यो भने कुन गीत सम्झन चाहनुहुन्छ जसले तपाई को आफ्नै मन पनि जित्यो र दर्शक को मन पनि जित्यो अनी कुनै कलाकार लाई पनि स्थापित गर्यो भन्ने हाम्रो प्रश्न मा करण ले एकछीन गम खाए हसिलो उनको अनुहार मा एकाएक गाम्भिर्यता देखीयो अनी बोले-हेर्नुस मैले मेरो गीत ले मात्रै कुनै कलाकार स्थापित भए भनेर दावि गर्न चाहान्न स्थापित हुदै गरेका कलाकार लाई दह्रो संग संगीत क्षेत्र मा खुट्टा टेक्न सहयोग गरेहोलान मेरा गीत ले यानी की उनीहरु को सफलता मा यौटा अर्को उचाई दिए होलान मेरा गीत ले,स्थापित नै गरें भनेर म दावि गर्न सक्तिन र त्यो गर्न हुदैन पनि किन की हरेक कलाकार आफ्नो कला को बलबुता मा उभीएको हुन्छ,मानौं टेवा दिएको हो भनेर सोच्ने हो भने मेरो झिम्क्याईदेउ परेली हाय मेरी तिते तरेली बाट रामचन्द्र काफ्ले जी को पपुलारीटी मा सुन माथी को सुगन्ध भएको हो,उहीमुला को सिन्की उही मुलाको चाना ले ज्योती मगर लाई र मुहार हसीलो बाट कला पंगेनी जस्ता कलाकार ले आफ्नो क्यारीयर मा कतै न कतै टेवा पुगेको कुरा अनौपचारीक रुप मा उहा हरु ले कहिलेकाही सुनाउदा मलाई खुसी लाग्छ तै पनि म यी गीत हिट हुनु को जस आफु एक्लै लिन चाहान्न कीन की गीत हिट हुन को लागी म जत्तिकै जिम्मेवार गायक गायीका पनि हुनुहुन्छ त्यसै ले म कम्प्लिट टिम वर्क मा विस्वास गर्छु, मेरो पुलिस वाला भन्ने गीत को भिडीयो मा त प्रहरी वर्दी प्रयोग गरेबापत निर्देशक ले स्पष्टिकरण पनि दिनु पर्यो, त्यो पछाडी मुना मुना मा भन्ने गीत विन्दवासीनी म्युजीक बाट बजार मा आयो यस्का गायक गायीका हरु ले पनि यो गीत मार्फत केही न केही ईंटा आफ्नो क्सारीयर मा थप्नुभो पक्कै भन्ने मा म आशावादी छु, त्यस्तै फुल कुमारी दिल कुमारी अनी सिनेमा को हिरो यि सबै गीत हरु मैले फरक फरक कलाकार संग गरेको हुँ र सबै गीत ले त्यो गीत का कलाकार लाई कुनै न कुनै कोण बाट टेवा पुर्याएकै हुन,अव रेकर्ड भएर वसेको काशीराम को कथा भन्ने गीत पनि रिलीज हुदैछ मलाई आशा छ पुर्णकला विसी र अर्को एकजना नयाँ गायक को स्वर रहेको यो गीत ले पनि त्यो नयाँ भाई लाई साँगीतीक क्षेत्र मा कुनै न कुनै राम्रो स्थान दिने मा म आशावादि छु!

आधुनिक गीत तिर पनि तपाई ले लेखेका गीत निकै चर्चित र धेरै डाउनलोड हुने गीत मा गनिदारहेछन,लोक गीत मा यस्ता मनोरंजनात्मक र नृत्य प्रधान गीत बनाउने मान्छे ले आधुनीक तिर निकै सेन्टिमेन्टल गीत बनाउनुहुदो रैछ नि भन्ने प्रश्न मा करण ले जवाफ यसरी दिए- हेर्नुस हरेक कलाकार को जिन्दगी दोहोरो टाईप को हुदोरैछ,बाहीर जति रोमान्चक भएपनि भित्र कतै न कतै यौटा कलाकार भित्र सेन्टिमेन्ट ले डेरा जमाएको हुदोरैछ,मैले आधुनिक गीत तिर अलि ढिलो कलम चलाएँ तर जति बेला मेरा लोक दोहोरी गीत र लोक पप गीत हरु चर्चा को शिखर मा थिए त्यो समय मा पनि म भित्र यौटा तिब्र असन्तुष्टी थियो सृजना हरु को विषय लाई लिएर तर जव म मेरा शब्द हरु मा प्रेम का पिडा हरु बगाउन थालें तव मात्र बनेका हुन मेरा आधुनिक गीत तव मात्र मैले बुझें म आवरण मा जतिसुकै रोमान्चक भएपनि म भित्र को सेन्टिमेन्ट अझै दह्रो रहेछ त्यसै को फलस्वरुप "मन्दिर मा बस्ने देउता मेरो मन मा बस्ने तिमी एउटा" ,"मेरो यौटै सपना तिमी" , "मन का कुरा बुझ्ने भए म नै देउता हुन्थे हजुर" अनी "तिम्लाई माया गर्नु मेरो ठुलो भुल भयो" जस्ता संबेदनसिल गीत हरु लेखीए...!

अन्त्य मा दर्शक श्रोता हरु को लागी केही भन्नुहुन्छ भन्ने प्रश्न मा करण जी धारावाहिक रुप मा यसरी बोले- यिनै गीत हरु साँगीतीक बजार लाई सुम्पिएबापत विन्दवासीनी म्युजीक अवार्ड र राप्ति म्युजीक अवार्ड बाट अवार्डेड हुँदा को क्षण मेरो साँगीतिक जिवन का अवस्मरणीय क्षण हुन,समय सधैं एकैनास को रहदैन जिवन मा धेरै उतारचढाव हरु आए र अरु पनि आईरहनेछन,समस्या हरु संग लड्दै संगीत प्रति समर्पित रहीरहनु मेरो जिन्दगी को एक मात्र चाहाना हुनेछ,मेरा दर्शक र श्रोता को चाहाना बमोजीम अझै राम्रा र परिस्कृत साँगीतीक कोशेली हरु तयार पार्न को लागी म अहोरात्र खट्नेछु त्यसको लागी दर्शक श्रोता ले मलाई प्रेरणा र भगवान ले मलाई शक्ति प्रदान गरुन त्यो भन्दा मलाई अरु केही चाहिएको पनि छैन र पाउने खण्ड मा माग्ने पनि छैन किन कि दर्शक को माया र प्रेरणा नै सबैभन्दा ठुलो सम्पत्ति हो मेरा लागी, द्रव्य भन्ने कुरा त "सुन का थैला हात का मैला" मात्र हो म मेरा श्रोता को माया लाई कुनै पनि भौतिक सम्पत्ति संग तुलना गरेर त्यो प्रेम को अवमुल्यन गर्न चाहान्न- जय गीत जय संगीत!

कोई टिप्पणी नहीं