अपडेट

विमारी हुँदा विर्षेर पनि मोडल अस्पताल नजानु-श्रीकृष्ण बम मल्ल।

 
      "आफु दुखी बनेर तिमीलाई खुशी दिएँ सारा...!!" यो गीत सुगम संगीत को दुनीया मा कालजयी बनेर रहेको छ त्यस्तै अर्को लोकप्रिय गीत "तिमी लाई देउता मानेर प्राण भन्दा प्यारो ठानेर..! पनि धेरै चर्चित छ, सुगम संगीत को दुनिया मा यस्ता कालजयी गीत हरु विरलै बन्ने गर्छन जुन गीत ले युग पर्यान्त पनि आफ्नो प्रभुत्व जमाईरहन सकोस,ठोकुवा गरेर भन्न सकिन्छ की माथी उल्लेखीत गीत हरु ले अव को पाँच दशक पछी आउने पुस्ता लाई पनि लठ्याउन सक्ने नशा बोकेका छन, यि र यस्तै धेरै कालजयी गीत का संगीतकार हुन श्रीकृष्ण बम मल्ल..!अत्याधिक सफल गीत का संगीतकार तथा त्यस्तै मिठो स्वर का धनि सफल सर्जक मल्ल अहिले बिमारी भई उपचार पश्चात निवास मै आराम गरिरहेको अवस्था मा हुनुहुन्छ,यहा प्रस्तुत छ उनै संगीतकार मल्ल संग हाम्रा प्रतिनिधी ले गरेको वार्तालाप को सार संक्षेप।

   

फोन उठाए पश्चात साधारण औपचारीकता बाहेक का कुनै साँगीतीक धार का कुरा भएनन हामी सिधै रोग र उपचार सम्वन्धी औपचारीकता मा प्रवेश गर्यौं, मल्ल ले आफ्नो रोग र उपचार को अनुभव यसरी सुनाउनु भयो..।
हेर्नुस आखीर मलाई त्यस्तो सिरीयस केही भएको थिएन,विहान को खाना खादा सामान्य कीसीम को पेट दुखाई अनुभव भयो त्यसलाई साधारण कीसीम कै दुखाई मानेर खाना खाईवरी म स्टुडीयो को लागी निस्कें बाटोमा पुग्दा सायद लैनचौर नेर हुनुपर्छ मलाई दुखाई अली बढेको हो की जस्तो भयो तै पनि पिडा खपेरै स्टुडीयो पुगें,एका दुई काम हरु थिए त्यही दिनमा सक्याउनु पर्ने त्यसैले म काम तर्फ लागें तगत्तै दुखाई बढीरहे जस्तो भयो साथी हरु ले कसैले एपेण्डीसाईटिस को संका गरे कसैले अरु केही जे भएपनि डाक्टर लाई देखाउने सल्लाह भयो र म आफै बाईक चलाएर साथी हरु संग मोडल हस्पिटल पुगे,डाक्टर ले चेकअप गरेपछी प्याँड•क्रीयाज (जसले खाना पचाउने काम गर्ने ईन्जाईम हरु बनाउछ) मा समस्या रहेको र त्यो साधारण अनी आफै निको हुने किसीम को समस्या हो भन्ने जानकारी दिए र केही औषधी पनि लेखीदिए, औषधी को पहिलो डोज खानेवित्तीकै त्यो औषधी को साईड ईफेक्ट देखीयो मेरो दुखाई अरु बढ्नु को साथै मेरो जिउ गल्ने रिंगटा लाग्ने जस्ता समस्या हरु थपिए, मोडेल हस्पिटल को औषधी को प्रेस्क्रीप्सन डाक्टर ले विना कुनै ल्यावटेष्ट लेखेका थिए त्यतीन्जेल सम्म मलाई के भएको हो भन्ने विषय मा डाक्टर नै अनभिज्ञ रहेछन मलाई मोडल हस्पिटल मा भर्ना गरियो अवस्था विग्रदै गएपछी आईसियु मा सारियो।

म आफै अचम्भीत थिएँ की आफै गाडी हाँकेर अस्पताल आईपुगेको म जिवन मरण को दोसाँध मा परिसकेको थिए,त्यसमाथी बाट मोडल अस्पताल का डाक्टर र स्टाफ को निम्नस्तर को ब्यबहार बाट म निकै आजीत भैसकेको थिएँ,दुखाई बढ्दै जाँदा मलाई दर्दनिरोधक (पेन कीलर) दिईन्थ्यो र सुताईन्थ्यो ब्याथा के हो भन्ने तर्फ डाक्टर ले बेलै मा सोचिदिएको भए म यती नाजुक अवस्था मा पुग्नु पर्ने थिएन, मलाई आईसियु मा सुताएको दुईदिन पछी मात्र मेरो भिडीयो एक्स रे गर्ने कुरा गरे डाक्टर ले, त्यस विच मा म दुखाई ले छटपटाई रहदा नर्स ले स्लिपीड• ईन्जेक्सन दिने र म पिडा मुक्त भएर निदाउने बाहेक मेरो उपचार मा कुनै प्रोग्रेस भएन, डाक्टर को राउण्ड मा नर्स ले "त्यो बेड को विरामी बाख्रो झैं छट्पटाईराथ्यो ईन्जेक्सन दिएपछी ढल्यो र निदाईराछ" भन्ने जवाफ मैले तन्द्रा मै सुनिरहें त्यो मेरो जिवन खण्ड कै सबैभन्दा निर्दयी र कर्कस बार्तालाप हो भन्ने म मान्दछु किन की यौटा मान्छे ले अर्को मान्छे को बारेमा त्यती निम्नस्तर को टिप्पणी गरेको मैले देखे सुनेको थिईन,मैले मात्र होईन मेरो परिवार ले पनि त्यो वार्तालाप सुनेछन र साह्रै निरास भएछन त्यस्तो अवस्था मा पनि मैले जिन्दगी संग हार मानिन मेरो जिन्दगी बाँकी छ भन्ने विषय मा आशावादी बनिरहें हिम्मत गरीरहें..!

भिडीयो एक्स रे र अरु ल्याव टेष्ट को रिपोर्ट संगै डाक्टर हरु मेरो कलेजो - फोक्सो मा ईन्फेक्सन र मेरा दुबै मृगौला कामै नगर्ने गरि विग्रीएको निष्कर्ष मा पुगेछन र दुबै मृगौला ले काम नगरेको स्थिती मा गर्नुपर्ने उपचार पद्दती जसलाई डायलोसिस भनीन्छ त्यो गर्न को लागी "अल्का अस्पताल" रिफर गरे,त्यो बेला सम्म मेरा आफन्तजन हरु र मेरा शुभचिन्तक डाक्टर हरु ले मेरो उपचार मा चासो देखाउनुभयो र मृगौला ड्यामेज को स्थिती मुल्याड•कन पश्चात मात्र डायलोसीस गर्ने तर तत्काल 'किष्ट मेडीकल' मा जाने सल्लाह बमोजीम मलाई किष्ट मेडीकल ललीतपुर लगीयो।अत्याधिक प्रतिजैविक औषधी को प्रयोग(एण्टिवायोटीक ओभर डोज) को कारण ले मेरो युरिन मा क्रेटिनाईन को मात्रा ह्वात्तै बढेको कारण मेडेल अस्पताल का डाक्टर हरु मेरो मृगौला विग्रेको निष्कर्ष मा पुगेका रहेछन तर किष्ट का अनुभवी डाक्टर हरु ले तुरुन्तै डायलोसीस नगर्ने र अरु विधी बाट मृगौला बचाउने कोशीस मा लाग्ने बताईरहदा मेरो परिवार मृगौला नै फेर्न पर्ने अवस्था आईपरे पनि त्यसको लागी तयारी मा लागीसकेका रहेछन।

अस्पताल को सुविधा,डाक्टर र नर्स हरु को ब्यवहार अनी उपचार को तरिका मोडल हस्पिटल र किष्ट हस्पिटल मा आकाश जमिन को फरक छ,कहा मोडल को निम्नस्तर को र कर्कस ब्यबहार अनी कहा किष्ट को पारीवारीक ब्यवहार म तुलना गर्नै सक्दिन, किष्ट का डाक्टर हरु मेरो मृगौला रिकभर को लागी प्रयास गरिरहे मलाई भगवान ले पनि बचाउन चाहे या कसैको लापरवाही ले मात्र म मर्ने वाला थिईन जे होस मेरो ब्याथा निको हुदै गयो १६ दिन लगातार किष्ट मा उपचार गराएपछी अहीले घर मै आराम गरिरहेछु।

नाम ले मात्र कोही डाक्टर हुदैन र सर्टिफीकेट ले मात्र पनि नहुने रहेछ मैले बुझें,म डाक्टर लाई भगवान कै रुप मान्थें र नर्स लाई देवि जस्तो तर न्युनतम मानवता पनि नभएका मोडल अस्पताल का डाक्टर र नर्स संग को साक्षात्कार पछी मैले डाक्टर लाई हेर्ने दृष्टिकोण मा परिवर्तन आयो,नविग्रेको मृगौला लाई विग्रेको छ भनेर डायलोसीस को सिफारीस गर्ने डाक्टर कहाँ पढेर सर्टिफीकेट पाएको हो एकपटक सम्वन्धित निकाय ले जाचोस,न्युनतम मानविय संवेदना देखाउन नसक्ने नर्स ले कुन कलेज पढेकी होला बुझोस। यस्तै डाक्टर र नर्स उत्पादन नहुन भनेर नै डाक्टर गोविन्द केसी ले अनसन बस्नु परेको रहेछ म कुरा बुझ्दै छु।

जति दिन विमारी भएर अस्पताल बसें मेरा शुभचिन्तक को भिड बढीरह्यो,मेरा लागी प्रार्थना गर्ने मेरा आफन्त र किष्ट अस्पताल का डाक्टर को अथक प्रयास ले र भगवान का कृपा ले म बाँच्न सफल भएँ,कति कलाकार तथा मेरा हितैसी साथी हरु ले अस्पताल मा ढाडस दिए पनि मलाई निको भैसकेपछी आँशु थाम्न सक्नुभएन,म बाँच्ने आशा मरिसकेको रहेछ मेरो रिकभरी पश्चात मेरा मित्र हरु को आँखामा देखीएका खुशी का आँशु ले त्यही जनाउछ, तर जहिले सम्म यो संसार को मानो सकिएको हुदैन त्यो दिन सम्म नमरिने रहेछ भन्ने अनुभव भैरहेको छ अहिले।

मेरा सम्पुर्ण शुभचिन्तक एवं दर्शक र श्रोता हरु मा म निको भएको खुसियाली बाड्न चाहान्छु,हजुर हरुकै शुभेक्षा ले म बाच्न सफल भएँ, विमारी हुने र स्वास्थ स्थिती विग्रने दशा जस्लाई पनि लाग्न सक्छ त्यो अवस्था मा अस्पताल र डाक्टर को खेजी चाही निकै गम्भीरता पुर्वक सोच विचार गरेर गर्नुहोला,मोडेल अस्पताल संग मेरो कुनै पुर्वाग्रह छैन तर त्यहा का डाक्टर र नर्स मा मानवता छैन र गुणस्तर पनि छैन, विमारी लाई मान्छे को जस्तो ब्याबहार गर्दैनन त्यसैले बरु सरकारी अस्पताल जानुहोला विर्षेर पनि मोडल अस्पताल नछिर्नुहोला-मलाई डायलोसिस को उपचार गर्न रिफर गर्ने डाक्टर ले डायलोसीस को विमारी रिफर गरेवापत पाउने कमिसन कै लागी मेरो मृगौला नै खराव भएको भन्ने रोग देखाईदिएर हाम्रो परिवार लाई निकै तनाव मा पारीदिए, त्यस्ता द्रब्य पिपासु डाक्टर र त्यस्तै मानविय संवेदना विहीन नर्स ले काम गर्ने अस्पताल मा गुणस्तरीय स्वास्थ्य सेवा को अपेक्षा नगरेकै राम्रो।

अन्त्य मा मेरा सृजना हरु लाई मन पराएर मलाई यो स्थान मा उभ्याउने मेरा आदरणीय श्रोता साथीहरु तपाई हरु को लागी मेरा केही सृजना हरु पाईपलाईन मा भएको जानकारी गराउन चाहान्छु निकट भनिश्य मै ति गीत संगीत हरु बजार मा आउनेछन सुनेर माया गरिदिनुहोला, तपाई हरु को आशिर्वाद ले बाच्न सकें अव तपाई हरु कै हौसला ले नया र उतकृष्ट रचना हरु ल्याउनेछु मेरो स्वास्थ्य स्थिती प्रति चासो राखीदिनुहुने सम्पुर्ण मा नमन।

(संगीतकार मल्ल संग को फोन वार्ता मा आधारीत)
प्रस्तुती-दुर्गा पंगेनी