अपडेट

काँग्रेस का "उ" अव अमरेश का "गु" मात्रै।


       

लाेकतान्त्रिक कांग्रेसकाे "उ" अब अमरेशकाे "गु" मात्रै भ्रष्टाचारका पिताहरू अब नैतिक दूराचारकाे पितामह..!!
म एमाले र एमाअाेवादीकाे प्रसंसक हाेर्इन, तिनीहरू २४ क्यारेटका सुन पनि होईनन तर यहाँ कांग्रेसकाे नैतिक दूराचारबारे लेख्दैछुँ। हिंजाे साँझ सुशिल काेइरालाले अाफू राष्ट्रपति वा प्रधानमन्त्रिकाे उम्मेदवार नबन्ने घाेषणा गरेका थिए तर अाज उम्मेदवारी दिए। उनले संविधान जारी भएपछि केपी अाेलीलार्इ प्रधानमन्त्रि बनाउने अनाैपचारिक सहमति भएकाे कुरा पराेक्ष रूपमा अस्ति मात्र स्विकार गरेका थिए तर अहिले त्यस्ताे कुरा नभएकाे बताउँदैछन्।

०४७ सालपछि संस्थागत भ्रष्टाचारकाे पिताका रूपमा चिनिएकाे कांग्रेस अब नैतिक दूराचारकाे पितामह पनि बन्न पुगेकाे छ। प्रधानमन्त्रि लड्नु थियाे भने हिंजाेकाे अनाैपचारिक सहमति मान्न सकिने अवस्था नभएकाे कुरा प्रष्टसंग राख्नु पर्थ्याे। यसाे गरेकाे भए त्याे राजनीतिक दृष्टिकाेण हुन्थ्याे।

राजनीतिमा नैतिकताकाे न्यूनतम् धरातल पनि नभएका मानिसहरू सबैभन्दा खतरनाक हुन्छन्। अाफ्नै दल विरूद्ध सडकमा मधेशवादीहरूसंग उत्रेकाे भारतीय गुप्तचर अमरेशकुमारलार्इ कार्वाहि गर्न नसकेर उसैकाे बलमा प्रधानमन्त्रिकाे उम्मेदवारी दिने कांग्रेसका "उ" केवल अमरेशका "गु" रहेछन् भन्ने तथ्य प्रमाणित भएकाे छ। सुशिललार्इ साथि पाएर अघिल्लाे राष्ट्रपति चुनावमा गिरीजा र माधवलार्इ उत्तानाे पार्ने पुष्पकमल गदगद भैरहेका होलान।

कोई टिप्पणी नहीं