अपडेट

संगीत ब्यवसायमा करको हिनामीना-नयाँ कार्यसमिती नैतिक संकट मा।



     
           निर्बाचित भएको ७२ घण्टा नपुग्दै "संगीत उत्पादक समाज नेपाल" को नया कार्यसमिति नैतिक संकटमा। 
        २०७२ मङ्सिर ११ गते साझ निर्बाचित भएको संगीत उत्पादक समाज को नया कार्यसमिति नैतिक संकटमा परेको छ सुबास रेग्मीको नेतृत्व को प्यानलले निर्बाचनमा पराजय हुदा समग्र संगीत जगत अचम्म परेको अबस्थामा निर्वाचनका बखत भएका धाधलीहरु बाहिर आउदै छन्, प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयको स्पष्ट निर्देशनको अबज्ञा गर्दै सस्थाको बिधान प्रतिकूलका आचरणहरु भएको प्रमाण र पुस्टि सहित सुबास रेग्मीको प्यानलमा रहेका सचिब टुकराज काफ्ले,कोषाध्यक्ष  राम कुमार सिवाकोटी र सस्थापक महाचाचिब बिष्णु बहादुर खत्री क्षेत्रीले रजिस्टारको कार्यालयमा निर्वाचन प्रक्रिया को छानबिन गरि न्याय दिलाई पाउन निबेदन दिएका छन्। 
         सचिब पद का पराजीत उमेद्वार टुकराज काफ्लेको निवेदनमा आफ्ना बिपक्षी उमेद्ववार परशुराम रिजालले आफ्नो कारोबारको आ ब २०७०/०७१ को कराचुक्ता नै पेश नगरेकोले छानबिन गरि न्याय पाउन आग्रह गरेका छन् त्यस्तै कोसाध्यक्षका उमेदवार राम कुमार शिवाकोटीले आफ्नो प्रतिपक्षी कल्पना पौडेल देबकोटाले आफु सम्बन्धितनै नरहेको अर्कै कम्पनीको तर्फबाट लिएको मतदान को अक्तियारीका आधारमा उमेदवारी दिएर बिधान प्रतिकुलको आचरण गरेकोले आफुलाई न्याय दिलाउनको लागि अनुरोध गरेका छन् , तदर्थ कार्यसमिती ले अख्तीयारी को आधारमा मतदान गर्न पाउने निर्णय गरेको भएपनि उमेद्वारी नै दिन पाउने विषय मा निर्णय मौन रहेको अवस्था मा कल्पना देवकोटा को उमेद्वारी स्वत: गैह्रकानुनी भएको दावी गर्दै  सस्थाको सस्थापन महासचिब बिष्णु बहादुर के सी खत्री ले आफुलाई रजिस्टारको कार्यालयले लिखितरुपमा दिएको निर्देशनको प्रतिकुल अस्तिको निर्वाचनमा निर्वाचित सदस्यहरुको आचरण देखिएको हुनाले निर्वाचित सबै सदस्यहरुको कारोबार संग सम्बन्धित करचुक्ता को छानबिन गरि पाउन अनुरोध गरेका छन् ,  अस्ति निर्वाचित प्राय पदाधिकारीले निर्वाचनमा करचुक्ता को प्रमाणपत्र अन्य व्यवसायीको प्रयोग गरेको र तेसमा केहि  नक्कली करचुक्ता प्रमाणपत्र भएको शंका पनि गरिएको छ। निर्वाचित उपाध्यक्ष्य सुर्य याक्ची मगरले पेश गरेको कर चुक्ता प्रमाणपत्रमा बार्षिक कारोबार   जम्मा २७ हजार मात्र देखिएको मा पुरै संगीत ब्यबसायी अचम्म मा परेका छन् , यौटा गीत को काम सुरु सम्म गर्न नसकीने कारोबार को कर चुक्ता देखाउदा ठुलो कर को रकम हिनामीना भएको आशंका गर्दै एकजना संगीत ब्यबसायीले व्यंग्य स्वरुप भने - चलेको संगीतकारले एउटा संगीत गरेको पारिश्रमिक पनि ३०-४० हजार भन्छन,बर्षको २७ हजार कारोबार गर्ने उत्पादक कस्तो प्रकारको हो की कर छली गरिएको हो छनविन गर्नुपर्छ!! काठमाण्डुमा बर्ष को २७ हजारको कारोबार गर्ने कस्ता संगीत ब्यबसायी हुन् उनि ?? अनि यिनले कुन प्रोडुसर र श्रस्टाको अधिकार र रोयल्टीको ब्यबस्थापन गर्लान ??

कोई टिप्पणी नहीं