अपडेट

सरिता लाई भेट्नुअगी यार्सागुम्वाको स्वाद चाखीसकेको थिएँ-गायक डाँगी।

   
 "पानसमा बत्ति बालेको कसरी हेर्नु खै मनपरेको मान्छेलाई अर्कैले सिन्दुर हालेको" वियोगान्तक लोक दोहोरी को ईतिहास मा अमीट छाप छोडेको उक्त गीत का गायक तथा सर्जक विमल डाँगी हुन,नेपाल को अति दुर्गम जिल्ला डोल्पा मा जन्मेर पनि लोक संगीत मा अतुलनिय योगदान गरेका डागी का "तिमी गयौ अर्कैको डोलीमा" "वनको काँडा ले" लगायत दर्जनौं गीत हरु कालजयी छन हिट छन,संघर्ष कै दौरान अमेरीका पुगेका डाँगी न्युयोर्क पुगेर पनि लोक गीत श्रृजना र गायन मा उत्तिकै सकृय छन,मोडल एवं गायीका सरिता डाँगी संग विवहा वन्धन मा बाँधिएका गायक की एक छोरी पनि छन,हाल सपरिवार अमेरीका को न्युयोर्क सहरमा वसोवास गर्दै आएका डागी नेपाली संगीत क्षेत्रका सिदासादा र अनुशासीत गायक भनेर पनि चिनीन्छन, यहा प्रस्तुत छ उनै कर्णप्रिय आवाज का धनी,राष्ट्रिय प्रतिभा पुरस्कार बाट समेत सम्मानित भैसकेका लोक गायक विमल डागी संग हाम्रा प्रतिनिधी ले गरेको कुराकानी को सार संक्षेप।

        कुराकानी को सुरुवात मै हामी ले विमल डागी माथी लाग्ने गरेको आरोप बारे सोध्यौं,साँगीतीक क्षेत्रमा निकै उचाई मा पुगेर पनि नेपालमै बसेर थप योगदान गर्न सक्नुभएन नी भन्ने हाम्रो प्रश्न मा डागी गम्भीर बनेर जवाफ दिए-हेर्नुस म डोल्पा को दुनै बाट नेपालगन्ज सम्म जहाज चढेर आएको होईन त्यो गन्तब्य मैले पैदलै नापेको थिएँ, अव अमेरीका मा छु, ! भन्ने हरु ले विदेश मा भएका कलाकार लाई पलायनवादी भन्छन तर म यो पलायनवाद लाई पुनर्परिभाषित गर्नुपर्छ भन्छु- भौगोलिक पलायन र पेशागत पलायन गरेर पलायन लाई दुई खेमा मा विभाजन गर्नुपर्छ।हो म स्विकार गर्छु की म पलायन भएकै हुँ,नेपाल मा मैले मेरो भविष्य सुखद देखीन भन्दिन मेरो भविष्य त्यहा पनि राम्रै थियो तर मान्छे असन्तोषी प्राणी हो,सकेसम्म राम्रो खोज्छ त्यही कारण हो की नेपाल मा रहेर मैले अनुमान गरेको मेरो भविष्य भन्दा अमेरीका मा रहेर बन्ने मेरो भविष्य निश्चित रुप मै बढी सुरक्षीत देखें मैले। सुरक्षित भविष्य को लागी आर्थिक रुप ले सक्षम हुन अति नै जरुरी छ।चर्चा र नाम जतिनै भएपनि हातमुख जोड्न पैसा छोराछोरी को भविष्य सुनिश्चित गर्न पैसा यहासम्म की आफ्नै नाम लाई निरन्तरता दिन पनि पैसा केवल पैसा चाहिन्छ-मेरो यौटा सपना पनि थियो की म गायक मात्र नभएर आर्थिक रुप मा पनि सवल ब्यक्ति बन्नेछु त्यसैकारण म नेपाल छाडेर यहा आएँ एक हिसाव ले यो भौगोलीक पलायन नै हो- पेसागत पलायन को कुरा म सम्पुर्ण रुप मा नकार्न चाहान्छु किनकी अमेरीका मा रहेर पनि मैले लगातार गीत हरु गाईरहेको छु, यही पनि म दोहोरी रेष्टुरेण्ट मा गीत गाउने काम लाई निरन्तरता दिईरहेको छु, समग्र मा म संगीत क्षेत्र मा ब्यस्त नै छु भनेपछी संगीत जगत वाट पलायन भएको भन्ने आरोप को खण्डन गर्न चाहान्छु। प्रविधी ले संसार लाई निकै सानो बनाईदिएको छ, वसोवास जहा रहेपनि आफ्नो क्षेत्र प्रति यदि समर्पण छ भने पलायन भैहाल्नु पर्ने अवस्था आउदैन पनि।

       भनेपछी तपाई को नेपाल फर्कने अथवा रिटायर्ड लाईफ नेपाल मा विताउने चाहाना हो ! भन्ने प्रश्न मा गायक डागी भन्छन- आफ्नो देश मा फर्कने रहर त कस्लाई नहोला र तर पनि भोली को अवस्था के हुन्छ र समय ले कता डोर्याउछ म यसै भन्न सक्तिन। तपाई देखीहाल्नुभो अस्ति भर्खर नायक सरोज खनाल देश फर्कदा को प्रतिकृया सामाजीक संजाल मा, म नेपाली हुँ आर्थिक समस्या बाहेक अरु कुनै पनि कुरा ले म आप्रवासी वन्न आएको होईन मलाई आप्रवासी हुनुभन्दा आदिवासी भएर वाच्नु नै बढी सम्मानजनक लाग्छ त्यत्ती हो कि दर्शक श्रोता हरु ले पनि सम्मानजनक स्थान दिनुपर्यो,परिस्थिती वस देश छाड्न वाध्य कलाकार लाई उसले हिजो गरेको योगदान चटक्कै विर्षेर तिरष्कृत ब्यवहार गरेको देख्दा मन अमिलो भएर आयो त्यसैले पनि म नेपाल फर्कने या नफर्कने भन्ने विषय मा दुविधा मै छु।

      प्रविधी ले संसार सानो बनाईदियो भन्नुभो यस बारेमा प्रष्ट पार्दिनुस न भन्ने हाम्रो जिज्ञाशा मा डागी भन्छन - हेर्नुस पहिले अडियो भिडियो को ब्यापक रुपमा माग थियो,क्यासेटका कभरमा सिग्नेचर गर्दा हात दुख्थ्यो भने अहिले फेसबुक अनि युटुब हेर्दा आँखा कमजोर हुने अवस्था आयो, भर्खर गीत रेकर्ड भयो भर्खरै डिजीटल मार्केट मा आयो , यौटा क्लिक कै भर मा संसार को जुनसुकै कुना मा रहेर पनि सुन्न सकिने भयो तर आम्दानीको स्रोत सुन्य अवस्था मा झर्यो किनकी संसार ले अवलम्वन गरेको डिजीटल प्रविधी हाम्रो हक मा प्रत्युत्पादत सावित भयो, डिजीटल प्लेटफर्म को बारेमा धेरै कलाकार ले बुझेनन त्यसैले कलाकार को हक अधिकार स्थापित हुन सकेन,प्लेटफर्म या च्यानल चलाउनेहरु ले एकलौटी रुप मा अरु को कमाई खाईरहेको अवस्था छ। डिजीटल प्रविधी को राम्रो पक्ष भनेको म अमेरीका मै बसेर पनि नेपाल मा आफ्नो आवाज रेकर्ड गराउन सक्छु गीत तयार गर्न सक्छु,केही दृष्य अमेरीका मा खिचेर तुरुन्तै नेपाल पठाउन सक्छु, ग्लोवलाईजेसन लाई हामी ले पच्छ्याउन सकेनौं, त्यही प्रविधी मार्फत कतैका कलाकार संग पैसा नै पैसा भयो र त्यही प्रविधी ले नेपाली कलाकार लाई झन कंगाल वनायो। सिमीत साँस्कृतिक कार्यक्रम मा ब्यस्त कलाकार जो औंला मा गन्न सकिने हुनुहुन्छ वहा हरु वाहेक कसैले पनि सांगीतीक क्षेत्र बाट गुजारा हुने गरि पैसा पाएको छैन,यो भन्दा दुर्भाग्य कला क्षेत्रको लागी केही हुन सक्दैन, सुपरहिट गायक का पनि गीत विक्दैन  उ प्रस्तुती कै भर मा बाचिरहेको छ। गायक मात्र वनेर पुगेन पर्फमिड• आर्ट पनि जान्नुपर्यो बाच्नकोलागी, सुपरहिट गीत दिएका सर्जक हरु छन कतिपय पर्फर्मेन्स मा कमजोर भएकैले कसैले चिन्दैनन, यौटै गीत हिट छैन तर पर्फर्मेन्स राम्रो छ भने उ सन्सार घुमिरहेको छ पैसा पनि कमाईरहेको छ । त्यलैले यो क्षेत्र मा हरेक कलाकार असुरक्षित नै छ मेरो नजर मा।

      यो क्षेत्र मा लागेर तपाई ले गरेको दुख सुख को बारेमा भन्दिनुस न भन्दा डागी भन्छन-साँगीतीक क्षेत्रमा सुरुदेखी नै दुखी थियो अझ म त डोल्पाबाट झरेको ठिटोले कति दुख पाएँहोला आफै पनि अनुमान गर्न सक्नुहुन्छ, पहिले पोखराको पिएन क्याम्पसमा पढ्न गएँ,त्यहा मेरो दाई बालक्रृष्ण डाँगी पढ्दै हिनुहुन्थ्यो पछि दाई र दाईका साथीहरुले संगीत बिषय लिएर पढ ललितकला क्याम्पस काठमान्डौमा भनेर पठाऊनु भो अनि काठमान्डौ आएँ,ललीतकला क्याम्पस बाट शास्त्रीय संगीत मा "विम्-म्युज" सम्म को अध्यन पनि पुरा गरे,पेशागत हिसाबले लोकसंगीतमा लागें । त्यो करिब १२ बर्ष काठमान्डौमा रहेका करिब १० वटा दोहोरी साँझमा काम गर्दाको अनुभवले मलाई लोक दोहोरी गायक को रुप मा स्थापित गरायो,यहाँपनि चौतारी रेस्टुरेन्टमा गीत नै गाऊछु र गाईरहनेछु, संघर्ष को समय को हिसाव मा अहिलेको जिन्दगी तुलनात्मक रुप मा भन्नुपर्दा संतोषजनक नै छ मेरो।

       तपाई को समकालीन हरु मा  कस्लाई बढी सम्झनुहुन्छ भन्दा डाँगी भन्छन- बद्री पंगेनी,भगवान भण्डारी दाई हरु म भन्दा केही सिनीयर भएपनि समकालिन हुनुहुन्छ,म धेरै सम्मान का साथ सम्झन चाहान्छु।समकक्षी हरु मा चाही राजन ठकुरी,कस्तुप पन्त,एकनारायण भण्डारी हरु सँगैका सहयात्री हुन म चाहेर पनि विर्षन सक्दिन। सरिता जी पनि अलिकती जुनियर भएपनि समकक्षी मै मान्छु, मैले नै मन पराएर पहिले प्रपोज गरें हामी प्रेम मा पर्यौ र केही समय पश्चात विहे गर्यौं, प्रपोज गर्ने हिम्मत म संग पहिल्यै निहीत थियो त्यो वेला मा तालु मा पुरै रौं थियो अर्कोकुरा डोल्पा को यार्चागुम्वा को स्वाद चाखीसकेको ठिटो यी मामला मा कमजोर हुने कुरै भएन हाहाहाहा (लामो हासो)।

   कला क्षेत्र मा सबको आफ्नो-आफ्नो क्षमता/बिचार/भावना हुन्छ,कतिपय कलाकार हरु नकारात्मक विचार वाट प्रभावित हुन्छन,जस्तोसुकै हत्कण्डा अपनाएर पनि हिट हुने रहर ले प्रेरित हुन्छन तर नकारात्मक कुरा पछी आफै सही बाटोमा जान्छ यदि जान सकेन भने त्यो स्वत बहिस्कृत हुन्छ भन्ने मेरो मान्यता हो।

       म रेडियो नेपालमा गायन/संकलनमा प्रथम पुरस्कार-२०६१ र हिट्स एफएम एवार्ड २०६३,२०६५अनी बिन्दबासिनी एवार्ड-२०६८ द्वारा अवार्डेड पनि भएँ त्यो अवस्था मा मेरो योगदानको कदर गर्दै मलाई सम्मानित गर्नुभएको मा सबै संस्था हरु लाई धन्यवाद भन्न चाहान्छु।दुई पटक सम्म विमल डागी एकल साँझ भब्यताका साथ सम्पन्न भयो २०६५ मा कर्णाली सम्पदा संरक्षण मन्च आयोजक रहेर गरिएको कार्यक्रम र २०७० बिन्ध्यबासिनी म्युजिक ले आयोजना गरेका दुईटै कार्यक्रम मा मेरो योगदान को उच्च कदर भएको कुरा मलाई अनुभव भयो।दुबै संस्था लाई अन्तरआत्मा देखी नै धन्यवाद भन्न चाहान्छु।"नमस्ते डोल्पा" नामक चलचित्र निर्माण र प्रदर्शन गरें त्यो चलचित्र निर्माण ताका सहयोग गर्ने समस्त चलचित्र सुटिड• युनिट एवं प्राविधिकहरु र वितरक लाई धन्यवाद दिन चाहान्छु।

     अन्त्य मा मेरा समग्र दर्शक एवं श्रोता हरु को माया को अपेक्षा जिवन पर्यान्त रहिरहनेछ,मेरा पुराना सृजना हरु लाई जसरी मन पराएर सुनीदिनुभयो त्यसरी नै आउने सृजना हरु लाई पनि माया गरिदिनुहुनेछ भन्ने आशा का साथ आज को लागी "जय गीत जय संगीत" भन्न चाहान्छु।

कोई टिप्पणी नहीं