अपडेट

एम्वुलेन्स सन्चालन को लागी सहयोग को अपील-भेषराज पराजुली।

     
 स्वरेक गाविस-४ स्याड•जा घर भई हाल कतार मा कार्यरत भेषराज पराजुली समाज सेवा लाई आफ्नो जिवन को अत्यन्तै अभिन्न पाटो मान्नुहुन्छ, सन १९९८ देखी लगातार कतार मा रहनुभएका पराजुली दर्जनौं संघसंस्था मा आवद्द रहनुभएको छ,स्याड•जा सम्पर्क मन्च को संस्थापक अध्य़क्ष,स्याँड•जा सहयोग समाज को सल्लाहकार,नमुना स्वरेक कल्याणकारी कोष को संस्थापक र संयोजक हुनुहुन्छ साथै पराजुली एनआरएन अभीयन्ता  पनि हुनुहुन्छ,अन्य धेरै संघ संस्था मा कृयाशील रुप मा सकृय पराजुली प्रवास मा अलपत्र परेका नेपाली हरु को घर फिर्ती र उपचार मा समस्या परेका नेपाली हरु को समस्या समाधान को लागी पनि उत्तीकै कृयासील हुनुहुन्छ,हाल एनआरएन कतार को अधिवेशन मा कोषाध्यक्ष बनेर समाजसेवा मा थप योगदान गर्ने उद्देश्य का साथ आफ्नो उमेद्वारी दर्ता गराउनुभएका पराजुली को एनआरएन को विधान र माग मा रहेको दुविधा प्रति पनि फरक मत रहेको छ, हाम्रा प्रतिनीधी ले यिनै समसामयीक विषयमा पराजुली संग कुरा गरेका थिए,यहा प्रस्तुत छ उक्त कुराकानी को सार संक्षेप।

       समाज सेवा प्रति निकै झुकाव राख्नुहुन्छ अनी दर्जनौं संघ संस्था मा आवद्द पनि हुनुहुन्छ प्रवास रहेर गर्नुभएको समाजसेवा को बारेमा केही वताईदिनुस न भन्ने जिज्ञासा मा पराजुली भन्नुहुन्छ-मेरो नजर मा समाज सेवा का विवीध स्वरुप छन,जस्तो हामी सुरु मा यहा आउदा आँफु कसरी ऋणमुक्त हुने या कसरी स्थापित हुने भन्ने कुरा मा मात्रै एकाग्र हुनुपर्ने अवस्था थियो त्यो वेला मा पनि हामी अलपत्र परेका नेपाली हरु को लागी आफ्नो ठाउवाट सकेको सहयोग गर्थ्यौं विस्तारै समय वदलियो परिवेश वदलियो र दोहा मा धेरै नेपाली हरु को आगमन भयो त्यही क्रम मा केही ब्यापारी हरु आए मेन पावर ब्यवसाय गर्ने हरु अनी केही राम्रो ओहदा का जागीरे बनेर आए अहिले समाज सेवा को स्वरुप फेरीएको छ,कुनै निश्चित उद्देश्य बोकेर भेला हुने बहाना बनाउने जस्तो की साँस्कृतिक या राजनैतिक कार्यक्रम हरु आयोजना गर्ने अनी सक्ने र बढी कमाउने नेपाली हरु लाई बोलाउने चन्दा संकलन गर्ने र चन्दा दिने लाई सम्मान गर्ने अनी त्यही काम लाई "समाजसेवा" भन्ने र चन्दादाता लाई "समाजसेवी" को पगरी गुथाईदिने जुन परम्परा छ हामी त्यसलाई चिर्न चाहान्छौ, त्यस्ता किसीम का कार्यक्रम हरु मा हामी सहभागीनै नभएको होईन कतिपय कार्यक्रम हामी ले नै आयोजना पनि गर्यौं कतिपय दाता हरु बाट चन्दा लिएरै निश्चित संस्था को लागी फण्ड राईजिड• को काम पनि गरियो तर त्यसरी जम्मा गरेको रकम को सार्थकता समय मा देखीदोरहेनछ त्यसपछी हामी ले हाम्रो सेवा क्षेत्र लाई तत्काल समाजमा अत्यावस्यक कुरा हरु लाई कसरी सम्वोधन गर्ने भन्ने तर्फ केन्द्रीत गर्यौं, नमुना स्वरेक सामाजीक कल्याणकारी कोष खडा गरेर राजेन्द्रभवानी मा वि मा गरिव तथा जेहेन्दार विद्यार्थी को लागी अक्षयकोष खडा गर्यौं राष्ट्रीय निमावी टापु को लागी पनि त्यस्तै कोष वनायौं यी हाम्रो अगाडी तत्काल प्रतिफल दिने सामाजीक काम थिए, स्वरेक लाई पर्यटकीय स्थल को रुप मा प्रचार प्रसार गर्ने उद्देश्य ले सुरुभएका सामाजीक काम मा हामी ले हाम्रो तर्फ बाट सहयोग गर्यौं र नमुना स्वरेक प्रवेश द्वार को निर्माण गर्यौं। स्वरेक को केन्द्र मा रहेको कालिका मन्दिर र  "कोत" को संरक्षण को लागी कोत पुनर्निर्माण को लागी हाम्रो तर्फ बाट आवस्यक सहयोग जुटायौं र हस्तान्तरण गर्यौ, समाज मा आवस्यक परेका साना साना कुरा हरु को परिपुर्ती तर्फ युवा हरु लाई श्रमदान को लागी परिचालन पनि गर्यौ र उपलव्धता हेरेर साथी हरु आफै पनि काम मा सरिक हुनुभयो यसरी हेर्दा हामी जे गरिरहेछौं त्यो नमुना समाजसेवा हो भन्ने मेरो मान्यता हो र यसलाई जिवन पर्यान्त निरन्तरता दिनुपर्छ र यस कीसिम को समाजसेवा मा नयाँ पुष्ता लाई पनि जागरुक वनाउनु पर्छ भन्ने मेरो कोशीष हो।
    अहिले सुरु गर्नुभएको एम्वुलेन्स सम्वन्धि अभीयान को बारेमा केही भन्दिनुस न भन्ने हाम्रो जिज्ञासा मा भेषराज पराजुली भन्नुहुन्छ- हामी यौटा कोष बनाउदैछौं जसले स्वास्थ क्षेत्रमा तत्काल आवस्यक सेवा प्रदान गरेर समाज मा योगदान गरोस या सेवा गरोस अव तत्काल आवस्यक भनेको स्वास्थ्य क्षेत्र मा एम्वुलेन्स नै हो,स्वरेक टापु मा रहेको उपस्वास्थ्यचौकी र वालिड• भुम्रे मा रहेको स्वास्थ्य चौकी विच को पैदल दुरी कमसेकम डेढ देखी दुई घण्टा को छ,स्वास्थ्य स्थिती नाजुक भएको विमारी लाई परम्परागत तरिकाले स्वास्थ्यचौकी सम्म ल्याउदा हुने जोखीम एम्बुलेन्स ले पक्कै कम गर्नेछ अर्को कुरा पहिला यातायात को सुविधा थिएन अहिले कच्ची सडक भएपनि उल्येख्य रुप मा गाडी हरु चलेका छन कच्ची सडक को जेखीम लाई हेर्दा भोली ट्रामा का केश हरु पर्न सक्छन कुनै सवारीसाधन दुर्घटना भएर कोही घाईते भएको अवस्था मा सुविधा सम्पन्न अस्पताल रहेको पोखरा सहर को दुरी ६० किमी छ त्यो किसीम को उद्दार कार्य मा पनि स्वरेक मा यौटा एम्बुलेन्स अत्यावस्यक रहेको छ तसर्थ हामी एम्बुलेन्स कीन्ने मात्र नभई एम्बुलेन्स सन्चालनार्थ जगेडा कोष समेत खडा गरेर जनता लाई सस्तो र सर्वसुलभ एम्बुलेन्स सेवा प्रदान गर्न लागी परेका छौ। यो अभीयान मा संसारभर रहनुभएका सहृदयी दानविर हरु ले चासो देखाउनुभएको छ र चन्दा रकम घोषणा को लहर चलाउनुभएको छ । घोषणा को अनुपात हेर्दा हामी छिटै एम्बुलेन्स सन्चालन गर्न सक्षम हुनेछौं भन्ने मेरो विश्वास हो।

   यस किसीम का कार्य हरु मा अनियमीतता को सम्भावना निकै धेरै हुन्छ त्यस्तो नहोस भन्ने तर्फ हामी सजग छौं, म आफु केन्द्रीय संयोजक हुँ र धेरै जिम्मेवार साथी हरु ले बाहिर को संयोजन को जिम्मा लिनुभएको छ, प्रचार प्रसार र मिडीया संयोजक मा जिएस पाण्डे जि ले पोखरा मा रहेर निकै ठुलो र निश्वार्थ सहयोग गर्नुभएको छ र कोष निर्माणार्थ लागी पर्नुभएको छ,स्वरेक लाई नमुना स्वरेक वनाउन उल्येख्य योगदान गर्नुभएका जिएस पाण्डे को साथ पाउनु हाम्रो लागी पक्कै पनि राम्रो कुरा हो र यो साथ ले हाम्रो अभियान मा आईपर्ने अन्य चुनौति हरु को सजिलो संग सामना गर्नेछौं भन्ने हाम्रो विश्वास पनि हो।
    गैह्र आवासिय नेपाली संघ (एनआरएन)मा पनि आवद्द हुनुहुदोरहेछ खाडी मा एनआरएन को औचित्य को बारेमा केही भन्दिनुस न भन्ने प्रसंग मा पराजुली भन्नुहुन्छ-हेर्नुस सर्वप्रथम त एनआरएन को परिभाषा मै दुविधा छ,१८३ दिन विदेश वसेको नेपाली एनआरएन हुनेछ या १८३ दिन विदेश वस्ने वित्तीकै जोसुकै नेपाली लाई एनआरएन मानिनेछ भन्ने कुरा मै आम गैह्रआवासिय नेपाली हरु क्लियर हुनु जरुरी छ, त्यसमाथी बाट एनआरएन हरु ले राखेको दोहोरो नागरिकता को माग ले अझ दुविधा थपिदिएको छ, आखीर किन चाहियो खाडीमा काम गर्ने नेपाली लाई दोहोरो नागरिकता?एनआरएन ले यो कुरो प्रष्ट पार्दिनुपर्छ अथवा एनआरएन हरु मा वर्ग छुट्याउनुपर्छ दोहोरो नागरिकता चाहिने र नचाहिने गरेर नत्र खाडी मा कामगर्ने नेपाली हरु लाई समेट्ने हो भने दोहोरो नागरिकता को माग को कुनै औचित्य छैन।किनकी अर्को युग सम्म पनि नेपाली पासपोर्ट छोडेर खाडी मुलुक को पासपोर्ट लिनेछैनन अथवा नेपाली हरु ले या लिन चाहेर पनि पाउनेछैनन,खाडी का एनआरएन हरु ले कुरा चपाएर दोहोरो नागरिकता को माग मा समर्थन जनाउनु हुदैन म एनआरएन भित्र फरक मत उठाउनैको लागी कार्यसमीती मा जाने जमर्को गरिरहेछु, राजनिती र समाजसेवा आफ्नो लागी होईन अरुको लागी गरौं,आफु पद मा पुग्नको लागी खाडी मा रहेका मजदुर दाजुभाई लाई गैह्रआवासिय को विल्ला भिराएर कहिल्यै सम्भव नहुने दोहोरो नागरिकता को मुद्दा मा राजनिती गर्नु मुर्खता हो-म एनआरएन कार्यसमीती मा यिनै मुद्दा हरु उठाउन र समाजसेवा लाई निरन्तरता दिन जाने जमर्को गर्दैछु।यसको अर्थ खाडीमा एनआरएन को औचित्य नै नभएको भन्ने नलागोस तर कतिपय मुद्दा र माग हरु फेरीनु पर्छ र जस्तो सुकै संस्था या संगठन भएपनि अन्तिम लक्ष भनेको राजनिती नभई समाजसेवा मै केन्द्रीत हुनु पर्दछ भन्ने मेरो मान्यता हो-दोहोरो नागरिकता लगायत का असम्भव मुद्दा छाडेर पनि एनआरएन ले खाडी मा गर्न सक्ने या प्राथमीकता का साथ गर्नुपर्ने धेरै काम हरु छन । साधारण तरिका ले बाहीरवाट हेर्दा जति सजिलो छ समस्या हरु देखीए भन्दा जटिल हुन्छन, कहिं न कहीं कुनै न कुनै रुप मा दुख पाएका नेपाली हरु लाई प्राथमीकतामा मा राखेर सम्पुर्ण नेपाली को सेवा मा लागी पर्ने संस्था चाहिएको छ खाडी मा त्यो हामि वनाउनेछौ भन्ने मेरो विस्वास हो ।

    अन्त्य मा संसार भर रहनुभएका सुभेच्छुक दाता हरु लाई हाम्रो स्वरेक सामाजीक कल्याणकारी कोष मार्फत अहिले गर्न लागीएको एम्वुलेन्स सन्चालन अभीयान मा हातेमालो गरिदिनुहुन अनुरोध गर्दछु,समाज सेवा नै जिवन को सबैभन्दा ठुलो पुन्य हो जहा बाट सकिन्छ र जति सकीन्छ त्यती गरौं यहा हरु सबैलाई सुख ले खान पुगोस र खुशी ले दिन पुगोस ।
   ( विजया दशमी तथा दिपावली को पावन अवसर मा भेसराज पराजुली को नमुना स्वरेक एम्वुलेन्स अभियान सफल होस भन्दै वहा को समाज सेवा प्रति को लगाव लाई सम्मान गर्दै युएस खवर अनलाईन परिवार सुभेच्छा ब्यक्त गर्दछ)
प्रस्तुती-दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं