अपडेट

याद राख सत्यराज,पसिनाको अपमानले साह्रै पोल्छ।

       

आज विहानै मन पर्ने कलाकार को  फेसबुक टाईमलाईन मा यौटा तेश्रो दर्जा को स्टाटस पढ्न पाईयो,कलाकार सत्यराज आचार्य ले साधारण श्रमजीवी शुभचिन्तक लाई तुच्छ शब्द को प्रयोग द्वारा फेसबुक बाट ब्लक गरिएको संदेश दिन खोजीएको उक्त स्टाटस ले भक्तराज आचार्य का छोरा को मानसिकता निम्नस्तर को रहेछ भन्ने कुरा स्पष्ट पार्यो, सत्यराज को यो विचार प्रति म गम्भीर असहमति राख्छु! स्मरण रहोस नेपाली संगीत का सबैभन्दा धेरै फ्यान हरु र लगानीकर्ता हरु खाडी या मलेसिया मै छन र सायद नेपाल मा जत्ती कलाकार त्यता पनि छन- अभिब्यक्ति दिनु पुर्व आफ्नो आवेश मा नियन्त्रण गर्न नसक्ने कलाकार लाई परिपक्व मान्न सकिन्न,सेलिब्रेटी भैसकेपछी आलोचना पचाउन नसक्नु सत्यराज को कमजोरी हो।
     त्यही कुरा लाई उनले परिपक्व तरिका ले दर्शाएर आफ्ना फ्यान हरु लाई जेपायो त्यही कमेन्ट नगर्न सचेत गराउन सक्थे,ब्लक गर्नुको साटो आफु उक्त शुभचिन्तक द्वारा अपमानित हुनुपरेको कुरा बाहिर ल्याउन सक्थे, त्यसो गर्दा अपमान गर्ने को विपक्ष मा उनका लाखौं शुभचिन्तक हरु हुन्थे,अहिले अपमान गरेकै भएपनि खाडी मा कार्यरत उक्त ब्यक्ती को पक्षमा पुरा सामाजीक संजाल देखीएको छ भने सत्यराज एकजना श्रमजीवी शुभचिन्तक को आलेचना सहन नसक्ने हुतिहारा सेलिब्रेटी मा दरिएकाछन।
    शहनसिलता कलाकार मा हुनै पर्ने गुण हो,जुनसुकै महान कलाकार को पनि आलोचक हरु हुन्छन,आलोचना लाई सहज रुप मा लिन नसक्नु कलाकार को घमण्ड मात्र होईन एक किसीम को उग्र सोच को परिणाम पनि हो।आफ्नो धरातल के हो र कस्को माया ले आफु कलाकार भएँ भन्नेकुरा विर्षीएर शुभचिन्तक प्रति यसरी आक्रोश पोख्नु अशल कलाकार को चिनारी हुन सक्दैन।
      सत्य स्वरुप सबैको प्रिय वन्नु मा उनिहरु को संघर्ष को मात्र योगदान छैन, सर्वप्रथम त उनिहरु भक्तराज आचार्य का छोरा हुन,भजन सिरोमणी का छोरा भन्नेवित्तीकै साँगीतीक जगत ले ठुलो स्पेस दिएको कुरा कसैले नकार्न सक्दैन,म्युजीक कम्पनी र लगानीकर्ता ले सत्यस्वरुप लाई भन्दा पनि भक्तराज लाई सम्झेर यिनीहरु माथी लगानी गरेको कुरा सजीलै बुझ्न सकिन्छ,अर्को कुरा तिनै दर्शक श्रोता र शुभचिन्तक जसले उनिहरु को गीत मन पराएर सुनिदिएर उनिहरु यो स्थान मा आईपुगेपछी उनै शुभचिन्तक लाई दर्जा अनुसारलको ब्यबहार गरेको पटक्कै सुहाएन र त्यसो गर्नु निन्दनिय पनि छ।
     म सत्यराज संग जान्न चाहान्छु- के तिमी खाडी मा साँगीतीक कार्यक्रम गर्न चाहान्नौ? के तिम्रा अमेरीका मा रहेका प्रसंसक पहिलो दर्जा का र खाडी मा रहेका तेश्रो दर्जा का हुन? के तिमी ले अरव मा बालुवा चालेर कमाएको पैसा र अमेरीका मा ब्यवसाय गरेर कमाएको पैसा गन्ध द्वारा थाहा पाउछौ? तिम्रो गीत कहाँ विक्छ बढी! खाडी मा की अमेरीका मा? 
     समग्र मा कलाकार द्वारा प्रशंसक का लागी देखाईएका यस्ता ब्यवहार तुच्छ, अनैतिक र भ्रत्सना योग्य छन पशुपतिनाथ ले सत्यराज लाई सतवुद्दि दिउन।

     स्मरण रहोस सत्यराज पसिना को अपमान को मुल्य साह्रै महंगो हुन्छ। 


     

1 टिप्पणी

ishwar kafle ने कहा…

B4aa lai k thaa pasina ko mulle