अपडेट

हाम्रो देश सास्कृतीक चेपुवामा परेको छ-गायक समीर आचार्य।

       
  हुन त उनको जिवन को सुरुवात नै सुर ताल संग भएको हो,नेपाल मै पहिलो पटक लोक संस्कृती र लोक संगीत मा विद्यावारिधी गरेका आदरणीय पिता गोविन्द आचार्य को छत्रछायाँ ले संगीत प्रति को लगाव लाई अझ वलियो वनाएको बताउने समिर आचार्य को साँगीतीक क्षेत्र मा औपचारिक प्रवेश चाहि "ओठमा लाली ए काली काली" गीत मार्फत भएको थियो,आफु आधुनिक र पप गीत गाउने गायक भएपनि कता कता आफ्ना गीत हरु मा लोक लय को स्वाद मिसीएको छनक पाईने गरेको समिर आफै स्विकार्छन र त्यो आफ्ना पिता बाट प्राकृतिक रुप मै आफुमा सरेको पनि मान्छन समिर आचार्य। अहिले सम्म दुई दर्जन भन्दा वढि गीत रेकर्ड गरिसकेका समिर का दर्जनभर गीत हरु युट्युव मा खोज्दा भेटिन्छन, संगीत,संघर्ष र जिवन को बारेमा धाराप्रवाह घन्टौं सम्म बोल्न सक्ने समिर आचार्य अष्ट्रेलिया मा रहेर पनि साँगीतीक क्षेत्र मा क्यारियर निर्माण गरिरहेका संगीतकर्मी हुन। यहा प्रस्तुत छ भर्खरै अमेरीका मा आफ्नो सांगीतीक कार्यक्रम सकेर आष्ट्रेलीया फर्केका समिर आचार्य संग हाम्रा प्रतिनिधी ले गरेको कुराकानी को सार संक्षेप।

      तपाई को साँगीतिक जिवन को बारेमा केहि भन्दिनुस न भन्ने हाम्रो प्रश्न मा समिर भन्छन-हेर्नुस म जन्मदा नै मेरो घर संगीतमय थियो मेरो बुवा नेपाल मै यही क्षेत्रको विद्यावारीधी हुनुहुन्छ,सबै संगीतकर्मी हरुको विशेष सम्मान छ उहाँ प्रति त्यसैले पनि मेरो संगीत प्रति लगाव भन्नु नै मेरो बुवा प्रति को सम्मान हो मेरो नजर मा,हाम्रो घरको म दोश्रो पुष्ता हुँ यो क्षेत्रमा पहिलो पुष्ता मेरो बुवा हुनुहुन्छ र म मा निहित अधिकाँश खुवि हरु मैले विरासत मै पाएँ बुवा बाट,समय संगै बच्चा हरु बोल्न सिक्दै जान्छन तर मैले बोली संगै सुरताल पनि सिक्दै बढेको हुँ घरमै, अधिकाँश कलाकार ले कलाकारीता मेरो शौख हो भन्नुहुन्छ गायक हरु ले गायन मेरो शौख हो भन्नुहुन्छ तर मेरालागी संगीत शौख होईन संगीत मेरो धर्म हो र मेरो कर्म हो भन्ने मान्दछु।

     अष्ट्रेलिया मा पनि संगीत सम्वन्धि नै काम गर्नुहुन्छ? भन्ने हाम्रो प्रश्न मा समिर भन्छन-हो म अष्ट्रेलिया मा पनि संगीत सम्वन्धि नै काम गर्छु,म ब्यवसायीक डिस्को जक्की हुँ,म संगीत लाई फरक किसीम ले मिसाएर मनोरंजन लिने युवा प्रविधी को सन्चालन मान्छु जिजेईड• लाई,नयाँ पुष्ताले अत्यन्तै मन पराएको यो सिष्टम को भविष्य पनि लामो देखीन्छ फेरी "स्पिडअप टास्क सेन्टर" भन्ने कम्पनी छ हामीसंग त्यो कम्पनि मार्फत हामी संगीत सम्वन्धि ईनिष्टुमेन्ट हरु को ब्यापार गर्छौ जस्तो कि साउण्डसिष्टम हायर को काम लगायत का साँगीतीक क्षेत्र का सपोर्टिभ काम हरु गर्छौ र लगत्तै हामी ईभेण्ट म्यामेजमेन्ट को काम पनि गर्न गईरहेछौं यहा धेरै साँगीतीक कार्यक्रम हरु हुन्छन संसार भर का मान्छेहरु बस्ने ठाउ भएकोले पनि यहा साँस्कृतीक विविधता छ,नेपाली साँस्कृतीक कार्यक्रम हरु भएजस्तै अन्य देश का पनि भैरहन्छन हामी तिनै ईभेन्ट हरुको लागी चाहिने संगीत सम्वन्धी सामान हरु को आपुर्ति को काम पनि गर्ने गर्छौ त्यसैले मेरो सम्पुर्ण क्यारीयर संगीत को घेरो भन्दा बाहिर छैन,जे गरिरहेछु साँगीतीक क्षेत्र भित्रै गरिरहेछु।

    सामान्यतया विदेश मा वस्ने कलाकार लाई हामीले सोध्ने प्रश्न समीर तिर पनि तेर्स्सायौ हामी ले,पलायनवाद या नी कलाकार हरु विदेश मा भाषिनु लाई कसरी सम्वोधन गर्न चाहानुहुन्छ भन्ने प्रश्न मा गम्भीर हुदै समिर भन्छन- हेर्नुस म अष्ट्रेलिया को सिटिजनसिप लिईसकेको मान्छे परें,साधारण परिभाषा अन्तर्गत हेर्ने भने पलायन वादि हरु को अग्रपंक्ति मा मै पर्छु । तर कलाकारको देश छोडाई लाई म कलाकार को रहर मान्दिन, संगीत को ब्यवसायीकरण मा हामी जसरी पछाडी पर्यौ त्यो पछौटेपन कै कारण कलाकार ले आफ्नो पेशा लाई निरन्तरता दिन सकेनन,नेपाली सुपरस्टार हरु पनि आर्थिक मन्दि को चपेटा मा छन, पपुलारीटी ठुलो छ लाखौं करोडौं फ्यान छन तर पैसा छैन,त्यो कसरी भयो त भन्नुहुन्छ भने हरेक नागरिक लाई सम्मान पुर्वक बाँच्ने आधारशीला तयार गरिदिने सरकार ले हो,भविष्य  लाई हेरेर निती नियम बनाउने र कुन निती नियम अन्तर्गत को को जनता र तिनका काम या ब्यवसाय ले तिनको जिवन सुरक्षित गर्नेछ भनेर तय गर्ने निती निर्माता हरुले हो, निती निर्माण कै तह यति कमजोर भयो हाम्रो की त्यपछी कोही पनि सुरक्षित हुन सकेनन, पाच वर्ष पछी देश लाई कति विजुली चाहिन्छ र त्यसको लागी अहिले कुन र कस्तो तयारी गर्नु पर्छ भन्ने सम्म अनुमान गर्न नसक्ने निकम्मा हरु ले हाकेको हाम्रो देश का कलाकार हरु बाँच्नको लागी परदेशी भएका हुन पलायन भएका होईनन भन्ने मेरो मान्यता हो।

     गम्भीरता पुर्वक भन्नुपर्दा हाम्रो देश एक किसीम को साँस्कृतिक चपेटामा परेको छ,जसरी हिन्दी च्यानल र भारतिय संस्कृती को नेपाल मा सिधा र निर्वाध प्रवेश भैरहेको छ त्यसलाई ब्यवस्थापन नगरुन्जेल नेपाली कलाकार को पनि जिवनस्तर माथी उठ्ने मा विश्वस्त हुन सकीदैन,यता विदेश तिर पनि हिन्दी च्यानल हरु आउछन तर तिनीहरु नियन्त्रीत छन, विज्ञापन वजार को ठुलो हिस्सा ओगटेका हिन्दी च्यानल का विज्ञापन हरु बजाउने तरिका मात्रै ब्यवस्थित हुन्छ भनेपनि निकै ठुलो संख्या मा कलाकार को पलायन लाई रोक्न सकिन्छ।जस्तो की हाजमोलाको विज्ञापन मा अमीताभ को अभिनय नेपाली मा डविड• गरेर जवर्जस्ती नेपाली उपभोक्ता मा थोपरिएको छ,किन हाजमोलाको नेपालमा बज्ने विज्ञापन मा नेपाली कलाकार नै चाहिने निती नियम या कानुन को तर्जुमा गर्न सक्दैनन निती या कानुन निर्माता हरु? किनकी हामी चेपुवामा छौं ब्युरोक्रेसी देखी लिएर ग्रासलेवल सम्मै कहिं न कहिं कुनै न कुनै तरिका बाट चेपिएका छौं हामीहरु र हारिरहेछ हाम्रो संस्कृती अनी घाटामा चलिरहेछ हाम्रो साँगीत र विज्ञापन को ब्यवसाय अनी कसरि टिक्न सक्छन कलाकार त्यहाँ? म प्रतिप्रश्न गर्न चाहान्छु।अहिले यो समस्या को निराकरण असम्भव जस्तै देखीएको छ,नेपाल मा त्यसरी नै हिन्दी च्यानल नियन्त्रण गरेर विज्ञापन लाई ब्यवसायीक गराउन चाहाने एकजना मिडीयाकर्मी को दिउसै गोली हानेर हत्या गरियो र उनी माफिया थिए भनेर प्रमाणीत समेत गराईयो तर उनको हत्याको मुख्य कारण चाही भारतिय च्यानल मा बज्ने विज्ञापन लाई नियन्त्रण गरेर नेपालीकरण गर्न खोज्नु थियो।म ठोकुवा गरेर भन्न सक्छु तर यस बारेमा विस्तृत चर्चा अर्को पटक मा गरौंला।

    तपाई ले भनेजस्तो म साँगीतीक कार्यक्रम को लागी कार्यक्रम गर्न अमेरीका गएँ र अष्ट्रेलीया फर्कें तर नेपाल बाट अमेरीका पुगेको कलाकार यिनै माथि उल्येखीत विविध कारण ले गर्दा फर्कन चाहदैन या फर्केर आउने सम्भावना कम हुने गरेको छ। 
    मेरो पछील्लो गीत अमेरीका को क्यालीफोर्निया मा रहेकी कलाकार निक्की कार्की को र मेरो संयुक्त प्रस्तुती हो, प्रविधी ले संसार लाई खुम्च्याईदिएको र जटिल मानिएको काम पनि साधारण तरिकाले गर्न सकिन्छ भन्ने कुरा यो गीत को निर्माण ले प्रमाणीत गर्छ, आनन्द अधिकारी द्वारा लिखीत यो गीत का कम्पोजर आशीष अविरल हुन,गीत को ट्रयाक नेपाल मा तयार भयो मैले अष्ट्रेलिया मा गाएँ निक्की ले क्यालिफोर्निया मा गाएकी हुन,त्यसरीनै भिडीयो का दृश्य हरु पनि मैले मेरो पार्ट अष्ट्रेलिया मै खिचें निक्की ले अमेरीका मै खिचीन बाकी एडीटिड• को काम नेपाल मा..! अव यसरी सरसरती यि प्राविधीक कुरा हरु लाई बुझ्दा काम कतै पनि गाह्रो छैन जो जहाँ र जसरि रहेपनि संगीत प्रती यौटा प्यासन छ भने लगाव छ भने नयाँ प्रविधी बुझेको मान्छे संगीत बाट र साँगीतीक क्षेत्र वाट पलायन हुन पर्ने देखीदैन बाँकी भौगोलीक कुरा हरु तपसिल मा राख्न चाहान्छु।

     हुन त म जिन्दगी र प्रेम लाई त्यती गहिराई बाट बुझ्न सक्ने भैसकें भन्ने ठान्दिन तै पनि दुनिया को नजर मा बाँच्न को लागी संघर्ष गर्छ मान्छे तर म संघर्ष को लागी बाँच्नु पर्छ भन्ने मान्यता राख्दछु, किनकी विना कारण कोही जिवीत रहदैन र त्यो कारण भनेकै संघर्ष हो, संघर्ष का धेरै रुप हरु छन प्रेम पनि त्यो भित्र पर्दछ, जस्तो की अस्ती भर्खर त्यत्रो तयारीका साथ म कार्यक्रम को लागी अमेरीका पुगें, कति सहृदयी हरु संग चाहदा चाहादै पनि भेट्न सकीन, मन मा कति धेरै प्रेम हुदा पनि मैले ब्यक्त गर्न सकिन अव फेरी त्यस्तो मौका पर्खनको लागी जिवन अपरिहार्य छ, धेरै सुखानुभुती हरु बाँकी छन जुन प्रेमील मन हरु वाट पाउन बाँकी छ या संगालेर राखीएको छ दिन बाँकी छ त्यसैले पनि जिवन अपरिहार्य छ, मृत्यु यौटा साश्वत सत्य हो कसैले टारेर टर्दैन केवल मृत्यु विर्षन सकिन्छ बाँचुन्जेल को लागी र केवल प्रेम ले मात्र मृत्युको भय लाई कम गर्न सक्छ, जिवीत रहन को लागी प्रेम अनिवार्य भएकै कारण मैले प्रेम नै जिवन हो भनेको हुँ।

     अन्त्य मा म मेरा दर्शक तथा श्रोता हरु लाई मेरो नयाँ गीत हेरेर प्रतीकृया दिनुहोला, माया गरिदिनुहोला भन्न चाहान्छु, यो संसार को जुनसुकै कुना  मा रहेपनि नेपाली संगीत र नेपाली संस्कृती को प्रवर्धन को लागी काम गरिरहनेछु र हजुर हरु वाट साथ एवं सहयोग को अपेक्षा गरिरहनेछु। आज लाई धन्यवाद।

      निकै पटक निक्की कार्की को नाम लिनुभयो साँगीतीक यात्रा का सहयात्री मात्र हुनुहुन्छ की तपाई हरु विच मा त्यस्तो अफेयर्स अथवा प्रेम पनि छ ! भन्ने प्रश्न मा समिर ले लामो हासो हास्दै अफेयर्स नरहेको जानकारी दिए भने निक्की ले यो सम्वन्ध मा बोल्न चाहिनन र हाम्रो म्यासेज को रिप्लाई गरिनन, तर समिर भने निक्की कार्की को तारिफ गरेर थाकिरहेका थिएनन, जे होस उनिहरुको साँगीतीक जोडी को सफल उडान को लागी हाम्रो तर्फ बाट पनि धेरै धेरै शुभकामना।

प्रस्तुती:- दुर्गा पंगेनी।
     

कोई टिप्पणी नहीं