अपडेट

यिनै पाँच कारणले हार्दैछन सुवास रेग्मी ले चुनाव

गीत  संगीतको क्षेत्रमा टड्कारो र यथार्थ अभीब्यक्ति कै कारण प्राय चर्चा र विवाद मा रहिरहने सुवास रेग्मी संगीत जगतमा देखीएको अहिलेको असहज परिस्थीतीमा एउटा योजना बनायर रोयल्टी ब्यबस्थापन समेतको नया उपायको खोजिमा पाइला चालेको दावि गर्छन।कलकार र सर्जक  नरहे कला रहदैन र कला नरहे कम्पनी रहन सक्दैन त्यसैले पनि उत्पादक बाच्नुको लागी पहिला कलाकार वाच्नु पर्छ भन्ने मान्यता राख्ने सुवास रेग्मी यसपटक को उत्पादक समाजको चुनाव भने हार्नेछन।

सुवास रेग्मी ले चुनाव हार्ने कारण हरुनिम्न प्रकार का छन।

१) २०६७ सालमा भएको पाइरेसी बिरुद्धको आन्दोलन नाम दिएर पाइरेशि गर्ने मोवाईल पसल र साईवर हरु लाई  ३०००० रुपैयामा अख्तियारी दिदा विरोध गर्ने यिनै थिए,आज सम्म पनि तिस हजार गोटा वेचिएको उक्त लाईसेन्स को औचित्य माथि निरन्तर प्रहार गरिरहन्छन त्यसैले पनि पाईरेसी को लाईसेन्स बेचेर पैसा कमाउने हरु उनि विरुद्द लाग्नेछन र सुवास रेग्मी चुनाव हार्नेछन।

२) पेनड्राइब र मेमोरी कार्डका निमित्त सस्थाका नामबाट कुनै एउटा कम्पनीलाई अख्तियारी दिदा गीत सगीतको ब्यबसाय धरासायी बनेको हो भन्दै अव आउन लागेको अटोमेटीक ट्रेलर मेसीन(संगीत एटिएम) ले गीत विक्री लाई एकद्वार मात्र बनाउदैन त्यस्ले बौद्दीक सम्पत्ती को दुरुपयोग लाई वढावा दिएर सर्जक को सम्पत्ती एटिएम सन्चालक को मातहत मा ल्याउनेछ र नयाँ प्रविधी मार्फत एटिएम सन्चालक कम्पनि ले कलाकार को सम्पत्ती माथी अवैध रजाँई गर्दै संपत्ती को दुरुपयोग गर्नेछ भनेर फरक मत राख्दछन, एटिएम ब्यवसाय संचालन गर्न अग्रसर कम्पनी ले पनि चुनावी लविड• मा सुवास रेग्मीलाई हराउन कुनै कसर बाँकी राख्नेछैनन फलस्वरुप रेग्मी ले चुनाव हार्नेछन।

३) आरविटी प्रचेज र अस्वस्थ प्रतिस्पर्धा लाई ब्याड•ग्य गर्दै आफै प्रचेजिड• मा सहभागी भएको घोषणा सहित एनसेल को रिचार्जकार्ड को माला लगाएको फोटो सार्वजानीक गरेर प्रचेजिड• लाई निरुत्साहित गर्ने प्रयास गरेका रेग्मीको विरुद्दमा अस्वस्थ प्रतिष्पर्धा मार्फत कमाउन बानी परेका ब्यक्ती हरु पनि लाग्नेछन फलस्वरुप सुवास रेग्मी ले चुनाव हार्नेछन।

४) लगभग १०८ ब्यवसायी मध्य ३०-३५ जना मात्र सकृय लगानीकर्ता रहेको र बाँकी गैर ब्यबसायी र गैर संगीतकर्मीहरु सस्था मा रहेको अवस्था मा सकृय रहेका भन्दा निष्कृय सदस्य हरु सुवास रेग्मी विरुद्द को प्रभाव मा सजिलो संग पर्नेछन, बास्तविक ब्यवसायी को मत चुनाव जित्न पर्याप्त हुदैन त्यसैले पनि सुवास रेग्मीले चुनाव हार्नेछन।

५) सकृय संगीतकर्मी र संगीत प्रेमी हरुको विच मा अतियन्तै लोकप्रिय सुवास रेग्मी संगीत संबद्द काम निस्कृय ब्यवसायी हरुको नजर मा धेरै नै आलोचित छन,खास गरि म्युजीक नेपाल को एकाधिकार र दादागीरी को विरुद्द मा बोल्ने एकमात्र संगीत ब्यवसायी लाई हराउन म्युजीक मेपाल ले पनि कुनै कसर बाँकी राख्ने छैन त्यसैले पनि यो निर्वाचन सुवास रेग्मी भर्सेज म्युजीक नेपाल जस्तो देखीएको छ, निस्कृय ब्यबसायी हरु सजीलो संग म्युजीक नेपाल को आर्थिक प्रलोभन मा पर्नेछन फलस्वरुप सुवास रेग्मी चुनाव हार्नेछन।

माथी उल्येखीत पाँच चुनाव हार्ने कारण को विरुद्द आफु संग चुनाव जित्ने आधार पनि भएको दावि गर्ने रेग्मी को विम्दवासीनी संगीत आश्रम निर्माण को योजना निकै लोकप्रिय मानिन्छ , रोयल्टि र पारिश्रमीक अलग अलग विषय हुन भनेर उनले उठाएको मुद्दा पनि कम्पनी र कलाकार दुबै को हित मा भएकोले चुनाव जित्ने आधार वन्न सक्छ,सुवास रेग्मी ले सुरु गरेको जय गीत जय संगीत को नारा निकै लोकप्रिय छ, सम्पुर्ण कलाकर्मी संगीतकर्मी र ब्यवसायी समेत लाई समान रुपमा समेट्ने उनको प्रतिवद्दता ले चुनाव जिताउन सक्छ भन्ने विषय मा पनि केही प्रतिसत सोच्न सकिन्छ। 

   जे होस लगानी कर्ता हरुको यो चुनाव निष्पक्ष होस हार अथवा जित जे भएपनि सुवास रेग्मी ब्यवसाय बाट पलायन हुनेछैन र विकृति का विरुद्द अझ जुझारु भएर लागुन भनेर जमर्को परिवार शुभेक्षा ब्यक्त गर्न चाहान्छ।

कोई टिप्पणी नहीं