अपडेट

विसंगती को पराकाष्ठा र म्युजीक ब्यवसायी को निर्वाचन।


    नेपालमा भएका सबै ब्यबसायिक कम्पनीहरुलाई यो वा त्यो बहानामा टिक्न नदिने,प्लेटफर्म मा गीत अपलोड गर्ने नाम मा कलाकार लाई थाहै नदिई गीत को कपिराईट आफ्नो पक्षमा पार्ने,गीत संगीत संग सम्बन्धित संघ सस्थामा आफ्ना बफादार कामदारहरुलाई नेतृत्वमा राखेर समग्र नेपालि संगीत बजारलाइ आफ्नो अधिनमा राख्नका निमित्त क्रियाशील म्युजीक नेपाल र नेपालि संगीतमा क्रियाशील,कर्मशील अनि अशल ब्यबसायी सुबास रेग्मी बिचको अस्ति सम्पन्न संगीत उत्पादक समाजको निर्वाचनमा  अन्तत "जय गीत जय संगीत" ले हारेको छ।

     निर्वाचन हुनुभन्दा केहि समय अगाडि जमर्कोमा सुबास रेग्मीले हार्ने ५ कारण सार्बजनिक भएको थियो र तिनै ५ कारणले गर्दा बास्तबिक संगीत उत्पादकहरु झोले उत्पादकहरु संग चुनाब मा हारेका हुन् , यहा नेर म्युजीक नेपालको झोला बोकेका उसैका बफादार झोलेहरुको निर्वाचित समूह भित्र केहि सदस्य आफ्नो कारोबारको कर चुक्ता नै नभएका छन् भने केहि अर्कै म्युजीक कम्पनीको मतदान अधिकार (अख्तियारी) लिएकाहरु छन् । १-२ अपबाद बाहेक कार्यसमितिमा निर्वाचित पदाधिकारी संग सम्बन्धित कम्पनीका नाम प्राय संगीतकर्मीहरु लाइ थाहा समेत छैन । निर्वाचनमा हारेको "जय गीत जय संगीत" को समूहबाट एकजना सदस्य निर्वाचित भएका छन् , सुबास रेग्मीले नेतृत्व  गरेको सो समूहका सबै उमेद्वारहरु बर्तमान नेपालि गीत संगीत क्षेत्रका क्रियाशील म्युजीक ब्यबसायी हुन् । यहानेर बास्तबिक संगीताकर्मिहरुले निर्वाचनमा हार्नुका ३ कारण खोतल्ने प्रयास जमर्कोले गरेको  छ । तथापि निर्वाचन पश्चात बिजयी कार्यसमितिलाई सुबास रेग्मीले दिएका ७ सुझाबनै समग्र संगीत उत्पादक समाज भित्रको तितो यथार्थ र वास्तविकता हो ।

१) गीत संगीतको काम नै नगरेका,लगानी नगरेका,आफ्नो कारोवार चुस्त दुरुस्त नराखेका,सरकारलाई कर नतिरेका झोलेहरुको उत्पादकहरुको सस्थाको  सदस्यता खारेज नगरिनु,यउटै बिषयमा कार्यसमितिले फरक फरक किसिमका निर्णय गर्नु जस्तो:- कार्यसमितिले कर चुक्ता भएका ब्यबसायीले मात्र निर्वाचनमा भाग लिन पाउने ब्यबस्था गरेकोमा निर्वाचनको अघिल्लो दिन सम्भु राइ,भगवान कुमार श्रेष्ठ र पदम बहादुर बुढाले म्युजीक नेपालको नुनको सोझो गर्दै कर चुक्तानै नभएका सदस्यलाई पनि निर्वाचनमा मतदान गर्न पाउने निर्णय गर्नुनै "जय गीत जय संगीत"को हारको कारण बन्यो ।

२) संगीत सहकारी सस्थाको पियन पदमा कार्यरत महिला कर्मचारीलाई अख्तियारीको नाममा मतदान प्रक्रियामा सामेल गराइदा बिजेता उपाध्याक्ष सुर्य याक्ची मगरले हातै समातेर आफ्नो प्यानललाई भोट हालेका थिए, फ़ुटुङ्ग गाबिस मा जग्गा प्लटिङ्ग गरि बिक्रि गर्ने मुख्य ब्यबसायमा रहेका संगीत उत्पादक समाजका निर्वाचित अदक्ष्य निर्मल ढकाललाइ भोट हाल्नका लागि २०-२५ जनाको जग्गा ब्यवसायी हरु मतदाताको लाइनमा लामबद्द देखिन्थे, बार्षिक रु ३०००० मा पाइरेशि गर्नेहरुलाई गैरकानुनी अधिकार दिदै आएको "डाउन्लोड नेपाल"नाम गरेको सस्थाका २०-२५ जना सदस्य चुनाबी प्रक्रियामा सामेल थिए , लोक दोहोरि प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले उत्पादक समाजको निर्वाचनमा मतदान गरिरहदा ब्यबसायी बिचमा कानेखुसि भएको थियो, प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी र बर्तमान अध्यक्ष चन्द्र शर्मा सुबास रेग्मी बिरुद्ध भोट माग्न  तल्लिन थिय , आफ्ना बिरुद्द आफ्नै आखा अगाडि भएका गतिविधिको प्रतिकार गर्नुको बदला हासी हासी बस्ने "संगीत बाबा"आचरण सुबास रेग्मीको हारको अर्को कारण बन्यो ।

३) सुबास रेग्मीले चुनाब अबधिभर कसै संग भोट मागेनन , उनले समग्र संगीत क्षेत्रको बिकाश,रोयल्टीको ब्यबस्थापन र उत्पादक समाजको हैसियत बढाउने लगाएतका कर्मशील एजेन्डा मात्र प्रस्तुत गरे जसका कारण उनको प्यानलले चुनाब हार्यो । आफ्नो प्यानल बास्तबिक संगीत व्यवसायीको प्यानल भएकोले सुबास रेग्मीले संगीत उत्पादक समाजमा बास्तबिक संगीत व्यवसायीको जितहुनेमा विस्वस्त रहे / उनको यहि सत्यबादी सोच "जय गीत जय संगीत"हारको आर्को कारण बन्यो ।

तथापि सुबास रेग्मीको स्वाभिमानले चै जितेको छ ।जय गीत जय संगीत का अभियन्ता उनि निर्वाचनमा पराजय भएको भोलिपल्टै गीत संगीत को काम मा क्रियाशील भैसकेका छन् / संगीत उत्पादक समाजको उपाध्यक्ष मा बिजयी मदिरा तथा रेस्टुरेण्ट ब्यबसायी सुर्य याक्ची मगर को पुतलिसडक स्थित भट्टीमा रोयल्टी ब्यबस्थापनको ठेक्का लिएका ठेकेदार र निर्वाचित संगीत उत्पादकहरु  मदिरा पानमा लठिदै गर्दा सुबास रेग्मी भने स्व-गीतकार क्षेत्रप्रताप अधिकारीको रचना,दिपक जंगम को संगीत र सुमन कुमार श्रेष्ठले गाएको राष्ट्रीय गीतको भिडियो निर्माणमा खटिरहेका थिए । सतिले सरापेको यो देशको एउटा अशल संगीतकर्मी सुबास रेग्मी "बाबा" लाइ जमर्को को तर्फबाट "जय गीत जय संगीत"।।

प्रस्तुत विचार मेरा निजी हुन-दुर्गा पंगेनी।

1 टिप्पणी

Nakul Dhakal ने कहा…

यो सत्य हो भने....
रास्ट्रिय लोक दोहोरि प्रतिस्ठान माथि पनि संका हुन्छ, अध्यक्ष चन्द्र शर्मा माथि पनि संका हुन्छ,
लोक दोहोरि प्रतिस्ठान रोयल्टी र डाउनलोड सिस्टमलाई सस्थागत गर्न चाहादैन भने यो सस्था पनि सहिद हुने निश्चित छ,
यसरी गलत बाटो नै हिडेको हो भने अन्य संगीत कर्मी पनि उत्तर खोज्न आबश्यक छ, सुबास रेग्मी हारुन वा जितिन मतलब रहेन तर लोक दोहोरि गित प्रतिस्ठान नै रोयल्टी सस्थागत चाहादैन भने त यो गम्भीर बिषय हो i