अपडेट

पौडी को अन्तराष्ट्रीय प्रतिष्पर्धा मा भाग लिदैछु-नृत्यड•गना निलम ढुंगाना।


"नीलम ढुङ्गाना" नाम सायद कमैले मात्र नसुनेको होला। उनको असली परिचय त तब खुल्छ जब उनी गुन्यु चोलीमा सजिएर बैसाखी टेक्दै एक खुट्टामा स्टेजमा उत्रिन्छिन। त्यो भेषमा उन्लाई देख्ने चकित आँखाहरु तब मनमोहित हुन्छ जब उनी बैसाखी छोडेर गीतको तालमा कम्मर भाच्न थाल्छिन। अनेकौ सपना बुन्ने १५ बर्षको कलिलो उमेरमै दुर्घटनामा परि आफ्नो देब्रे खुट्टा गुमाउन बाध्य अनी समाजको आखामा बिचराकी पात्र निलम अहिले सबैको लागी प्रेरणाकि श्रोत बनेकी छन्। उनको साहास, केही गर्छु भन्ने उत्साह, आटिलोपन र बिशेषत: नृत्य गर्दा ताल सङै उनको मुहारमा आउने चम्किलो हाउभाउले उनलाई अझ विशेष बनाउछ। छोटो समयमै आफ्नो कलाकारिताको माध्यमबाट लोकप्रियता कमाउन सफल निलम ले केही म्युजिक भिडीयो मा पनि अभिनय गरिसकेकी छन, नेपाली टिपीकल र नृत्य प्रधान रोईला गीत "म त पुरुष मान्छे" मा उनको अभिनय र नृत्य देख्न सकिन्छ, त्यस्तै केही तिज गीत राष्ट्रीय गीत र आधुनिक गीत मा समेत नृत्य गरिसकेकी निलम ले धिरेन शाक्य र महेन्द्र गौतम जस्ता चर्चित नायक हरु संग म्युजिक भिडीयो मा नृत्य एवं अभिनय गरिसकेकी छन,यहा प्रस्तुत छ उनै अदम्य साहस विशाल हृदय र असिमीत कला कि धनि एवं एकल खुट्टा नृत्याङ्ना नीलम ढुंगाना संग हाम्रा प्रतिनीधिले गरेको कुराकानी को सार संक्षेप।



तपाई को निजी जिवन कलाकारीता र यो तपाई को अपाड•गता को बारेमा केही भनिदिनुस न भन्ने प्रश्न मा निलम मुस्कुराईन,उनको अनुहार मा कहि कतै पनि आफु अपाड•ग हुनु को पिडाबोध को लक्षण हरु देखिएनन,आफ्नो जिवन र पेशा प्रति गौरव गर्दै निलम ले आफ्नो कहानी यसरि सुनाईन- म जन्मीदै अपाङ्गता भएर जन्मीएकी होइन, २०६४ सालमा ट्रकको ठक्करबाट मैले मेरो साथी र मेरो देब्रे खुट्टा गुमाउनु पर्यो। नृत्य मेरो सानै देखिको रोजाई हो। स्कुले उमेर देखिनै पुर्वका साना देखि ठुला स्टेजमा नृत्य गर्थे। नृत्य बिना त मेरो जिन्दगी नै अधुरो थियो। दुर्घटनाले ममा के असर भयो होला? कल्पना पनि गर्न गारो हुने!! आफ्नै आँखा अगाडि आफ्नो चुडिएको खुट्टा अनि विक्षीप्त शरीर! घाउको पीडा त तक्कालै महसुस भएन तर पत्याउनु हुन्न होला मेरो दिमागमा पहिले नृत्य नै आयो अनि मेरो आमा बुवाको तस्बिर! एक महिना सम्म त ओछ्यानमा ओल्टो कोल्टो पनि पर्न सक्दिन थे हस्पिटलको सिलिङ हेरेर बस्ने बाहेक म संग केही बिकल्प नै थिएन। बल्ल बल्ल पाएको एक जुनी जोगीयो त्यतिमै सन्तुष्ट भए तर मन न हो मान्दैन शरीर ननाचेपनी गीत सुन्ने बित्तिकै मन नाचिहाल्थ्यो। आँसु त कति झरे झरे तर घाउको पिडा भन्दा पनि आफुले नृत्य गरेका क्षण हरु सम्झेर। त्यसपछीको पाँच बर्ष मैले आफुलाई पढाइमा मात्र सिमीत राखे।कसैलाई भनीन मलाई नाच्न मन छ पहिले सरह भनेर! मन त चिच्याई रहन्थ्यो तर मुखले कहिले आट गरेन। नाच्ने नै मेरो रोजाई हो भन्दा कतै मान्छेले म माथी हास्ने त होइनन, जो संग जे छैन उस्लाई त्यही गर्न रहर भनेर मेरो रहर प्रति ब्यंग्य सुन्नुपर्छ कि भनेर। मन दबाएरै बसेको थिए। २०१३ को डिसेम्वर तिन तारिख ले मेरो जिवनको बाटो नै मोडिदियो। म अपाङता सम्वन्धी काम गर्ने सस्थामा आबद्ध थिए। मैले त्यहाँ सङै काम गर्ने दिदी भिमा र मीना संग मेरो मनको इच्छा राखेकी थिए। अपाङता दिवस को अवसरमा आयोजना गरिएको सान्स्कृतिक कार्यक्रममा मेरो भोटे ताल्चा लगाएको सपनाको ढोका खोलियो, कोठामा एक्लै हैन मैले एकै खुट्टाले स्टेज टेकी ठूलो जमातमा नृत्य गरे, अहिले त्यो दिनको खुसी ब्यक्त गर्ने म संग कुनै शब्द छैन,एकल खुट्टाको सुन्दर यात्राको सुरुवात त्यो दिन भयो र अहिले निरन्तर गरिरहेको छ।एकल खुट्टाको नृत्य सुरु भएको त पूरा दुई बर्ष पनि नबित्तै यति धेरै परिचित निलम सामाजिक संजालमा पनि यति सकृय र धेरैको प्रिय छिन, छोटो समयको यो सफलताको बारेमा सोध्दा उनी भन्छिन। मेरो पारिवारीक पृष्ठभुमी कलाकारिता हैन, सामान्य परिवार बुवा शिक्षक आमा गृहिणी हुनुन्छ। छोटो समयको यो सफलता त पहिले मेरो आमा बुवालाई नै जान्छ। म मा आँट र विश्वास जगाउने श्रेय म मेरो आमाबुबा लाई दिन चाहान्छु, म मा अझै धेरैकुरा बाँकी छ खुट्टा गुमेपनि हिम्मत गुमाउनु हुदैन भनेर मलाई अगाडी को जिन्दगी देखाउन मेरो बुबा आमा ले कति मेहनत र दुख गर्नुभयो होला त्यो कुरा ब्यक्त गर्नै सकिदैन म भित्र अझै जिवन बाँकी छ भन्ने विश्वास वाहाले नभर्दिनु भएको भए त आज म यहाँ पक्कै हुन्नथे। मेरो पहिलो नृत्य पछि मैले बिराट्नगरको महोत्सवको स्टेज पाए। पचास हजार हाराहारी दर्सकको भिड अगाडि नृत्य गर्न पाउनु त्यसबेला मेरो लागि त चानचुने कुरा थिएन। म अहिलेपनि महसुस गर्न सक्छु त्यो भिडको ताली र नीलम! नीलम! भनी दिइएको हुटिङ। एउटा कोठामा सिमीत भएर बस्ने म समाजमा अशक्षम हरु को गन्ती मा पर्ने केटि! त्यसरी त्यत्रो जमातले आफ्नो नाम गुन्ज्याइरकेको सुन्दा.....ओहो म भन्न सक्दिन कती खुसी थिए। पखेटा त थिएनन तर म मन मनै उड्दै थिए।म आफू पनि केही रहेछु भन्ने महसुस मलाई त्यहाका दर्शकले गराइदिए त्यही कार्यक्रम पछि मलाई आफू पनि कलाकार भएछु भन्ने अनुभव भयो। पत्रिका हरु मा यसरी मेरो बारेमा लेखिए कि त्यो दिन पश्चात पुर्वान्चल ले त मलाई चिन्यो चिन्यो नेपाल का अन्य स्थान का कलाप्रेमी महानुभाव हरु ले पनि चासो देखाउन सुरु गर्नुभो,त्यसपछी मैले म भित्र को म लाई राम्रो संग चिन्ने मौका पाएँ नृत्य गरेर चर्चा आत्मसम्मान मात्र होईन आर्थिक लाभ पनि हुने रैछ भन्ने पनि त्यही बाट थाहा पाए। तथापी म मा पैसा भन्दा पनि चर्चा र चर्चा को लागी प्लेटफर्म को लोभ पलाउन थाल्यो। एउटि नृत्यड•गना लाई स्टेज भन्दा ठूलो सम्पती दुनियामा अरु केही नहुने रहेछ भनी मैले महसुस गरे। त्यसपछी बिस्तारै बिस्तारै मैले थुप्रै अवसरहरु पाए... मोरङ देखि सुरु भएको यात्रा सुन्सरी, झापा, धनकुटा, बिरगंज, चितवन, काभ्रे, नवलपरासी, पोखरा लगाएतका थुप्रै जिल्ला देखि काठमाडौ राजधानी सम्म आइपुग्यो। विन्दवासिनी म्युजीक अवार्ड २०७१ मा आफ्नो प्रस्तुति देखाएँ जुन नेपाल टेलिभिजन मार्फत संसार का धेरै मुलुक मा प्रत्यक्ष प्रसारण भएको थियो, त्यसपछी राष्ट्रिय स्तरका टिभी च्यानलहरु बाट अन्तर्वार्ताको लागि निम्तो आउन थाले। थुप्रै ठाउका महोत्सव ठुला ठुला कार्यक्रमहरुमा सम्म मलाई बोलाइयो।राष्ट्रिय स्तरका कलाकार हरु संग पनि परिचय भयो र वहा हरुले मलाई कार्यक्रम दिलाउन धेरै ले मद्धत गर्नु भयो। त्यस्तै अहिले सम्म मैले आधा दर्जन जति गीतमा मुख्य पात्रमै अभिनय पनि गर्ने अवसर पाए। हाम्रो देशमा एउटा अपाङता भएको कलाकारको लागि यो ठुलै कुरा हो।
यस्तो चर्चित कलाकार निकै ब्यस्त पनि हुनुहुन्छ देश निकै घुमिसक्नुभयो पैसा पनि कमाई रहनु भएको छ कलाकारिता मा आर्थिक लाभ बारे केहि भन्दिनु न भन्ने प्रश्न मा निलम ले गोलो अनुहार मा भरपुर चमक ल्याउदै यसो भनिन, हेर्नुस म कलाकारितामा भर्खर प्रवेश गर्दै छु, अझै पनि म सिक्दै छु। मलाई पैसाको महत्व छैन या पैसा चाहिन्न त म भन्न सक्दिन किनकी जीवन निर्वाह त सबैले गर्नै पर्छ। कलाकारिता रोजेपछि यसैबाट आर्थिक लाभ होस् भन्ने इच्छा पनि हुन्छ तर मैले पैसालाई सधैं दोश्रो प्राथमीकता मा राखें, पहिला म आफ्नो कलालाई धेरै भन्दा धेरै माझ पुर्याउन चाहान्छु।सम्पत्तिका दुई रुप हुन्छन समाज को नजर मा नैतिक र अनैतिक र कानुन को नजर मा वैध र अवैध मलाई समाज को नजर मा नैतिक र कानुन को नजर मा वैध मानिएको सम्पत्ती कमाउनु छ त्यो भनेको मेरो नाम मात्र हो अहिले सम्म अर्को कुरा धन र सम्पत्ती विच मा पनि फरक छ जस्तो लाग्छ, धन यानी पैसा त्यती धेरै कमाएको छैन नाम रुपी सम्पत्ती बाट संतुष्ट छु।




अन्त्य मा अवको तपाई को उद्देश्य के छन भन्ने प्रश्न संगै निलम को अनुहार मा गाम्भिर्यता झल्क्यो र उनले भावि योजना यसरि सुनाईन,म कलाकार भन्दा पहिले अपाङता क्षेत्रमा काम गरीरहेको ब्यक्ती हु। 'राष्ट्रिय अपाङ महासंघ मा पनि मैले केही बर्ष काम गरे र अहिले 'नेपाल अपाङ महिला संघ' मा आवद्द छु। जब सम्म सक्छु आफू र आफू जस्तै ब्यक्ती हरुको हकमा जिवनभर काम गरिनै रहनेछु। म चाहान्छु म जस्तै कयौं अपाङता भएका ब्यक्ती परनिर्भर हुन नपरोस र उनिहरु स्वयं सक्षम बनुन। मेरो नृत्यको माध्यमले पनि समाजमा अपाङता भएका ब्यक्तिलाई दोश्रो दर्जाका नागरिक भनी हेरीने नजर केही हद सम्म कम हुन्छ कि भन्ने पनि मेरो आशा हो। ममा भएको कलालाई देशका विभिन्न स्थानहरुमा देखाउने अवसर पाएँ अब बिदेशमा गएर पनि देखाउने इच्छा छ। यात्रा भर्खर सुरु गर्दै छु र त्यो अवसर पनि पक्कै पाउनेनै छु भन्ने कुरामा विश्वस्त छु। बाकी त यो अलावा मेरो रुचि पौडिमा पनि त्यति नै छ र छिटैनै बाहिर देशमा अपाङ्गता भएका ब्यक्तिहरु बिच हुन गइरहेको अन्तरास्ट्रिय पौडी प्रतियोगितामा पनि भाग लिन जाँदै छु। मेरा दर्शक र मेरा शुभचिन्तक महानुभाव हरु मलाई यसरी नै माया गरिरहनु होला आशिर्वाद दिईरहनु होला तपाई हरुको माया र आशिर्वाद नै मेरा उर्जा का श्रोत हुन तपाई को आशिर्वाद पाईरहेसम्म म जस्ता चुनौति हरु पनि पार गर्न सक्नेछु भन्ने मेरो विश्वास हो।धन्यवाद।
(विजया दशमी तथा दिपावली को पावन अवशर मा जमर्को परिवार कलाकार निलम ढुंगाना को उत्तरोत्तर प्रगती को कामना गर्दछ)
प्रस्तुती: दुर्गा पंगेनी।

    कोई टिप्पणी नहीं