अपडेट

आरोप प्रमाणीत गर्न चुनौती दिन्छु-रेखा थापा।

   
      नायीका रेखा थापाले फिल्म बजारमा डेड दर्शक बिताएकी छिन्,नेपाली मनोरंजन जगत की सुपर स्टार मानिन्छीन रेखा थापा यो अवधिमा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा दजर्नौ कार्यक्रम सहभागी जनाएकी छिन् भने सबै भन्दा बढि चलचित्रमा काम पनि गरेकी नायिका हुन् । यो बिचमा रेखा थापाले कुनै पनि आयोजक तथा निर्मातालाई धोका दिएको चलचित्रकर्मी तथा पत्रकार र समकालिन चलचित्रकर्मीले देखेको र सुनेको छैन । आज खोटाङको एउटा साधारण  कार्यक्रममा धोका दिएर ठगी गरेको जुन कुरा आएको छ त्यो सरासर कलाकार को अवमुल्यन हो भन्छिन रेखा।नेपाली मनोरंजन जगत मा स्थापीत रेखा ले समाज बाट लिनु भन्दा पनि समाजीक कामको लागी बढि दिने गरेको विष्लेषक हरु ले महसुस गरेका छन, सामाजिक र जनहितको लागि थुप्रै ठाँउमा नायिका रेखा थापाले निशुल्क च्यारिटि कार्यक्रममा सहयोग पनि गरेकी छिन् , थुप्रै अशक्त हरु लाई प्रत्यक्ष भेटेर सहयोग गरेकी छन र कैंयौ रोगी हरु को उपचार गरेकी छन,आफुले सकेको ठाँउमा धेरैलाई आर्थिक सहयोग पनि गरेकी छिन् । 

स्क्याण्डल हजार चले त्यो आफ्नो ठाँउमा होला,उनका निजी जिन्दगी जतिसुकै जटिल होला तर पनि रेखा थापाले ठगेको भन्ने कुरा कहिँ पनि छैन तर अहिले कार्तिक २१ गते पुर्व दिग्तेलमा भएको नमस्ते खोटाङ साङ्गीतिक कार्यक्रममा नआई धोका दिएर १ लाख ठगेको भनि आरोप लगाई चरित्र हत्या हुने गरि उक्त कार्यक्रम का आयोजकले जुन धृष्टता गरेका छन त्यो सिधै निन्दनिय र भ्रत्सना योग्य रहेको कुरा रेखा ले वताईन । यसमा नायिका रेखा थापाको घोर आपत्ति छ । आयोजक संस्थाका अध्यक्ष प्रकास पुरीले हचुवामा कुरा गरेको हो तर मलाई थाहाँनै नदिई मेरो बैंक खातामा पैसा पठाएको रहेछन् त्यो कुरा मैले पछि मात्र थाहा पाँए । चलचित्र रामप्यारीको निर्माणको व्यस्तताले खोटाङ कार्यक्रमको बारेमा आधिकारीक छलफल र एग्रीमेन्ट नभएको र हचुवाको भरमा पैसा पठाउने र कलाकारको नाम बेचेर दर्शक ठग्ने परिपाटी प्रति आफुलाई दुःख लागेको बताईन् । मोफसलको दुर्गम ठाउँमा कार्यक्रम गर्दा एक कल र म्यासेज गरेको भरमा बिना एग्रीमेन्ट र सहमती बिनानै पैसा पठाउनु र पछि आफ्नै कमजोरीको कारण कलाकारलाई थाहा नै नदिई जुन एक किसिमले चरित्र हत्या गर्ने खोटाङ का कार्यक्रम का आयोजकले प्रयास गरे यसमा मलाई मात्र होईन सम्पुर्ण कलाकारहरुको लागि असह्य हुने काम भएको छ।यस्ता अव्यवस्थित  कार्यक्रम मा विना एग्रीमेन्ट र विना तयारी सहभागीता जनाउन मलाई मैले नै बनाएको मेरो नियम ले दिदैन, अर्को कुरा कलाकार हरु को पनि कमजोरी छ, कार्यक्रम हुने थाह हुने वित्तीकै आफ्नो उपस्थिती को लागी पहल सुरु गरिहाल्ने कतिपय कलाकार कै कारण आयोजक ले कलाकार प्रति नै सस्तो मानसिकता बनाएका छन, यौटा फोन कल अथवा फेसबुक म्यासेज कै भर मा कार्यक्रम मा उपस्थीत हुने जुन परिपाटी छ त्यही कारण ले कलाकार को ईमेज गलत तरिकाको बसेको छ, हरेक कुरा को  आफ्नै नियम हुन्छ, लिखीत एग्रीमेन्ट नभए सम्म म कुनै पनि कार्यक्रम मा उपस्थित हुन्न, मेरा महिनौ पछी सम्म का कार्यक्रम तय गर्न को लागी मेरो निजी सचिवालय छ काम गर्ने स्टाफ छन म तोकीएको ठाउँ भन्दा बाहीर या पुर्व सहमति भन्दा बाहीर करोड आउने भए पनि जान सक्तिन, आ आफ्नो सोच हो सबैको सोच मिल्नु पर्छ भन्ने पनि छैन तर सबै कलाकार लाई यौटै क्याटेगोरी मा राखेर आयोजक ले पनि हेर्न हुन्न, कोही कलाकार तपाईको मा सित्तै मा आएर कार्यक्रम गर्देला त्यस्मा कलाकार का र तपाई आयोजक हरु का आ आफ्नै स्वार्थ हरु होलान त्यसो भन्दैमा सबै कलाकार लाई ईजी नसोचिदिनुहुन आयोजक हरुमा अनुरोध गर्न चाहान्छु।

      मेरा आदरणीय सुभचिन्तक तथा दर्शक साथी हरु, पुर्व खोटाड• मा रहनुहुने सम्पुर्ण चलचित्र प्रेमी महानुभाव हरु प्रति मेरो विशेष सम्मान छ, त्यहाका आयोजक ले मेरो नाम को भ्रम सृजना गरेर तपाईहरु लाई जुन धोका दिएका छन त्यो निकै निम्नस्तर को ब्यवाहर भएको छ ,धोका भएकोछ, मलाई जानकारी नदिई मेरो बैंक खाता मा हालिएको रकम मलाई चाहिएको छैन ,त्यो पैसा हाल्ने मान्छे आधिकारीक कागज सहित आओस म तुरुन्त फिर्ता दिनेछु र म विरुद्द उजुरी दर्ता गर्नेलाई मेरो ठगी प्रमाणीत गर्न चुनौती पनि दिन चाहान्छु।


कोई टिप्पणी नहीं