अपडेट

जिन्दगी लाई रिहर्सल को रुप मा बुझेकी छु-शालु गौतम।

         कलाकारिता मा बहुआयामीक छवि हुनु लाई महत्वपुर्ण खुवि मानिन्छ या नी की कुनै कलाकार गीत पनि गाउछ अभीनय र नृत्य पनि गर्छ भने त्यस्ता कलाकार को चर्चा चुलिनलाई धेरै समय पनि लाग्दैन त्यसमाथी कलाकार सुन्दर र चलाख पनि छ भने सुनमाथी सुगन्ध हुने भैगो,आज हामी कुरा गर्दैछौं त्यस्तै "ब्युटी विद व्रेन" कलाकार संग जस्ले नेपाली कलाकारीता क्षेत्र मा छोटो समय मा नै आफ्नो लागी निकै फराकीलो  स्थान वनाईसकेकी छिन, उनको स्वर सुमधुर छ,नृत्य मा शालिनता छ  र उनको जिवन अनुशासित छ, नेपाली सांगीतिक जगत को लागी छोटो समयमा नै आधा दर्जन हाराहारी गीत दिईसकेकी कलाकार का "लौ हेर म नाच्छु कसोरी" र "बैंशालु अधर" चर्चा मा रहेका गीत हुन, राष्ट्रीय भावना ले प्रेरित गीत "म त हजुर नेपाल की छोरी" बजार मा ल्याएकी शालु गौतम को तिज को गीत "यसपाली तिजमा" पनि चर्चित रह्यो। यहा प्रस्तुत छ कलाकारिता र जिवन प्रति निकै उत्साही तर सामाजीक मुल्य र मान्यता लाई फरक दृष्टिकोण बाट नियालीरहेकी उनै कलाकार शालु गौतम संग हाम्रा सहकर्मी ले गरेको कुराकानी को सार संक्षेप।
   
कुराकानी को सुरुवात मा हामी ले सोध्यौं, निकै ग्ल्यामरस रुप मा प्रस्तुत हुनुहुन्छ जसको लागी निकै हिम्मत र साहस गर्नुपर्यो होला कसरि सुरुवात भयो तपाईको कलाकारीता मा यो ग्ल्यामरस प्रस्तुती भनेर,हाम्रो प्रश्न को आशय बुझ्ने वित्तीकै शालु ले आफ्नो खैरो कपाल सुम्सुम्याउदै जवाफ यसरी दिईन- हेर्नुस म हलिवुड कलाकार बाट निकै प्रभावित छु, मेरो सुरुवाति दिन हरु मैले सिंगापुर मा विताएँ त्यसपछी लण्डन र पछी पोर्चुगल मा म ब्यवसायीक रुप मा स्थापित भैसकेकी थिएँ यस विच मा निकै हलिवुड मुभी हरु हेरीयो आर्ट मुभी हरु लगायत ले मलाई म भित्र कलाकार हुने रहर जगाएका पक्कै हुन त्यसमाथी मलाई नृत्य मा विशेष रुचि थियो बेली डान्स गर्थें, कलाकारीता मा स्थापित हुने रहर यसरी बढ्यो की म ब्यवसायीक रुप मा स्थापित भैसकेर युरोप को वाताबरण मा भिजीसकेको मान्छे दाया बायाँ केही नसोची नेपाल फर्कीएँ,कतिपय साथी हरु को साथ र सहयोग पनि रह्यो परिवार को सपोर्ट पनि रह्यो कतिपय ले राम्रो क्यारियर छोडेर भविष्य नै नभएको क्षेत्र मा हात किन हाल्ने भनेर रोक्न पनि खोज्नुभो त्यो मेरै भलाईको लागी थियो किन की यहा स्थापित कलाकार हरु सुरक्षित भविष्य को लागी युरोप जान चाहान्छन म युरोप मा स्थापित मान्छे नेपाली कलाकारीता मा आउदै थिएँ त्यसैले एक किसीम को अन्यौल जस्तो थियो क्यारियर को विषय मा तर म रिस्क लिन डराईन फलस्वरुप छोटो समय मै नेपाली कला क्षेत्र ले मलाई मनग्य स्पेस दियो या त्यो स्पेस मैले बनाउन सकें त्यो मेरो निरन्तरता ले वताउला तर मेरो नृत्य को प्याटर्न र गायकी को फरक विधा ले गर्दा स्थापित चाडो भएपनि संघर्ष चाही निकै गर्नुपर्यो अहिले मलाई सम्मानजनक स्थान प्राप्त भएको छ र म मेरो कलाकारीता को वर्तमान संग संतुष्ट पनि छु हालांकी कला क्षेत्र मा भर्खर बामे सर्दैछु अव सेल्फ स्ट्याण्ड भएर देखाउनु छ।
      विशेष गरेर स्टेज कार्यक्रम हरु मा निकै जम्नुभएको छ,कतिपय अवस्था हरु मा स्टेज पाउनको लागी कम्प्रमाईज पनि गर्छन कलाकार हरु भन्ने सुनिन्छ यो विषय मा तपाई को अनुभव भन्दिनुस न भन्ने हाम्रो जिज्ञाशा मा शालु ले आफ्नो अनुभव यसरी सुनाईन- मेरो प्रस्तुती नै फरक खाले हो बेली डान्स को प्रस्तुती मै सेक्स अपिल हुन्छ अव युवा हरु ले भरिएको फ्लोर मा त्यो प्रस्तुती दिदा माहोल नजम्ने त कुरै भएन त्यो अवस्था मा पनि हुटिड• र वान्समोर को आवाज सुनिएन भने आफ्नो प्रस्तुती मध्यम स्तर को भएको बुझ्नुपर्छ, पर्फमर ले आफ्नो प्रस्तुती कस्तो रह्यो भन्ने कुरो स्टेज मा आफै पनि जज गर्न सकिने कुरा हो,दर्शक ले अत्याधिक मन पराउनुभयो भने त्यही प्रस्तुति दोहोर्याएर गर्नुपर्ने हुन्छ,आम जिन्दगी मा विग्रेका कुरा हरु दोहोरिन्छन सुधार गर्न को लागी तर कलाकारीता मा राम्रा कुरा दोहोरिन्छन अझै उत्कृष्ट पार्नको लागी त्यसैले जिवन लाई रिहर्सल भन्नेगरकी छु।अहिलेसम्म का लगभग सबै कार्यक्रम हरु मा मेरो प्रस्तुति दोहोरिएको छ फ्लोर बाट आएको अडियन्स को माग हेरेर आयोजक ले मेरो दोहोरो प्रस्तुती राख्नुभएको छ भने पक्कै मेरो प्रस्तुती को माग राम्रो छ भन्ने म मान्दछु,रह्यो कुरा कम्प्रमाईज को  कतिपय ठाउ मा स्टेज सेयर गरेकै साथी हरु ले त्यसो गर्नुपरेको मैले पनि सुन्दै आएको कुरा हो, तर म संग व्यक्ति विशेष ले नै यसो गर्यो भन्ने प्रमाण पनि छैन र त्यो मेरो चासो को विषय पनि होईन,किनकी मेहनत मा विश्वास गर्ने ले कम्प्रमाईज गर्न पर्दैन,कम्प्रमाईज मै विश्वास गर्ने ले बाँच्न को लागी या कलाक्षेत्र मा टिकीरहनको लागी या न्युनतम आवस्यकता परिपुर्ती को लागी त्यसो गरेका हुन सक्छन त्यो उनिहरु को रहर या वाध्यता जे पनि हुनसक्छ,रहर हो भने केही छैन तर वाध्यता हो भने त्यो कुरा कलाक्षेत्र को विकृती हो भन्ने मेरो मान्यता हो।
        तपाई का फोटा हरु निकै रुचाईएका छन विकनी सुट मा यौटा ब्रेकथ्रु पनि दिनुभो कलाक्षेत्र मा भन्छन अरु हरु तपाई जस्तोपनि फोटो खिचाउन तयार हुनुहुन्छ! भन्ने हाम्रो जिज्ञासा मा लामो हासो हास्दै शालु बोलीन-हेर्नुस मैले भन्दा अगाडी पनि धेरै मोडल हरु ले टु पिस मा फोटोसेसन गराउनुभको थियो तर त्यसको लागी यौटा क्राईटएरीया तोकीएजस्तो अथवा सिमीत एजेन्सी का मोडल हरु ले स्विमीड• कस्ट्युम मा पनि पर्दा जस्तो लगाएर फोटो सुट गराउने चलन थियो तर म दोहोरो मानसिकता बोकेर कलाकारीता गर्न चाहान्न,स्विमीड• कस्ट्युम मा कलाकार कस्तो देखिन्छ त्यो हेर्न पाउनु दर्शक को अधिकार पनि हो फेरी त्यो पर्दा किन! म चाहान्छु कि मेरो फोटो ईमान्दारिता पुर्वक दर्शक सम्म पुगोस जसले भरपुर मनोरन्जन देओस तर ग्ल्यामरको नाम मा भल्गर नदेखीयोस,समाज ले सजीलै त्यो पचाउछ किनकी समाज धेरै शिक्षीत भैसकेको छ र सजिलै ग्ल्यामर र भल्गर विच को भिन्नता छुट्याउछ।
         ग्ल्यामर दृष्टिकोण मा भरपर्ने कुरा हो,एउटै किसीम को आर्ट कसैको नजर मा भल्गर र कसैको नजर मा ग्ल्यामर हुन सक्छ,नग्नता पनि यौटा कला हो र पुरै नग्न अवस्था लाई पनि कलात्मक रुप ले प्रस्तुत गर्न सकिन्छ तर त्यसमा कला प्रस्तुत हुने समाज को दृष्टिकोण र कलाकार ले अंगालेको विधा ले फरक पार्छ किन की कलाकार को विट अनुसार विविध मानसिकता का समर्थक या आलोचक हरु हुन्छन अर्कोकुरा फ्यान हरु को मानसिकता र चाहाना या डिमान्ड भनु त्यो कुरा लाई आर्टिष्ट ले विर्षनु हुदैन जस्तो की कुनै कलाकार लोक संस्कृति या लोक दोहोरी विधा मा पपुलर छ र अचानक छवि परिवर्तन गरेर मोर्डन या सेमी मोर्डन हुन चाहान्छ ग्ल्यामर देखिन चाहन्छ भने सबैभन्दा पहिला आफ्ना दर्शक ले त्यो परिवर्तन पचाउछन कि पचाउदैनन अध्ययन गर्न अत्यावस्यक हुन्छ, लोक संस्कृति हाम्रो परम्परा हो र दर्शक श्रोता हरु पनि परम्परागत नै हुनुहुन्छ तर म जुन पृष्ठभुमी बाट कलाकारिता मा लागें त्यही पृष्ठभुमी नै मेरो ग्ल्यामर छविको उत्प्रेरक हो भन्दा फरक नपर्ला, लामो युरोप वसाई को क्रम मा म हलिउड आर्टिष्ट हरु को प्रस्तुती बाट निकै प्रभावित भएँ, त्यहा न्युड या सेमीन्युड आर्ट लाई निकै सामान्य रुप मा लिईन्छ तर हाम्रो समाज को लोक संस्कृती प्रति को दृष्टिकोण त्यती फरीकीलो भैसकेको छैन त्यसैले कोही पनि कलाकार ले आफ्नो दायरा र धरातल विर्षनु हुदैन।तर म जस्तोसुकै फोट पनि खिचाउन सक्छु चाहे त्यो टपलेस होस या न्युड नै किन नहोस तर त्यो फोटो को प्रयोजन खुल्नु पर्यो,फोटोग्राफी ब्यवसायीक हुनुपर्यो जस्तो कि स्तनपान गराईरहेकी आमा को फोटोसेसन गर्दा स्तन देखीयो भनेर आलोचना गर्छ कोही भने गरोस कलात्मक रुप मा म त्यो प्रस्तुती दिन तयार छु कुरो यत्ती हो कि त्यो प्रस्तुती अश्लील देखीनु भएन।
   
अर्को कुरा लोक संगीत प्रेमी हरु को ठुलो वाहुल्यता छ हाम्रो साँस्कृतीक फाँट मा,आम दर्शक तथा श्रोता हरु परम्परा प्रेमी हुनुहुन्छ, मैले फरक धार मार्फत कला क्षेत्र मा आफ्नो पहिचान स्थापित गर्न चाहानु यौटा दुष्साहस नै थियो, मेरो मुख्य विधा वेली डान्स नेपाल मा निकै कम प्रचलन मा आएको विधा हो, भिडीयो हरु मा यसको प्रयोग निकै कम मात्रा मा प्रयोग भएको पाईन्छ,स्टेज सो हरु त नगन्य रुप मै हुने गरेका थिए, म आफै यही विधा अन्तर्गत रहेर संघर्ष गर्ने सोच बनाएँ र अहिले मेरो स्थान निकै फराकीलो बन्दै गैरहेको आभाष भईरहेको छ मलाई, स्टेज कार्यक्रम हरु मा प्राय ब्यस्त नै छु, फरक विधा अन्तर्गत को मेरो प्रस्तुति लाई निकै मन पराईदिनुभएको छ मेरा दर्शक हरु ले त्यसको लागी आभारी पनि छु।
                आफुलाई हलिवुड ले प्रभाव पारेको भन्नुभो र युरोप मा लामो समय पनि विताउनुभो,युरोपियन हरु यौन को विषय मा उदार हुन्छन भनिन्छ अर्थात त्यहा को समाज मा यौन लाई सामान्य रुप मा लिईन्छ त्यहा को सामाजीक प्रभाव पनि परेको छ की तपाईको जिवन मा भन्ने प्रश्न मा शालु ले बडो दार्शनीक पारा ले आफ्नो जवाफ दिईन-हेर्नुस यो यौन र यसको प्रयोजन का विविध परिभाषा हरु छन,तपाई ले पनि निकै घुमाएर प्रश्न गर्नुभो कतिपय पत्रकार साथी हरु ले सेक्स गर्नुभएको छ ?भनेर सतहि पारा ले पनि सोध्नुहुन्छ त्यो प्रश्न को तुलनामा तपाईको घुमाउरो प्रश्न आयो यो शालिनताको लागी तपाईलाई धन्यवाद भन्छु।रह्यो कुरो यौन को मामला को,म यौन जिवन लाई विश्लेषण गर्नसक्ने मानव शास्त्री त होईन तर समाज ले बुझाए अनुसार  सेक्स यानी सहवास विबाह पछाडी मात्र हुने प्रकृया हो तर म सहवास उमेर पुगेपछी साधारण स्वस्थ मान्छे ले गर्ने कुरा हो भन्ने तर्क द्वारा समाज ले सिकाएको कुरा प्रतिस्थापन गर्न चाहान्छु किन की विवाह को सर्टिफीकेट हात मा हुदैमा उमेर नपुगेको मान्छे सहवास को लागी तयार हुदैन।सेक्स लाई अनैतिक भनेर विश्लेषण गर्ने हरु ले मलाई यौन को मामला मा उदार देख्लान त्यसैले म यौन के का लागी भन्ने विषय मा क्लियर हुन चाहान्छु।पहिलो कुरो त सहवास दुई कुरा को लागी हुदै आएको छ परम्परा देखी नै, पहिलो सन्तान उत्पादन र दोश्रो संतुष्टी । सामाजीक दायरा भित्र रहेर यि दुई प्रयोजन को लागी कोही कसैले सेक्सुअल एक्टिभीटी  गर्छ भने त्यसलाई कसरी नाजायज मान्न सकिएला र! संतुष्टी कै लागी जो कोही संग जहा तहीं यस्ता कार्य मा सरिक हुनु सामाजीक मान्यता विपरीत का कार्य हुन र त्यो अवस्था को म समर्थन पनि कदापि गर्नेछैन,खुलेर बोल्ने अथवा जुनसुकै विषय मा पनि वहस गर्न नहिच्कीचाउने हरु लाई उदार देख्छ समाज तर वास्तविकता त्यस्तो हुदैन,हो म यौन को मामला मा उदार छु,सहभागीता मा होईन आवस्यकता अनुसार को कुराकानी छलफल र विचार विमर्श को लागी मात्र उदार छु किनकी यो स्वास्थ संग रिलेटेड कुरा हो र सचेत र शिक्षीत युवा वर्ग हेल्थ कन्सियस हुनुपर्दछ।अव तपाई आफै बुझ्नुस म यौन को मामला मा उदार छु या कन्जस्टेड छु भन्नेकुरा..... लामो हासो (हाहाहाहा)
            नेपाल किन फर्केको भनेर सोध्नुहुन्छ कतिपय साथीहरु ले मेरो विचार मा मेरो मातृभुमी स्वर्गतुल्य छ मेरो लागी,अथाह सम्भावना हरु को सागर हो मेरो देश,आज मेरो कलाकारीता ले स्थान पाएको छ भोली यो क्षेत्र बाट विश्राम लिने समय पनि आउला सबैलाई थाह भएकै कुरा हो कलाकारीता मा मात्र होईन परिवेश ले हरेक क्षेत्र लाई निरन्तरता दिन नसकीने बनाउछ मान्छेलाई,म जुनसुकै हालत मा पनि कलाकारीता मा टिक्नेछु दोश्रो विकल्पको बारेमा सोच्नपर्यो भनेपनि हजार वैकल्पिक उपाय भेटिन्छन हाम्रो देश मा-म कुशल नेल आर्टिष्ट हुँ पछी नयाँ पुष्ता लाई त्यो आर्ट सिकाउनेछु या पर्फर्मीड• आर्ट को विषय सिकाउनेछु,फेरी युरोप फर्कने सम्भावना को विषय मा यही भन्न चाहान्छु की म मेरो निजी भ्रमण पारीवारीक भेटघाट या ब्यापारीक सिलसीला या कलाकारीता कै लागी पनि युरोप त पुगौंला तर उतै बस्ने गरि या कलाकारीता छोड्ने गरि म युरोप फर्कने छैन त्यो मेरो संकल्प हो।
     अन्त्यमा म मेरा सम्पुर्ण दर्शक तथा श्रोता हरु प्रति आभारी छु जसको साथ र हौसला ले आज चिनीएकी छु, मिडीया का साथीहरु जसले मलाई कभरेज गरेर सहयोग गर्नुभो अनी मेरा कार्यक्रम का आयोजक हरु जस्ले स्थान दिनुभो र यसरी उभिनसक्ने बनाउनुभो वहा हरु को साथ र सहयोग को निरन्तरता को अपेक्षा सहित युएसखवर अनलाईन लाई विशेष धन्यवाद भन्न चाहान्छु यो भेटघाटको लागी।अहिले लाई धन्यवाद।
:कलाकार शालु गौतम संग को कुराकानी को सम्पादित अंश:
(दिपावली को पावन अवशर मा जमर्को परिवार कलाकार शालु गौतम को उत्तरोत्तर प्रगती को कामना गर्दछ)
प्रस्तुती:दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं