अपडेट

नारायण गोपाल मेरा आदर्श हुन-गायक रमेशराज भट्टराई।

    


"मैले तिमी लाई चाहेर पनि तिम्रो साथपाउन सकीन"यो आधुनिक गीत नसुन्नेसायद कमै नेपाली होलान,अगाध प्रेम हुदापनि माया गर्ने मान्छे लाई आफ्नो बनाउननसकेको पिडा र यौटा असफल प्रेम कहानीबोकेको उक्त गीत का गायक रमेशराजभट्टराई हुन, वि.सं-२०५९ साल मै रमेशराजको आवाज मा रेकर्ड भएको उक्त गीततत्कालीन समय मा त्यती चर्चा माआएन,गीत ले वास्तविक चर्चा त्यतीबेलापायो जव यो गीत मखमली आवाज किधनि गायीका अन्जु पन्त को स्वर मा रेकर्डभयो, आरविटी डाउनलोड को क्षेत्र मा औशत भन्दा माथीको रेकर्ड बनाउन सफल उक्त गीत ले रमेशराज लाई गायक मात्र नभएर यौटा सफल गीतकार र अब्बल संगीतकार को उचाई दियो, यहि यात्रा कोविच मा प्रमोद खरेल को स्वर मा रहेको"उस्ले जति माया तिम्लाई मैले पनि दिन्थेंहोला संसार का साह्रा खुसी तिम्रो लागीकीन्थे होला" अत्यन्तै हाई स्केल मा रहेकोयो गीत यति रुचाईयो की त्यसपछीरमेशराज ले पछाडी फर्केर हेर्नु परेको छैन, समाज सेवा मा पनि उत्तिकै सकृय गायक भुकम्प ताका राहत सामाग्री लिएर गोर्खा देखी धादिड• नुवाकोट हुदै दोलखा सम्म पुगेका थिए प्रस्तुत छ उनै गायक,गीतकार तथा संगीतकार एवं वहुप्रतिभा का धनि रमेशराज भट्टराई संग हाम्रा प्रतिनिधी ले गरेको कुराकानी को सार संक्षेप।

हामी ले भेट्दा दशैं को नियमीत भेटघाट को क्रम मा नवलपरासी मा रहेका रमेशराज ले कुराकानी को शिलसीला आफै ले सुरु गरे,हेर्नुस स्कुले जिवन को समाप्ती र कलेज को सुरुवाति समय मा मैले गायन सुरु गरेको हुँ,क्याम्पस पढ्दा ताका क्याम्पस मा हुने फाट्टफुट्ट कार्यक्रम मा गीत गाउदा साथीहरु ले तँ भविष्य को कलाकार होस भनेर हौसला दिन्थे,अल्लारे उमेर र मनोरंजन प्रतिको मेरो झुकावको मिश्रण मान्नुपर्ला मेरो गीत संगीत प्रतिको लगाव बढ्दै गयो,लेखीएका पंक्ति हरु ले डायरी का पाना हरु भरीदै गए र तयार भएका लय हरु ले दिमाग भरीदै गयो,गुनगुनाउने क्रम मा धेरै धुन हरु वनिसकेका थिए त्यसमध्य बाट छानेर "मैले तिमीलाई चाहेर पनि तिम्रो साथ पाउन सकिन" भन्ने गीत रेकर्ड गरें,योजना बन्यो रेकर्ड गरियो त्यो गीत बजार मा ल्याउन गर्नु परेको संघर्ष लाई म शब्दहरु मा वयान त कसरी गर्न सकुला र,गीत बजार मा आयो संगीत बुझेका मेरा अग्रज हरु ले निकै सह्रहना गरेपनि तत्कालिन समय मा त्यो गीत ले मैले खोजेजति चर्चा पाउन सकेन र मलाई मैले अपेक्षा गरे अनुसार को उचाई दिन सकेन,त्यसपछी समय ले म संग धेरै पसिना माग्यो संगीत कै क्षेत्र मा निरन्तरता को लागी म दोहोरी साँझ देखी गजल रेष्टुरेण्ट हरु सम्म मा आफ्नो कला प्रस्तुत गर्दै गएँ त्यसलाई श्रम कै यौटा पाटो मान्नु पर्ला जसले मलाई साँगीतीक क्षेत्र मा टिकीरहन मद्दत गर्यो।

त्यसको लगत्तै नेपाली सुगम संगीत मा यौटा स्वर्ण समय सुरु भयो,अन्जु पन्त को आवाज मा धमाधम गीत हरु रेकर्ड भैरहेका थिए मैले पनि मेरो पुरानो गीत अन्जु पन्त को आवाज मा रेकर्ड गर्ने विचार गरें त्यो गीत रेकर्ड भएर वजार मा आउने वित्तीकै वजार का सबै रेकर्ड हरु तोड्दै आरविटी को उच्च स्थान मा पुग्न सफल भयो अहिले पनि आरविटी को माथिल्ला रेकर्ड हरु मा मेरा केही गीत हरु रहिरहेका छन।अंजु पन्त संग मेरा अरु गीत हरु पनि आए प्राय सबै हिट भए,त्यही क्रम मा मैले आफैले पनि गाएको अर्को कर्णप्रिय गीत "खुसी साट्छु भन्दा पनि कतै ठाँउ पाईन मैले कर्मै खोटो अभागी को कसैलाई दोश लाईन मैले" पनि सुगम संगीत को जगत मा कालजयी भएर आयो यो गीत मा मेरो स्वर र संगीत रहेको छ र मेल फिमेल दुबै भर्सन मा युट्युव मा सुन्न सक्नुहुन्छ श्रोता हरु ले।

सबै विधा का गीत गाउनुहुन्छ तपाई लाई भर्सटायल गायक भन्दा हुन्छ है भन्ने हाम्रो प्रश्न मा रमेशराज ले रंगीलो हुदै जवाफ दिए - हेर्नुस म आफै ले आफुलाई भर्सटायल गायक हुँ भन्न त सक्तीन किन की अझैपनि संघर्ष का धेरै चरण हरु पार गर्नु छ धेरै श्रृजना हरु मेरा दर्शक श्रोता सामु ल्याउनु छ तै पनि गायन र गीत लेखन अनी संगीत तिनै क्षेत्र मा म सकृय छु त्यसमाथी लोक, पप र सुगम तिनै किसीम का गीत हरु मा बराबरी जस्तै वनाएको र गाएको छु र ति गीत हरु रुचाईएका पनि छन अव दर्शक र श्रोता ले जुन स्थान दिनुहुन्छ त्यो ठाउ मा उभीनु कलाकार को कर्तब्य हो,यहा न धेरै खोजेर पाईन्छ न आफ्नो सिमाना तोक्न सकिन्छ, कलाकार भएपछी दर्शक र श्रोता ले तोकिदीएको स्थान मा संतुष्ट हुनु पर्दछ र त्यो भन्दा माथिल्लो स्थान मा कब्जा जमाउन संघर्ष गर्नु पर्दछ भन्ने मेरो मान्यता हो।यदाकदा स्थान निर्धारण मा मिडीया को पनि उल्येख्य भुमीका रहिआएको मैले देखेको छु यानी की मिडीया ले कसैलाई पाउनुपर्ने चर्चा को पनि वेवास्ता गरिदिएको र कसैकसै को हक मा अनावस्यक चर्चा गरिदीएर रातारात स्टार वनाईदिएका दृष्टान्त हरु हाम्रै अगाडी छन अव त्यतातिर चर्चा पछी गरौंला कुनैदिन,मिडीया ले दिएको चर्चा खहरे हो र दर्शक श्रोता ले मन पराईदिएर हुने चर्चा समुद्र हो-खहरे गडगडाउछ सुक्छ समुद्र कालान्तर सम्म जस्ताको तस्तै हुन्छ,म नारायण गोपाल को फ्यान हुँ र मेरो सांगीतिक जिवन का आदर्श पुरुष हुन नारायण गोपाल,उनको चर्चा र स्थान मिडीया ले नभै श्रोता ले निर्धारण गरेको थियो र आज उपरान्त हामी सम्पुर्ण नेपाली माझ नारायण गोपाल को चर्चा सेलाउन या घट्न सकेको छैन,मेरा श्रृजना मार्फत म त्यस्तै किसीम को उचाई बनाउन चाहान्छु त्यो उचाई छुन नसकुँला तर त्यस्तो लोकप्रियता को सपना देख्नु मेरो अधिकार हो भन्ने म मान्दछु र त्यो सपना देख्छु पनि।

अहिले को समय मा मेरा गीत हरु संख्यात्मक रुपमा पनि ह्वात्तै बढेका छन,करिव २०० को हाराहारी मा अरु को लागी श्रृजना गरिदिएका गीत हरु पुगे होलान २५-३० को हाराहारी मा मैले नै गाएका आधुनिक गीत हरु छन र त्यत्तीकै संख्या मा लोक दोहोरी र पप गीत हरु गाएको छु,दशै तिहार सुभकामना गीत,कमेडी गीत,रोईला सबै किसीम का गीत हरु बजार मा आईरहेका छन र ति गीत प्रति दर्शक श्रोता ले राम्रो प्रतिकृया दिईरहनुभएको छ र मलाई नया सृजना को लागी उर्जा थपिदिनुभएको छ त्यसको लागी आभारी छु।

केही समय अगाडी आएको मेरो रोईला "पारी पाखा पहेंलै छ तिल फुल्यो कि तोरी,चोखो माया लगाउँ भन्छे लाहुरे बा की छोरी" पनि संझन योग्य भाका बनेर आयो बजार मा,त्यस्तै भुकम्प को लगत्तै परदेश बाट फर्कन नपाएको परदेशी को कथा पनि निकै सह्राहना गरिदिनुभो मेरो श्रोता हरु ले,अर्को यौटा गीत छ

"मैले उनको सामु भन्न मात्रै डराएको छु, मैले पहिलो चोटी कसैलाई मन पराएको छु"

भन्ने प्राय स्टेज हरु मा गाउछु मैले, किशोर किशोरी हरु ले निकै मन पराईदिनुभको छ र पटक पटक गाउछु मैले त्यो गीत। "आज फेरी पापी शहर मा बबाल भो" भन्ने गीत नयाँ पुष्ता को माग लाई मध्यनजर राखेर बनाएको गीत हो जुन निकै चर्चित पनि भयो र अधिकाँश ठाउ मा नाच्नको लागी बजाईएको देख्छु म,मैले पनि स्टेज मा जहा पुगेपनि गाउन छुटाउदिन र अहिले भर्खरै आएको बबालभो कै सिक्वेल गीत

"कैले लोकल ठर्रा अनी कैलेकाही छ्याड• हुन्छ, रातै भरी रक्सी खायो ब्यान उठ्दा ह्याँड• हुन्छ"..!

निकै रुचाईदिनुभको छ दर्शक श्रोता ले,यो यौटा समाज मा रहेको चलन लाई व्यड•ग्य गरिएको गीत हो अलिअली मिल्दोजुल्दो भएपनि यो मेरो आफ्नो कथा होईन भन्न चाहन्छु हाहाहाहा।(लामो हासो)।

अन्त्यमा कलाकारीता मा अझै भविष्य सुनिश्चित छैन,वैकल्पिक व्यवस्था नभएसम्म कलाकार को बाँच्ने आधार वन्दैन,कला क्षेत्र प्रति सरकार सधैं उदासीन छ,यौटा परिधी तोकीएको छैन अनुसासन को सिमाना या कुनै लक्ष्मण रेखा बनाईएको छैन,समाज मा पाच्य अपाच्य हामी सबै कलाकार यौटै टोकरी मा रहेका छौ तसर्थ समाज ले कलाकार लाई हेर्ने दृष्टिकोण पनि त्यती सकारात्मक हुन सकेको छैन,संगीत उद्योग हरु रुग्ण हुदै गैरहेका छन पाईरेसी को कारण ले कसैले त्यसलाई नियन्त्रण गर्ने तर्फ सोचेको छैन नेपाली संगीत जगत र कलाकार को भविष्य एक हिसाव ले भन्नुपर्दा "राम भरोसा" मै चलिरहेछ,त्यै पनि अपेक्षाकृत प्रगती नभएपनि भविश्य प्रति निकै आशावादी छु,जे लिन्छु गीत संगीत बाटै लिन्छु र जे दिन सक्छु त्यो पनि गीत संगीत लाई नै दिन्छु यही मेरो अन्तिम निर्णय हो।

अन्त्य मा गीत संगीत मेरो भक्ति हो दर्शक श्रोता मेरा भगवान हुन,अहिले सम्म का मेरा रचना हरु मन पराईदिएर मलाई रमेशराज भट्टराई को रुप मा स्थापित हुन सहयोग गर्ने तमाम सहयोगी मन र सुभेच्छुक प्रति मेरो नमन छ,मिडीया का साथी हरु जसको सहयोग विना यो स्थान मा आईपुग्न असम्भव थियो वहा हरु को सहयोगको सधै अपेक्षा गर्ने छु र भविष्य मा पनि म मेरा दर्शक हरु लाई निराश पार्ने छैन अहिले भन्दा परिष्कृत र राम्रा रचना हरु लिएर तपाई हरु माझ आईरहनेछु आज लाई धन्यवाद भन्न चाहान्छु।

प्रस्तुती-दुर्गा पंगेनी
श्रोत: जमर्को

कोई टिप्पणी नहीं