अपडेट

दुवई मा भब्य साँस्कृतीक कार्यक्रम हुने।


अंग्रेजी नया बर्ष 2016 को उपलक्षमा नेपाली कलाकार समूह (NAG) केन्द्रीय समिती र एनआरएन क्षेत्रीय समिति  यु ए ई फुजेराको आयोजना मा हुनगईरहेको साँस्कृतिक कार्यक्रममा भाग लिन को लागि नेपाल बाट लोक गायक पुरुसोत्तम पौडेल र गायिका अनु ढकाल आज बिहान यु ए ई आई पुग्नुभएको छ । आज बिहान नेपाली कलाकार समुहका संरक्षक श्री रतन थापा, एनआरएन फुजेरा क्षेत्र का कार्यबाहक अध्यक्ष श्री सागर लुइँटेल, नेपाली कलाकार समुह दुबई समिती का अध्यक्ष श्री राम प्रसाद ढकाल,केन्द्रिय सह कोषअध्यक्ष श्री लक्षमण पौडेल लगाएत का पदाधिकारी हरु सारजहा अन्तरास्ट्रिय बिमान्स्थल पुगि कलाकार हरुको भब्य स्वागत गर्नुभएको थियो ।


यहि आउदो शुक्रबार हुने उक्त्त कार्यक्रम को सम्पुर्ण तयारी पूराभैसकेको कुरा आयोजक मध्येकै समाजसेवी सागर लुईटेल ले वताए, तयारी को लागि कलाकार समुह र एनआरएन टिम आफ्नो नियमित ब्यस्त कार्यतालिका को बाबजुत पनि दिनरात खटिरहनु भएको कुरा कलाकार समुहका केन्द्रिय अध्यक्ष श्री बिष्णु प्रसाद अधिकारी ले बताउनु  भयो।

कोई टिप्पणी नहीं