अपडेट

संस्थाको हितको लागी अध्यक्षले गर्नैपर्ने काम र सुवास रेग्मी का सुझाव

     उत्पादक समाजको निर्वाचन बिषयलाई लिएर चुलिएको बिबाद समाधान का निमित्त सुबाश रेग्मीले सम्बन्धित सबै लाई आग्रह गरेका छन । सस्थामा ब्यक्ती भन्दा प्रकृया महत्वपुर्ण हुनेहुँदा सुझ बुझ र बुद्धिमता पुर्बक समस्याको समाधान र निकाश खोज्नुपर्ने सुबाश रेग्मिको बिचार रहेको छ। म्युजिक नेपाल अगाडिको कुरौटे चोकमा बसेर अरुलाई गाली गर्दैमा सस्थाको नैतीक साख नजोगिने तर्क गर्दै सुबाश रेग्मिले निर्वाचित नयाँ कार्यसमितिलाई समस्या समाधानका उपाय जमर्को सँग कुरा गर्दै सुझाए । जमर्को ले अहिलेको बिबाद समाधान का निमित्त के गर्न सकिन्छ भनी प्रश्न गर्दा सुबाश रेग्मी ले भनेका उपाय हरु को सार संक्षेप यस्तो थियो।
          समुहको नेतृत्व गर्नेले समुहमा हुने र भएका समस्या र बिबाद सुल्झाउने क्षमता राख्न सक्नु पर्दछ सस्था को नेतृत्व गर्नु भनेको समुह को नेतृत्व गर्नु हो यहाँ ब्यक्ती वा प्रतिनिधिले महत्व राख्दैन । सस्था विवेकपुर्ण बिचार अनी निती र नियम ले चल्छ र चलाऊन पर्छ । अहिले उत्पादक समाजमा देखिएको बिबाद समाधानका लागि नेतृत्वले पहिले हामी र हाम्रो सस्था भन्ने सोच बोकेको हुनु पर्दछ , यदी म अहिले सस्थाको नेतृत्व गरेको हुन्थे भने म समस्यालाई निम्नानुसार समाधान गर्दथे।


1. सस्थाका सबै सदस्य लाई एउटा भेलामा बोलएर हामी ठीक छौ भने सबुद प्रमाण सहित सबै समाचारहरु को खन्डन गर्दथें र निर्वाचित पदाधिकारी को बचाउ गर्दथे, डटेर मिडियाको सामना गर्दथे र आरोप लगाउनेहरु लाई समाज को निर्वाचन गैह्रकानुनी या अवैधानीक हो भने प्रमाणीत गर्न चुनौती दिन्थें। 
2. यदी सस्थाका निर्वाचित पदाधिकारीका बिषयमा उठेका बिबादहरु सत्य हुन भने मैले यो स्विकार गर्थे, गल्ती स्विकार्दैमा सस्थाको या निर्वाचित पदाधिकारीको गरिमा घटने होइन बरु सस्था पाको र विश्वाशिलो बन्दछ साथै पदाधिकारी को छवि स्वच्छ र काम गर्न लायक अथवा संस्था को नेतृत्व गर्न लायक छन भन्ने प्रमाणीत हुन्छ । 
3. उजुरी परेको निकायका प्रमुख रजिस्टारको रोहबरमा उजुरी कर्ता र आरोपित साथी सँगै बसेर पत्रकार सम्मेलन गरेर क्षमा माग्दै आगामी दिनमा सस्थालाई यस्ता प्रकारका समस्या नआउने प्रतिबद्दता जाहेर गर्दथें र दोषि पदाधिकारी लाई राजीनामा गराउथें र रिक्त पद संस्था को नियम को अधीन मा रही पुर्ति गराउथें। 
4. समुहको हक र अधिकार प्राप्तीका निमित्त खुलेको सस्थामा यस्ता पारदर्शी प्रकृया र प्रणाली अबलम्बन गर्ने हो भने सस्था प्रतिको विश्वसनियता मात्र बढने होइन नेतृत्व प्रतिको इज्जत पनि बढ्छ साथै संस्था ले गरेका काम कारवाही हरु प्रभावकारी पनि हुन्छन अनी समाजले ब्यबसयी लाई हेर्ने नजर पनि बदलिन्छ।
            
            यो कुरा अहिलेको नेतृत्वले बुज्नै १० बर्ष लाग्छ किन कि उनिहरु श्रस्टा र ब्यबसायिको अधिकारको प्रत्त्याभुती गराउन निर्वाचित भएको भन्दा पनि साँगीतीक जगत को स्वघोषीत तानाशाह भन्दा फरक नपर्ने म्युजिक नेपाल अगाडिको कुरौटे चोकमा भेला हुन र सस्थाको पदको आडमा म्युजिक नेपालको झोला बोक्दै दुई छाक को जोहो गर्न लाई आएका हुन त्यसै कारण उनिहरु नैतीक मुल्य,मन्यता र निर्णय मा ध्यान दिदैनन त्यसैले मेरो सुझाव कार्यान्वयन हुने या हुनुपर्ने कुनै कारण म देख्दिन यहा सम्म की अहिले माथी उल्येखीत बुदा हरु मेरो भनाई हुन भन्ने बुझेको खण्ड मा मेरो विक्षीप्तता या हार को कारण म गलेको या म हारको कारण दिग्भ्रमीत भएको अनुमान गर्दै कुनै अनलाईन पोर्टल तिर समाचार छपाउन दौडने सम्मको कार्य हरु पदाधीकारी बाट हुन सक्ने म देख्दछु तसर्थ प्रोड्युसर समाज को वृहत्तर हित को लागी रामराम भन्दा केही गर्न सकिएन।
सुवास रेग्मी।

कोई टिप्पणी नहीं