अपडेट

आदत से मजबुर ~ ब्यंग्य


विदेशमा लामो समय एउटै पेशा गरेर नेपाल फर्कने एन आर एन दाजुभाई दिदीबैनी हरुले देखाउने व्यबहार/लक्षण हरु यसप्रकार छन ~

सेक्युरीटी गार्ड (सिकुर्ती गाट) ~ काम गरेर फर्केका एनआरएन हरु -पाहुना आउँदा पनि तल देखी माथि सम्म घुरेर हेर्ने ! के कामले आउनुभएको ?कतिबेर बस्नुहुन्छ ? त्यो कोठासम्म मात्रै जानुस् ,पल्लो कोठामा अनुमती छैन भन्ने !कोसेलीको पोको पनि परैबाट एकपटक राम्रोसँग चेक गरेर मात्रै खोल्ने, उस्तै परे पाहुनालाई नै खोल्न लगाउने !बाटो घाटो रुखको हाँगो या बाँसको टाँगो तेर्सीएको देखेमा मोबाईल समातेर टाँगो तिर सोझ्याएर रिमोट झैं दवाउन खोज्नें! श्रीमती र छोराछोरीका समेत गतिविधीलाई शंकास्पद नजरले हेर्ने ! काम न काज घरको चोटो, बुइगल, करेसामा चक्कर लगाइरहने !घरका मान्छे भित्र बाहिर ओहोर दोहोर गर्दा पनि जुरुक्क उठेर हात पछाडि बाँधेर सतर्क मुद्रामा उभिने !ओछ्यानमा निद्रा नपर्ने ,कुर्सी भेट्यो कि निदाइहाल्ने ! तात्तात्तै पस्केको खाना मन नपर्ने ,पोको पारेको खाना रुचाउने !

हाउसकीपर (क्लिनर) ~ ससुराली जाँदा पनि ट्वाईलेट कमोडको पहेंलो लेउ देख्यो की बिच्कीहाल्ने , चोटा आँगनमा ईत्ती कसींगर देख्यो की कुचो लाउन तम्सने, घैंटो गाग्री लाई नियालेर हेरीरहने र यसमा कतैबाट पाईप जोडेर भ्याकुम मेसीन बनाउन सकीन्छकी भनेर बैज्ञानिक आईडीया लगाईरहने !कसैले चर्को स्वरमा करायो भने ईन्ता मुदिर आना गरिप मुदिर मालीस मालीस भन्ने र चुप लाउनी..!

अफीस ब्वाई~ छोराछोरीका कापी किताब छरीएको देख्यो की सातो खाने, हसीया को बिंडले कापी छेडेर सबै बिषयका कापी एकमुष्ट वाईण्डीङ गरे लेख्न सजीलो हुन्च भनेर छोर्छोरीलाई सिकाईरहने । हातले मरी मरी लेखीरहेका केट्केटी लाई प्रिण्टीङ मेसीन किन्दिन पाए गजप सुख पाउदाहुन भनेर एनआरएन टाईपको आईडिया लगाईरहने !

ड्राईभर~ सकैका घर गएर कुर्चीमा बस्दा पनि सिटवेल्ट बाँध्न भुलेझैं काँध कम्मर छामीरहने, मर्निङ वाकमा निस्कदा बाटोछेउ कुनै मुड्को ठडीएको देख्यो की हाईवे क्यामराको संझना आएर पैदल यात्राको स्पिड घटाउने ! ईजरेली केयर गीभर ~ गामका हजुरबा हजुरआमा हरुलाई देख्यो की न्वाईदिम न्वाईदिम हुनी, केही अपांग या सुस्त मनस्थितीका देख्यो की ह्विल चेयर किन्दिम किन्दिम हुनी !

यो भन्दा बढी आफ्नो आफ्नो अनुभवको आधारमा थपघट गर्न पाईने छ ! मन नपर्ने लाई गाली गर्न छुट छ !

नोट:यो केवल ब्यंग्य हो !

कोई टिप्पणी नहीं