अपडेट

सुवास रेग्मीको कोही शत्रु छ भने त्यो मै हुँ-जन गायक वद्री पंगेनी।


पाल्पाको रामपुरमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्म थलो मान्दै नेपाली गीत संगीतमा कृयाशील जन गायक बद्रि पंगेनीको आम जनता सामु छुट्टै पहिचान रहेको छ , तानसेन खस्यौली लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका पंगेनीको हाल सम्म करिब चार देखि पाँच दर्जन सम्म गीत श्रोता दर्शक माझ प्रस्तुत भैसकेका छन यद्यपि सबै गीतको लेखा जोखा नराखिएको उनि बताऊछन् , एक जमाना थियो नेपाली गीत संगीतलाई क्यासेटको रिल मार्फत श्रोताहरुले किनेर धित नमरुञ्जेल सुन्ने , जुनबेला उनको आफ्नै गीति एल्बम ससुरालीमा , फोटो फिर्ता लेउ लगायतका गीती एल्वम बजारमा छरपस्ट भएका थिए , करिब दुइ लाख सत्तरी हजार भन्दा माथि अडियो कभरमा हस्ताक्षर गरेको बिगत अझै स्मरण गर्छन र त्यो कुरा आज एकादेश को दन्त्य कथा भएको बताऊछन् पंगेनी।
     यहा प्रस्तुत छ उनै जनगायक संग विन्दवासिनी म्युजीक डट कम का लागी गरिएको कुराकानी को सार संक्षेप।

         नमस्कार सम्पूर्ण अनलाइन परिवार र पाठक हरुमा,कति सालको जन्म मेरो भन्ने प्रश्नको जवाफ चाही मैले पनि अन्त सोध्नै पर्ने हुन्छ,आमा बित्नु भयो बुवा गाँउमा हुनुहुन्छ ठ्याक्कै चाहिँ बिर्से है मैले ...हा हा हा हा हा ...ठ्याक्कै असर १६ मंगलबार बिहान ११ बजे हो , त्यहि कारण चिना पनि छैन मेरो |
 परिवारमा कति जना सदस्य हुनुहुन्छ भन्ने कुरा मा म संग मेरो बुवा हुनुहुन्छ ,श्रीमती,छोरी , भाई बुहारी भाईको छोरा ,गर्दाखेरी हाम्रो परिवारमा भनेको छ  सात जना छौं , म परिवारको जेठो छोरो हुँ |
 गीत संगीतको सरुवात कैले देखि गरें भने अनऔपचारिक रुपमा त मैले बच्चै हुँदा नौ दश वर्ष देखिने सुरुवात गरेको हुँ , ब्यवसायीक रुपमा लागेको पनि भयो होला पुगनपुग दुई दशक।
पहिलो गीत कुन गाएँ भने त्यो "तानसेन खस्यौली" भन्ने गीत थियो र त्यो पहिलो गीत गाँउदाको अनुभूति  कस्तो थियो भने हेर्नुस अब यो के भने पहिला गाँउमा बसेर यति सानो रेडियो मा पसेर नारायण रायमाझी , पुरुसोत्तम न्यौपाने , बम बहादुर कार्की , राजन लम्साल , हरुले कसरी गाएका होलान भनेर कल्पना गर्ने केटो , काठमाडौँ आएर आफै स्टुडियोमा गीत गाउँदा को अनुभब त म शब्द मा ब्यक्त गर्ने सक्दिन , कति बेला चाही अब त्यो गीत रेकर्ड सम्पन्न होला अनि रिल मा हालेर सुन्न पाईएला भनेर छुट्टै अनुभुती भईरह्यो,भोलि रेकर्ड गर्ने भन्दा निन्द्रा पनि लागेन अझ रेकर्ड गरे पछि पनि निन्द्रा लागेन |
अहिले आमश्रोता माझ एउटा सेलीब्रेटिको रुपमा परिचित हुदा र यो स्थान सम्म आई पुग्नलाई कत्तिको संघर्स गर्न पर्यो त्यो पनि यौटा खण्ड काब्य जत्तिकै लामो कहानी बन्छ किनभने म एउटा सामान्य किसान को पृष्ठभुमी बोकेको एउटा मध्यम वर्गीय परिवारको मान्छे त्यो पनि पाल्पाको बिकट गाउँ जहाँ जतिबेला बाटो थिएन बिजुली थिएन त्यो ठाउँ बाट आएर काठमाडौँमा कलाकार बन्न कत्तिको संघर्ष गर्नु परयो होला त्यो त अब सहजै अनुमान गर्न सकिन्छ संघर्स बिना त केहि गर्न सकिदैन, हामी सबै गाउँ बाट आएका हौँ  सबैले संघर्स गरेका छौं , कसैले भन्ला कसैले नभन्ला , तर मैले गरेको संघर्स पनि कम छैन , मैले पनि धेरै दुख धेरै मेहनत गरेर यहाँ सम्म आईपुगेकोछु |

 अव गीत संगीत नै मेरो जिवन हो गीत संगीत नै मेरो भुत वर्तमान र भविष्य हो मैले अरुले दिएको सम्मान को लागी भन्दा पनि आत्म सम्मानको लागी काम गरें यति धेरै संघर्स गरेर अहिले यो स्थानमा आईपुग्दा बाहिर बाट पनि धेरै सम्मान पाएको अनुभव गरेको छु मैले,मेरो विचारमा सबै भन्दा ठुलो सम्मान भनेको दर्शक श्रोताको माया हो , अहिले म जहाँ छु उहाँ हरुकै मायाको कारणले हो , त्यसै गरि विभिन्न अवार्डहरु , राज्यले गर्ने सम्मान भनेको जनसेवाश्री प्रबल चौथो निबर्तमान सम्माननीय रास्ट्रपति रामबरण यादबको हातबाट दुई वर्ष अगाडी मैले प्राप्त गरेको छु , अरु धेरै सम्मान हरु प्राप्त गरेको छु सम्झिनै पर्छ लामै लिस्ट हुन्छ मैले पाएका पुरस्कार र सम्मान को।
लोकप्रियताको आधारमा भनौं या मैले गरेको मिहनेत को आधारमा भनौं मैले धेरै देश बिदेशमा स्टेज कार्यक्रको लागि जान्छु कुनै अन्य केहि कलाकार हरु जस्तै उतै पलायन हौँ जस्तो मलाई कहिले पनि लागेन किनकी मेरो देश मा म निकै सम्मानित जिवन बाँचेको छु यो सम्मान बाट म विमुख हुन चाहन्न,तपाई ले भनेजस्तो नेपाली साँगीतीक जगत धरासायी पनि भैसकेको छैन, हाम्रो बजार मा प्रचुर सम्भावना हरु छन चाहे साँगीतिक क्षेत्रमा होस या अन्त त्यो सम्भावना को खोजी र नयाँ पिढी को लागी मार्गदर्शन गर्नको लागी पनि हामी जस्तो युवा हरु ले पलायन को बाटो समात्नु हुदैन भन्ने मेरो मान्यता हो।यो बिसयमा मैले जहिले पनि प्रस्ट रुपमा भन्ने गरेको छु , बरु म एक छाक खाउँला च्यातिएको लगाउला , मैले विदेश पलाएन हुने कुनै सोच गरेको छैन , म यहि देशमा दुख गरेरै भएपनि गायक नै बन्न चाहन्छु गितै गाउँन चाहन्छु , भोलि मलाई गीत गाउँन आर्थिकको कारण साह्रै अप्ठेरो भयो भने , सांगीतिक क्षेत्र यस्तै रह्यो भने , बरु नेपालीहरुको माझमा चन्दा मागेर गीत गाउँला , म विदेशको ग्रीन कार्ड लिएर विदेशको पी आर लिएर विदेश बस्दिन , कार्यक्रम गर्न जाने कुरा छुट्टै रह्यो , बरु म पाल्पाको रामपुरमा गएर तरकारी खेति गर्छु कुखुरा पालन गरेर बसौंला माछा पालन गरौँला तर आफ्नो माटो छोडेर म कुनै दोस्रो मुलुक पलायन हुनेकुरा सोच्न सम्म पनि सक्तिन , यो मेरो दिलको भित्रि कुना देखि उत्पन्न भएको कुरा हो , मलाई यो नेपाल जत्तिको रमाइलो र नेपालमा बस्दा जस्तो गर्विलो महसुस संसारको कुनै ठाउंमा पुग्दा पनि हुदैन।

 मेरो यो मतलव लाई र मेरो पलायन विरोधी अभिब्यक्ति लाई तपाइले कमाइ संग मात्र नजोड्नु होला यो मेरो आत्माको अन्तस्करण देखी उव्जेको भावना हो मेरो दिलदेखि भनेको कुरालाई राष्ट्रियता भन्दा तपाइको केहि जाँदैन भने राष्ट्रीयता संग जोडदिनुस यो राष्ट्रियताको कुरा हो यो स्वाभीमान र स्वाधिनताको कुरा हो , आफ्नो माटोको मायाको कुरा हो, कमाई संग मात्र जोड्ने हो भने त २००१ मै बेल्जिएममा बसौं भनेर साथीहरुले भन्नु भएको थियो यति बेला म बेल्जिएमको नागरिक भै सक्थे होला , म संग एक दुइ वटा काठमाडौँमा घर हुन्थे होलान दुइ चार करोड पैसा हुन्थे होलान त्यतिनै हो , तर म संग अहिले दर्शक श्रोताको माया छ , तपाइले पनि यदि म ब्यक्तिगत स्वार्थका हिसाबले द्रोस्रो मुलुकमा रहेको थिए भने यो अन्तर्वार्ता पनि लिनुहुन्न थियो होला , त्यसैले यसलाई कमाइ संग नजोड्नु होला भन्न चाहान्छु यसलाई देशको माया र राष्ट्रीय भावको रुपमा लिईदिनु होला |

    अहिले पछिल्लो समयमा बिन्दबासिनी म्युजिक बाट रास्ट्रिय भावले ओतप्रोत भएको मेरो ' गीत अभावमा बाँच्न सक्छौं ' बजारमा आएकोछ यो गीतको बिषयमा म के भन्न चाहान्छु भने-यो बर्तमान राजनीतिक अवस्था मा जुन एउटा राजनीतिक जटिलता र तरल परिस्थिती को सृजना भएको छ देशमा , यो सबैलाई जानकारी भएको बिसय हो , र यस बाट चाही पूर्व मेची पश्चिम महाकाली सम्म हिमाल पहाड तथा तराइका सम्पूर्ण जनता प्रतक्ष्य रुपमा प्रभावित भै रहेका छौं , देशले जुन किसिमको गति लिनु पर्ने हो त्यो लिई रहेको छैन जनताको अपेक्षा जुन थिए त्यो पुरा हुन सकेको छैन , गणतत्र पछि देशको मुहार फेरिन्छ भन्ने जनताले सपना देखेका थिए त्यो सपना सपनामै सिमित भै राखेको छ , सम्पूर्ण कारण भनेको हामी हामी बिचमा एकता नुहुनु हो , हामी बिचमा राष्ट्र र जनता प्रतिको उत्तरदायित्व  नहुनु हो , देशलाई हाँक्ने नेताहरु तिनका दल र तिनका नेताहरुको कमजोरी छ , त्यसो भएको हुनाले मैले यो गीतबाट नेताहरुलाई मिल्नका लागि आग्रह गरेको छु , अहिलेको सबै भन्दा ठुलो खाँचो भनेको एकता हो  , त्यसको लागि नेताहरु तयार हुनुपर्छ , आफ्नो दलगत स्वार्थ होला , आफ्नो सिद्दान्त होला आफ्नो आदर्श होला ति सम्पूर्णलाई एकातिर पन्छाएर देश र जनताको लागि एक ठाँउमा आउन पर्छ भन्ने यो गीत मार्फतको अनुरोध हो , र संगसंगै हामीले सबै भन्दा नजिक मान्दै आएको भारतले भूकम्पले थिलो परेको भूकम्पले अस्तब्यस्त  बनेको यो देश र यो देशको जनता माथि जुन किसिमको अमानबिय ब्यवहार गरेको छ , एउटा मानव को बाँच्न पाउने अधिकार नै हनन भारतले गरयो , त्यसको बिरुद्दमा नै मैले यो गीत मार्फत अप्रत्यक्ष्य रुपमा भन्न खोजेको छु जस्तो - "रोटि र बेटी भन्छौ हाम्रै घाँटी रेटीरन्छौ भो चाइएन तिम्रो सधासहायता" , मोदी जीले जैले पनि रोटि र बेटीको रिस्ताको छ हाम्रो भनेर भाषण चाही गर्ने , तर घाँटी चाही रेटीरहने जुन काम भैरहेको छ त्यो गलत हो भनेर यो गीतले बोलेको छ र अर्को चाही हाम्रो नेपाल सार्बभौम र स्वतन्त्र देश हो , हाम्रो छुट्टै स्वाधिनता , छुट्टै राष्ट्रियता छ , संसारले मानेको एउटा नमुना हो हाम्रो देश त्यसैले यो देशको नियम कानुन सबै हाम्रो निजी मामला हो भारतले किन प्रश्न  उठाउने ? यो भएन ऊ भएन कमा मिलाउ ब्राकेट मिलाउ या कुराहरु किन गर्ने , यो ठाडो हस्तक्षेप हो भन्ने कुरा पनि मैले यो गीत बाट प्रष्ट पार्न खोजेको छु समग्रमा भारत लाई हाम्रो स्वतन्त्रता संग नखोल्न र हाम्रो आन्तरीक मामलामा हस्तक्षेप नगर्न अनी हाम्रा नेता हरु लाई मिल्न गरिएको साँगीतीक अनुरोध हो मेरो गीत स्वाधिनता।
     बद्रि पंगेनी बलेको आगो ताप्ने मात्र कलाकार हो या जुन राजनीतिक दल जुन सत्तामा पुग्यो उसैको गुणगान गाउने भन्ने तपाई को आरोप को स्वागत गर्दै म के कुराको खण्डन गर्न चाहन्छु भने-बद्रि पंगेनी मात्र होइन नेपाली जनताले नै बलेको आगो तापेको हो नि त , नेपाली जनताले जुन पार्टीलाई जिताए नेपाली जनताले जुन पार्टीलाई नेतृत्व  दिए मैले अहिले के पी , प्रचण्ड ,  सुसिल कोइरालाको नाम नलिएर कस्को नाम लिउं त ? मैले लोकेन्द्र बहादुर चन्दको नाम लिएर हुन्छ ? कि मोहन बिक्रम सिंहको नाम लिउं ? नाम त लिनै पर्छ ,  राष्ट्रले मानेको नेता राष्ट्रले मानेको पार्टी , म लोक तान्त्रिक पद्दतिलाइ स्वीकार गर्ने मान्छे , प्रजातान्त्रिक पद्दतिलाइ स्वीकार गर्ने मान्छे , नेपाली जनताले बनाएको तिन ठुला पार्टी र तिनै ठुला पार्टीको अध्यक्ष्यको नाम नलिएर मैले कसको नाम लिउं त  यो देश लाइ राम्रो गर्छन भने पनि तिनीहरुले गर्ने हो , नराम्रो गर्ने हो भने पनि जस अबजस दुवै , तिनै  तीनटा दलका नेताहरुले र मदेशी दलका नेताहरुले लिने कुरा हो ,  त्यसैले पनि मैले तिनै तीन वटा दलका नेताहरु सहित यो गीत मार्फत भनेको छु - उपेन्द्र महन्त राम्रो बाटो रोज वार्ताकै माध्यम बाट सहमति खोज- निभेका हरु को नाम नलिदा बलेको तापेजस्तो देखीनु स्वाभाविक हो।
        मैले "स्वाधिनता" को बजार गर्न किन बिन्दबासिनी म्युजिकलाई नै रोजें भने हेर्नुस अहिले म लेखेरै दिन्छु , कुनै कम्पनि कलाकारको लागि दुई चार पैसा खर्च गर्दिने छ भने त्यो बिन्दबासिनी म्युजिक प्रालि हो , मैले यदि भेट्छु आउँछ कोहि भोलि ल बद्रि पंगेनी तेरो गीतको लागि म खर्च गर्छु भनेर कुनै साहसी म्युजिक कम्पनि फेला परयो भने त्यो कम्पनीमा पनि म जान तयार छु , म कलाकार हुँ सबैको सम्मान गर्नु पर्छ र अहिलेको बर्तमान परिपेक्ष्यमा बिन्दबासिनी म्युजिक प्रालि मात्र मैले यस्तो म्युजिक कम्पनी भेटें जस्ले कलाकारको गीत संगीतमा लगानी गर्दिन्छ भिडिओ बनाइदिन्छ र आफ्नै पैसाले मिडिया प्रमोसन गरिदिन्छ , त्यसै कारण ले गर्दा मैले यो कम्पनीलाई रोजें अरु कुनै स्वार्थ छैन , बरु बिन्दबासिनी म्युजिकका प्रमुख सुबाश रेग्मी संग बेला बेलामा मेरो मतभेद हुन्छ , उहाँसंग म झगडा पनि गर्छु , कुनै सत्रु छ भने सुबाश रेग्मीको त्यो बद्रि पंगेनी होला , तर सुबाश रेग्मी र बिन्दबासिनी म्युजिक प्रालि ले अहिले अवस्थामा जुन काम गरेको छ त्यो जतिनै प्रसंसा गरे पनि कम हुन्छ , भोलि कलाकारका लागि म खर्च गर्छु भनेर कुनै कम्पनि आउँछ भने त्यो कम्पनीको पनि म मुक्त कण्ठले प्रसंसा गर्नेछु।

     अन्तमा यहि आउँदो पौष १० गते सम्पन्न हुने बिन्दबासिनी म्युजिक अवार्डका लागी मेरो गीत रातो पछेउरी मनोनयन मा परेको छ , जहासम्म तपाईको कुरा यो गीत बाट अवार्ड प्राप्त गर्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने सवाल छ - हा हा हा हा .... मलाई बिस्वास छैन , मलाई बिस्वास किन छैन भने बिन्दबासिनी म्युजिक अवार्डमा ४५ प्रतिसत मत जनताको लिइन्छ , म आफु भोटिंग गर्न भ्याउदिन , दर्शक श्रोताले कति गर्दिनु भएको छ मलाई थाहा छैन , अहिले भोटै हाल्दिने मान्छे त्यति पाईदैन जस्तो लाग्छ , सुबाश जी लाई पनि मैले सल्लाह दिएको छु अब अर्को अर्को पटक चाही जुरीको मतलाई र अरु अरु मतलाई लिउँ , यो भोटिंग चाही अलि पुरानो पनि भयो , यस्ले वास्तविक कलाकारलाई न्याय गर्दैन भनेर भनेको पनि छु , अब हेरौं यस वर्ष मत राम्रो रहेछ भने म पनि आशा गरेरै जाने हो , मत रहेनछ भने म आश गर्दिन , बिन्दबासिनी अवार्ड मैले पाउँदा राम्रो अरुले पाउँदा नराम्रो मलाई हुँदैन , बिन्दबासिनी म्युजिक प्रालिले अहिले नेपाली गीत संगीतको संकटग्रस्त अबस्थामा आफ्नो खल्तीको पैसा खर्च गरेर नेपाली गीत संगीतलाइ माथि उठाउने काम गरेको छ , मेरो लागि सबै भन्दा ठुलो अवार्ड त्यहि हुनेछ , त्यसैले मैले बिन्दबासिनी अवार्ड समाउन पाउँ या नपाउँ त्यस्ले मलाई कुनै फरक पार्दैन ,  तर बिन्दबासिनी म्युजिकले जुन किसिमको लगानी नेपाली गीत संगीत लाई  गरेको छ त्यो गर्विलो विषय हो र साहस को कुरा हो , मेरो र नेपाली गीत संगीतको लागि सबै भन्दा ठुलो अवार्ड त्यही हुनेछ।
प्रस्तुती:राजु बोहोरा।

स्वाधिनता गीत हेर्न यहा क्लिक गर्नुहोस-
https://m.youtube.com/watch?feature=share&v=CIhdMY8pt0A

 
                                                                                           जय गीत जय संगीत

कोई टिप्पणी नहीं