अपडेट

संस्कृती जोगाउन नयाँ पुष्ता लाई परम्परा सिकाउनु पर्छ-सर्जक एकनारायण भण्डारी।


      नेपाली गीत संगीतका क्षेत्रमा सबै भन्दा कम चर्चा पाउने भनेकै गीत लेखन कर्म ले हो केही गीतकार तथा संगीतकार यस्ता छन जस्मा यो नियम लागु हुदैन किन की एक त श्रोता हरु निकै सजग हुदै गैरहेका छन अर्को कुरा मिडीया ले पनि पछिल्लो समयमा भने गीतकार तथा संगीतकारलाई प्राथमिकता दिन थालेको छ, समय संगै केहि मिडियाकर्मीमा सर्जक सम्वन्धी चेतना आएपनि धेरै सञ्चारकर्मीले आज पनि रेडियोबाट गीत बजाउँदा गीतकार तथा संगीतकारको नाम भन्नको लागी समय छुट्याएको पाईदैन र भन्न अनीवार्य छ भन्ने जीनकारी राखेको देखिँदैन । त्यसैले धेरै राम्रा गीतका श्रष्टा र संगीतकार आज पनि ओझेलमा परेका छन् । तर पनि यहि कालखण्डका एक यस्ता चर्चीत गीतकार संग आज हामी कुरा गर्न गईरहेका छौ जसको नाम मात्र गीत लाई बेग्लै उचाई मा पुर्याउन पपर्याप्त छ। जो गीतकारको नाम अनिवार्य लिन पर्छ भन्ने कुरा थाह नभएका संचारकर्मी हरु भएको देशमा पनि गीत लेखेरै चिनिएका छन् । उनलाई गीत संगीतले नाम र मान सम्मान मात्रै होइन राम्रो भनीएको जीवन धान्न सक्ने पनि यहि क्षेत्रले  बनाईदिएको छ । यहा प्रस्तुत छ अहिले सम्म सयौं को संख्या मा लोक, लोक दोहोरी, आधुनीक तथा चलचित्रका गीत हरु लेखीसकेका दर्जनौ सम्मान तथा लगभग दुई दर्जन अवार्ड बाट सम्मानित नया पुष्ता का सबैभन्दा सफल गीतकार उनै सयौं कालजयी गीत का  सर्जक तथा लोकप्रिय संगीतकार "एकनारायण भण्डारी" संग हाम्रा प्रतिनिधी ले गरेको कुराकानी को सार संक्षेप।

       प्राय गम्भीर मुद्रा मै भेटीने गीतकार लाई हामीले आज निकै फ्रेस मुड मा भेट्यौं, एकनारायण जी हजुरको साँगीतीक जिवन को सुरुवात र वर्तमान को बारेमा केही बोल्दिनुस न भन्ने आग्रहमा एकनारायण जी भन्नुहुन्छ-म स्याङ्जाको पकवादी-गेजामा जन्मेको हुँ गाउँबाट राजधानी छिर्ने बेलामै ढुक्क थिएँ पक्कै पनि गीत लेखेरै खर्च चलाउनेछु र घर मा खर्च को भार पार्ने छैन त्यसैले मैले आमालाई भनेको थिएँ, "आमा म गीत लेखेर पैसा कमाउँछु, मलाई खर्च पठाउँनु पर्दैन ।’राम्रो गीतकार बन्ने र पैसा कमाउने मेरो रहर मैले आमालाई आश्वस्त पारे जस्तो सजिलो भएन । राजधानी आएर नाम कमाउन नै ठुलो संघर्ष गर्नु पर्यो मैले । अवस्था कस्तो सम्म आईपर्यो भने कुनै समय आफूले लेखेको गीत राम्रो भएन अथवा गीत लेख्ने मुड आएन भनेर रातभरी रुनुपर्ने समय पनि आयो जिवनको कुनै कालखण्डमा र त्यो त्यसरी नै वित्यो पनि। वास्तवमा भन्नुपर्दा मलाई राम्रो गीत लेख्नकै लागि जति संघर्ष गर्नुपर्यो स्थापित हुन त्यत्ति संघर्ष गर्नु परेन। एक हिसाव ले भन्नुपर्दा नेपाली गीतसंगीतका स्रोताले मलाई छिट्टै पत्याउनुभयो । एकादुई गीत बाट  श्रोता दर्शकले पत्याएपछी बिस्तारै कलाकारहरुले पत्याउनुभयो, सुगम संगीतका कलाकारको रोजाइमा गीत हरु परेपछी नेपाली चलचित्र जगतका हस्ती हरु आफै खोज्दै आउनुभो एक हिसाव ले म संग गीत हरु कहिल्यै पनि जगेडामा रहेनन जहिलेपनि आवस्यकता हेरेर गीत लेखीयो भन्नुपर्ला त्यस हिसाव ले पनि मेरा गीत को वजार राम्रो रहेको म भन्न सक्छु ।

       सुरुवातमा बुद्दीसागर बस्याल ले गाउनुभएको ‘डाँफे नाचेर, फुल कहाँ फुल्छ र हाँगै भाँचेर’ भन्ने गीत नेपाली लोक गीतका क्षेत्रमा अत्यन्तै लोकप्रिय भयो,त्यो गीत ले नै मलाई गीतकार भनेर चिनायो पनि त्यसपछी गायक हेमन्त शर्माले गाएको ‘मुल हौ भने रसाइदेउ’ बोलको गीतले नेपाली सुगम संगीत मा फरक धार को सुत्रपात गर्दै चर्चा को शिखरमा पुग्यो त्यसपछी श्रोता मात्रै होइन धेरै गायक गायीका हरुले गीत माग्न थाल्नुभो, म्युजीक कम्पनी हरु पनि मेरा गीतमा लगानी गर्न उत्सुक हुदै आए साथै चलचित्र क्षेत्रका मान्छेहरुको रोजाइमा पनि परें, चलचित्र ‘बन्धकी’ मा समावेस भएको मेरो गीत 'मेरो मनैको फूल टिपी'  गीतले पनि धेरै राम्रो बजार लियो चर्चित बन्यो त्यसपछी चलचित्रका गीत हरुको लागी पनि लगातार अफर हरु आईरहेका छन लेखीरहेको पनि छु।

     वास्तवमा भन्नुपर्दा मैले गीत संगीत सम्वन्धी कुनै औपचारीक शिक्षा लिएको छैन, मेरो गीत लेखनको पहिलो पाठाशाला भनेकै म जन्मे, हुर्केको उकाली-ओराली, भीरपाखा-भञ्ज्याङ्-चौतारी त्यही परिवेश हो । जसका सुसेलीहरुले मलाई गीत लेख्न सिकायो । मैले सधैं विद्यार्थी जीवनमा गृहकार्य गर्न घरमाथिको बन रोज्थें मेरो पहिलो रेकर्ड भएको गीत त्यही चौतारीमा बसेर गाउँबाट अन्मिदै गरेकी बेहुलीलाई हेरेर लेखेको थिएँ। "देउरालीमा हावा" बोलको त्यो गीत पछि त्यस्तै कल्पनामा मैले त्यस्ता थुप्रै गीत लेखें र गीत लेख्दै जाँदा मैले केही गीतमा संगीत पनि भरें। मेरो लेखाई लाई जस्तै दर्शकले संगीतलाई पनि माया गर्दिनुभयो दर्शकको माया पाएपछि म मा उत्साह झन थपीयो र केही गीत मैले गाएँ पनि। 

         मलाई गीतमा विम्वको प्रयोग गर्न रमाईलो लाग्छ, मेरो गीत "तिर्खा लाग्यो पानि खाएँ मैले के विराएँ" त्यस्तै स्वच्छन्द समाज की नारीको विम्वात्मक कथा हो तिर्खाएपछी पानि खानु साधारण कुरा हो,समाज मा अन्य धेरैकुरा हरु स्वच्छन्द हुदै गैरहेका छन अचेल, त्यो मानव जिवनका अत्यावस्यक चिज मध्ये जे कुरा को विम्व मान्दिदा पनि हुन्छ, कतिपय विष्लेशक हरु ले यौन विम्व हो भन्नुहुन्छ म त्यो कुरा को प्रतिवाद गर्दिन किनकी जव जव म त्यो गीत सुन्छु आफै मा रोमान्चित हुन्छु सायद यौनीक अनुभुती ले नै मानव लाई त्यती रोमान्चक बनाउछ।

            खास गरी लोक दोहोरी निकै फोहोरी भयो मौलिकता हरायो भन्ने जुन गुनासो छ त्यसको बारेमा के भन्न चाहान्छु भने दोहोरि दोहोरो भन्ने शब्द बाट आएको हो । दोहोरो भनेको दुइ तर्फ बाट भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट भाकामा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरी कुनै एउटा लय मा आधारीत रहेर दोहोरी गीत तत्काल सृजना गरिन्छ र दोहोरी गायीदैन मात्र दोहोरी खेलीन्छ पनि, यसरी हेर्दा दोहोरी मा हार र जित आवस्यक हुन्छ तव मात्र त्यसलाई मौलीक दोहोरी मान्न सकिएला । यो लक्ष्मणरेखा भित्र रहदा अहिलेका कुनै पनि गीत मौलिक गीत भित्र पर्दैनन किन की रेकर्ड हुनु नै त्यस्को मौलिकता खस्कनु हो । अर्को कुरा गीत निर्माण मा दुई पक्ष समावेस हुदैनन एउटै गीतकार ले महिला र पुरुष दुबैको सबाल र जवाफ लेखेको हुन्छ र गायक गायीका ले निश्चित दायरा भित्र रहेर गाउनुपर्ने हुन्छ त्यसैले पनि रेकर्डेड दोहोरी मा हार र जित पत्तो लाग्ने कुनै छिद्र भेटीदैन त्यसैले रेकर्डेड गीत लाई मौलिक लोक दोहोरी भनेर दावि गर्ने अवस्था छैन। दोहोरी रेष्टुरेण्ट हरु रोधी घर हरु जहा प्रत्यक्ष दोहोरी गाईन्छ त्यहा दोहोरीको वास्तविक मर्म भेटीन्छ। तर अहिले त्यसरी रेकर्ड भएर आएका गीतहरूले वजार लीइरहेका छन् यो गीत संगीत को ब्यवसायीकरण हो र ब्यवसायीकरण हुदा मौलिकता खस्कनु लाई स्वाभाविक रुपमा लिनुपर्छ, सकेसम्म जोगाउने प्रयत्न गर्ने सबै कलाकारको दायित्व पनि हो । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको छ। म जहिलेपनि मेरा गीतमा मौलिकता लाई प्राथमीकता मा राख्छु मौलिकता ले मार्मीकता लाई कायम राख्छ।
      साधारणतया मैले मायाका, मायामा पनि वियोगका गीत संगीत थुप्रै लेखें तर पनि मलाई गीत लेख्न भन्दा प्रेम गर्न धेरै सजिलो लाग्छ । मेरो एउटै परिभाषा छ प्रेमको ‘माया -प्रेम संसारको सबैभन्दा बलियो चिज हो र यसले पीडा पनि उत्तिकै दिन्छ । सबैले गर्ने माया एउटै हुन्छ तर मान्छेको स्वभाव र व्यवहार अनुसार फरक बन्छ । माया गर्नु र गीत लेख्नु दुबै संयोगले हुने चिज हुन् । प्रेम गर्छु भनेर हुँदैन् आफैं हुन्छ । गीत पनि त्यस्तै हो कति बेला फुर्छ थाहै हुँदैन् ।’ कुनै उमेर थियो मन परेको मान्छे पाइएन भनेर रुने, त्यो उमेर मलाई पनि आयो । मन परेको मान्छे नपाउँदा धेरै तन्नेरी पुस्ता रोए झै म पनि रोएँ । तर, अहिले आएर समग्र जीवनलाई हेर्दा प्रेमका मामलामा आफू भाग्यमानी रहेछु भन्ने लाग्छ मलाई, एउटा लेखक अथवा संगीतकार हुनु भनेको एक हिसावले पागल पन देखाउँनु जस्तो लाग्छ, म आफैलाई थाह हुदैन मलाई  गीत कुनबेला फुर्छ मेरो यो पागलपनलाई साथ दिने मेरी श्रीमती यो सन्सारकै सहनसील प्राणी हुन जस्तो लाग्छ , किनकी यौटा लेखक को जिन्दगी कहिलेपनि रेगुलर हुदैन, यौटा नियम विहीन मान्छेको दैनीकी मा आफैलाई ढाल्नु र अपेक्षाकृत ब्यवहार पनि गर्नु चुनौतिपुर्ण हुन्छ यस हिसाव ले पारिवारीक रुप मा म आफु लाई भाग्यमानी मान्दछु।

     देशको परिस्थीती साह्रै विग्रदो छ  कहिलेकाहीँ त आफु यो देशको प्रधानमन्त्री बन्न पाए हुन्थ्यो जस्तो कल्पना आउँछ  मन मा कता कता, त्यो मेरो दिमागमा जरा गाडेर बसेको मेरो सुसुप्त चाहाना होला सायद। सम्पूर्ण देश नै अभावमा गुज्रिएको पछिल्लो समय प्रधानमन्त्री बन्न पाए सबै समस्याको हल गर्थें जस्तो कल्पना आउँछ  तर मेरो यो कल्पना स्थिर कल्पना भने होईन -कवि दिमाग को सोच होला भन्ने सोच्दछु त्यो सोचाई जसरी आउछ त्यसरी हराउछ पनि । 
     मनोरनंजन को कुरा गर्ने हो भने कसैले सुन्दर नृत्य गरेको देखें भने मलाई नाच्न मन लाग्छ तर यो संसारकै सबैभन्दा नाच्न नजान्ने मान्छै मै हुनुपर्छ । कहिले काहीँ गायक बन्न मन लाग्छ त्यसैले मैले गीत गाएँ पनि  । तर, गीत लेखेर अथवा संगीत गरेर जुन स्थान बनेकोछ त्यो स्थानसँग गहिरो लगाव छ मेरो। 

         संस्कृती कै कुरा गर्दा नेपाली संस्कृती निकै च्यापिदै गैरहेको छ, नेपाली भाषा एवं संस्कृती अतिक्रमण को चपेटा मा परेको छ।पछिल्लो समय हामी हाम्रा छोराछोरीहरुलाई पढाउँदा अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्छौं । अहिले बालबालिका सानैबाट स्कुलमा अंग्रेजीमा बोल्न सिक्छन्, घरमा हिन्दी च्यानल र हिन्दी गीतसँग अभ्यस्त हुन्छन् हाम्रा बालनालीका हरु । यहि हिसावमा समाज अगाडी बढ्दै जाने हो भने नेपाली संस्कृति नै लोप हुने हो की भन्ने पिरलो लाग्छ कहिलेकाहीं मलाई, संस्कृति र परम्परानै देशको पहिचान हो त्यसैले देश रहनको लागी संस्कृति रहनै पर्छ । सम्पुर्ण मेरा दर्शक तथा श्रेता हरु आफ्ना नानी बाबुहरुलाई आफ्नो संस्कृति र परम्परा को जगेर्ना गर्न सिकाउनुहोला भन्न चाहन्छु ।

कोई टिप्पणी नहीं