अपडेट

गीत संगीत को महान चाड-विन्दवाशीनी म्युजीक अवार्ड।


पुष १० गते सुक्रबार सम्पन्न हुन लागेको नेपालि संगीत क्षेत्रकै ठुलो अवार्ड "बिन्ध्यबासिनी अवार्ड" मा ३१ विधामा प्रतिस्पर्धामा रहेका श्रस्टा कलाकार बीच ठुलो प्रतिस्प्रधा रहेको छ । सहभागिता र लगानी का हिसाबले नेपालकै ठुलो यो अवार्ड नेपाली संगीत क्षेत्रमा एउटा महत्वपुर्ण सम्मानका रुपमा हेरिने गरेको छ । नगद रु,५१,१,५१ ( एकाउन्न हजार एक सय एकाउन्न ) सहित "बिन्ध्यबासिनी म्युजीक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७२" बरिस्ठ गायक प्रेमध्वज प्रधान ज्यु लाई प्रदान गरिनेछ । यसै गरि रु २५,५,२५ (पच्चीस हजार पाँच सय पच्चीस) नगद सहित "बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७२" कान्तिपुर साप्ताहिकका कला क्षेत्रमा समर्पित पत्रकार कृष्ण भट्टराई ज्युलाई प्रदान गरिनेछ , रु १५,५,१५ (पन्ध्रहजार पाँचसय पन्ध्र ) नगद सहित "बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२" बाट  नेपाली संगीत क्षेत्रका भर्षटायल गायक राजेश पायल राईज्यु सम्मानित हुनुहुने छ, त्यसै गरि रु १०,००१ ( दश हजार एक ) नगद सहित "बिन्ध्यबासिनी चलचित्र सम्मान २०७२" संसारकै सबै भन्दा सानो उमेरका निर्देशक सौगात बिस्टलाई प्रदान गरिनेछ जसले संसारकै सानो उमेरको निर्देशक को रुम मा गीनीज बुक अफ वर्ल्ड रेकर्ड मा आफ्नो नाम लेखाउन सफल भए। 

नेपालि गीत संगीत को यो धराशायी अबस्थामा पनि गीत संगीत क्षेत्रमा नगद सहितका सम्मान र अवार्ड गर्ने बिन्ध्यबासिनी सस्थाको आट र हिम्मतलाई सह्राहना गर्नै पर्छ, नेपालि गीत संगीतलाई मर्यादित र ब्यबस्थित बनाउने महान अभिप्राय बोकेको बिन्ध्यबासिनीले गरेको यो अवार्ड को छैटौ सस्करण हो , संगीतका सबै विधा र श्रस्टा कलाकार संगै संगीत ब्यबसायीलाई पनि सम्मान गर्ने यो अवार्ड को बिशेषता रहेको पाईन्छ।

 "जय गीत जय संगीत" लाई आफ्नो मुल नारा मानेर सम्पुर्ण संगीत जगत लाई एउटै मन्च मा समेट्ने विन्दवासीनी को यो प्रयास निरन्तर जारी रहोस। जमर्को परिवार हार्दिक शुभेक्षा प्रकट गर्दछ।

कोई टिप्पणी नहीं