अपडेट

यसरी पसारियो बाबुरामको नयाँ शक्ति सिंह दरवार अगाडी।


२१ मंसिर, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दलहरुको माग संवोधनका लागि सरकारलाई दवाब दिन भन्दै काठमाडौंमा सोमबार प्रदर्शन गरिएको छ । राष्ट्रिय आन्दोलन संयुक्त आयोजक समितिले नागरिक धर्नाका नाममा सिंहदरबार अगाडि प्रदर्शन गरेको हो ।

मधेस आन्दोलन सुरु भएको चार महिना हुन लाग्दा पनि सरकारले माग सम्बोधनका लागि गम्भिरता नदेखाएकाले दवाब दिन प्रदर्शन गरेको धर्नामा बसेका नेताहरुले बताएका छन् ।

धर्नामा डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति निर्माण अभियानका नेताहरु सुन्दरमणि दीक्षित, हिसिला यमी, रामचन्द्र झा, रामरिझन यादव, रामकुमार शर्मालगायत थिए ।

उनीहरुले ‘तराई मधेसको माग पूरा गर’, ‘कालोबजारी नियन्त्रण गर’, राष्ट्रिय स्वाधिनताको रक्षा गर’ लगायतका नाराहरु लगाएका थिए । उनीहरुले मधेस आन्दोलन र भारतको नाकाबन्दी अन्त्यका लागि सरकारले प्रभावकारी कदम नचालेको भनेर आलोचना समेत गरे ।


कोई टिप्पणी नहीं