अपडेट

विन्दबासीनी म्युजीक अवार्डमा पंगेनी द्वयले मारे बाजी-वद्री र कला पंगेनी उत्कृष्ट गायकगायीका।



नेपाली साँगीतीक जगतको सबैभन्दा ठुलो र बहु प्रतिक्षित म्युजीक अवार्ड को पछिल्लो श्रृड•खला वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड दिँदै शुक्रबार राजधानीको आर्मी अफिसर्स क्लव मा सम्पन्न भयो । छैटौं विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई ५१ हजार १ सय ५१ रुपैयाँ सहितको अवार्ड दिइएको हो । २५ हजार ५ सय २५ रुपैयाँसहितको विन्ध्यावासिनी कला पत्रकारिता सम्मान भने कान्तिपुर साप्ताहिकका पत्रकार कृष्ण भट्टराईले पाए ।

यसैगरी गायक राजेशपायल राईलाई १५ हजार ५ सय १५ रुपैयाँको विन्ध्यवासिनी संगीत रत्न सम्मान र सौगात विष्टलाई सानैमा चलचित्र निर्देशन गरी विश्व रेकर्ड कायम गरेबापत १० हजार १ रुपैयाँसहितको विशेष सम्मान दिइयो । 

विभिन्न गीत तथा नृत्यका साथ सम्पन्न समारोहमा बब्वु क्षेत्रीको ‘साउनको भेलजस्तो...’ गीत उत्कृष्ट घोषित गरियो भने यही गीतबाट संगीतकार जुगल डंगोलले उत्कृष्ट संगीत संयोजकको अवार्ड थापे ।

साँगीतीक विधाहरुमा लगभग सबै धार लाई समेट्ने प्रयास गरिएको कार्यक्रममा लोक दोहोरी विधा तर्फ गायक बद्री पंगेनीले ‘रातो पछ्यौरी’बाट उत्कृष्ट गायकको बाजी मारे भने गायीका कला पंगेनीले ‘गुन्द्री तानेर’ बाट उत्कृष्ट गायन अवार्ड आफ्नो पोल्टामा पार्न सफल बनिन, त्यस्तै सर्वोत्कृष्ट  लोकदोहोरी गीत तर्फ हरी डाँगी “मैले जति तिमीलाई माया” बाट अवार्ड चुमे।

सुगम संगीततर्फ युवराज चौलागाईं ‘हरेक शब्द...’ गीतबाट उत्कृष्ट गायक, श्रेयसी चेम्जोङ ‘म तिम्रो हुँला नहुँला...’बाट उत्कृष्ट गायिका अब्बल बन्दा यही गीतबाट राजकुमार बगरले उत्कृष्ट संगीतकार ठहरिए ।
‘हेर्ने हजार आँखा...’बाट डा. कृष्णहरि बराल उत्कृष्ट गीतकार र ‘धेरैलाई बाँडे नपुग्ला माया मलाई घटाए हुन्छ' बाट श्रद्धा अधिकारी उत्कृष्ट महिला गीतकार बने । उत्कृष्ट एल्बम भने विनोद बञ्जराको ‘बञ्जरा’ ठहिरयो, ‘आफ्नै जिन्दगीको...’ बाट म्युजिक भिडियोमा सुरज श्रेष्ठ र भिडियो सम्पादकमा प्रवीण श्रेष्ठले अवार्ड उचाले भने राजेश घिमिरेले ‘धुजा धुजा...’ बाट छायांकारको ।
 
पपतर्फ ‘फूलको हत्या’ गीतबाट बादल प्रसाईं गायनमा र सुगम पोखरेल संगीतमा अब्बल भए, आकांक्षा बस्याल ‘सोर्ह शृंगार’बाट उत्कृष्ट गायिका ठहरिइन् । युगलतर्फ भने ‘तिम्रो आँखाको’ सुरजकुमार थापा र निकिता थापाले उत्कृष्ट बने । 

‘आत्महत्या’ बाट कमल सरगम उत्कृष्ट संगीतकार र ‘रातो पछ्यौरी’ एकनारायण भण्डारी उत्कृष्ट रचनाकार बने । लोक दोहोरी म्युजिक भिडियो मोडल अवार्ड ‘मलाई दुख्दा’बाट गरीमा पन्त र विमल अधिकारीले पाए, कपिल लामाले ‘कसको सिन्दुर’ बाट उत्कृष्ट म्युजिक भिडियो अवार्ड । 

३१ विधा दिइएको अवार्डमा पाश्र्व संगीततर्फ रामचन्द्र काफ्ले ‘मात लाग्यो...’ बाट गायक, चेतन सापकोटाले संगीतकार, ‘तिमी गीत’ बाट जुनु रिजालले गायिकाको अवार्ड पाए ।

राष्ट्रिय गीततर्फ रोशन भट्टराईले ‘बिहानी घामले’ बाट गीतकारको अवार्ड जित्दा राजेश्वर तण्डुकार बेस्ट रेकर्डिस्ट भए भने लोक तथा दोहोरीतर्फ अमृत खाती ‘मूलको पानीले’ बाट नवप्रतिभा र यही विधाको म्युजिक भिडियोतर्फ विजय थापा र रश्मि तामाङ उत्कृष्ट मोडल ठहरिए भने गंगाधर पराजुली पप तथा आधुनिक गीततर्फ उत्कृष्ट नवप्रतिभा घोषित भए ।

नेपाली गीत संगीतको प्रवर्धन, कलाकारको सम्मान साथै कलाकर्मी को हौसला को लागी अवार्डलाई निरन्तरता दिइएको आयोजक विन्ध्यावासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जनाइन् ।

कोई टिप्पणी नहीं