अपडेट

रोग,सम्पत्ती र सहानुभुती:जुनु निर्भाना रानाको अनुभुती।


यो लेख केही वर्ष पहिले एउटी मृगौला रोगी बहिनीको सहयोग अभियानको तीतोमिठो अनुभव हो।जहाँ एउटी बहिनी जसको दुबै मृगौला फेल भएर उपचार गर्नेक्रममा भोगेको भोगाई यहाँ जस्ताको तस्तै लेखिएको हो।

हो, हामी मान्छेलाई पैसाले कहिले पुग्दैन। पैसा कै लागि भनेर हामीले गार्हो भन्दा गार्हो अप्ठ्यारो नभनी काम गर्दछौं। भनिन्छ, पैसा नै सबैथोक होईन भनेर, तर पैसा बिना आजको यो युगमा हावा र अर्ती मात्रै फ्रीमा पाईन्छ। पैसा छ र त सबै छ आजको अत्याधुनिक र प्रतिस्पर्धाको युगमा।जति जति मानव जिवन विकसित हुँदै गएको छ, उति उति प्रतिस्पर्धा र मै हुँ भन्ने घमण्डको बिकृती पनि बिकास भैरहेको छ।र एकापसमा तँ भन्दा म के कमको छु र भन्ने फोहोरी प्रतिस्पर्धा पनि मौलाउदै गैरहेको छ।
     तर यी सब कुराहरू सबै ब्यक्तीलाई लागु हुँदैन।यो संसारमा धन हुने मात्रै होईन। धन र मन हुनेहरु पनि धेरै छन।भलेही दिनरात मेहेनत गर्ने ब्यक्तिहरु सँग धन कम होला तर मनको धन धेरै हुन्छ।महान छन ति मनहरु जसले दैनिक दस/एघार घन्टा सम्म गारो काम गर्छन।र कसैलाई रोग लागेमा आपत बिपत परेमा सहयोग गर्न हरेक समय तत्पर रहन्छन्।उनिहरुले कसैलाई दुख परेर चन्दा संकलन सहयोग गर्दै गर्दा उनिहरु आफ्नो स्व-इच्छाले मेरो तर्फबाट पनि सय, दुई सय, हजार है,भन्दै सहयोग गर्ने गर्छन।महान छन मनहरु,जसले अरुको दुखलाई आफ्नो दुख ठानेर सहयोग गर्ने गर्दछन।

सोँच्दा हुन, उ पनि हाम्रै आफ्नै छोरा वा छोरी जस्तै हो, आफ्नै बहिनी भाई जस्तो हो र आफ्नै आफ्ना जस्तै हो।अनि आफ्नालाई दु:ख पर्दा कस्तो पिडा हुन्छ, त्यो पिडा आफ्नै झैं ठान्दा हुन, र सानो ठुलो जस्तो रुपमा होस सहयोग गरौं भन्ने ठान्दा हुन अनि भन्ने गर्छन्, हाम्रो सानो प्रयासले कसैको जिवन बचाउन सहयोग हुन्छ भने हामी किन सहयोग नगर्ने ? र सानो तिनो सहयोग गर्दैमा हामी सानो रित्तो हुने पनि त होईन?

हो ,यस्ता सहयोगी भावना भएका मनहरु भेट्दा बिमार मन पनि सन्चो भएझैं महशुस हुँदोरहेछ।
तर सबैको मन एकै कहाँ पो हुन्थ्यो र? कुरा यस्तै २/३ साल पहिलोको हो।यस्तै केसमा सहयोगको लागि भनेर चंदा संकलन गर्दै हिडदा केही यस्ता ब्यक्ति सँग पनि भेट्नु पर्दो रहेछ, जसले सहयोग त परै जाओस्, सहानुभूति समेत दिन कन्जुस्याइँ गर्छ। अनि कुनै कुनै यस्ता ब्यक्ति पनि हुँदा रहेछन।।जसले लाखौं करोडौंको कुरा गर्छ, महँगो लुगा रेस्टुरेन्ट मा खाना खाना खान्छु, जुवातासमा 10/12 हजार हार्नु मेरो लागि केही होईन रे, हो त्येही ब्यक्तिले सहयोग त परै जाओस्,अझ बरु नराम्रो बचन लगाउँदै “दुनियाँलाई हेर्ने ठेक्का लेको छु र”, भन्दै जङ्गिदा रहेछन।हो यो पनि मनै त हो, जसले एकरुपैयाँ दिदा आफ्नो सर्बस्व गुम्छ भन्ने ठान्दा हुन।

हो, यस्ता रोगी बिमारिहरु हजारौं लाखौंको संख्यामा हुन्छन् ।कोही के रोग लागेका हुन्छन् त कोही के रोग।तर बाचुँन्जेल सम्म बाच्ने रहर सबैलाई हुन्छ।र सबैको लागि सहयोग गर्न हामी सक्षम पनि हुदैनौ।तर मानवीय नाताले सहानुभूति वा सानो ठुलो सहयोग गर्न त पक्कै सक्छौं। हुनत विभिन्न रोगीहरुको नाम भजाएर पैसा उठाउने र संबंधित ब्यक्तिलाई नदिई सहयोग बाट संकलन भएको पैसाको दुरुपयोग पनि नगरेका होईनन।र त्यस्ता अपराधी मानसिकता भएका ब्यक्तिहरुले गर्दा नै आज यस्ता अभियानहरु मा अबिस्वास्नियताले जरा गाडेर बसेको छ।यो पक्कै पनि नराम्रो कुरा हो।र यस्ता कुराहरु पारदर्सी बनाउने तर्फ संबंधित ब्यक्ति र समुहहरु जागरुक हुनु पर्दछ।
रोग ब्यथा दिनदशा कहिले कसलाई कसरी लाग्छ भन्ने कसैले भन्न सक्दैनन्।अघि बिहान सम्म राम्रै मान्छे भरे यस्तो उस्तो रोग लागेर अस्पतालमा लगियो रे, अनि अस्ति सम्म हृस्ट्पुस्ट भएको ब्यक्ति कामबाट फर्केर घर आईवरी सन्चै सुतेको, बिहान सुतेको सुतै भयो रे, अनि फलाना यहाँ यसरी बित्यो रे भनेर हामीले सधैं जस्तो सुनिरहन र देखिरहन पर्दछ।हो जन्मे पछि मृत्युको विकल्प छैन। तर सास रहुन्जेल सम्म बाच्नको आश र संघर्ष गर्नु मान्छेको बाध्यता हो।

र त्यस्तै हरेक कुरामा राम्रो नराम्रो पाटो हुँदोरहेछ।सम्झे सबै आफ्ना हुन, न सम्झे सबै पराई।नत्र एकैघरमा बस्नेहरू पनि पराई झैं व्यबहार गर्ने गर्दछन।अनि राम्रो मन-नियत हुने ब्यक्तिले सबैलाई राम्रो दृस्ठिकोणले हेर्छन।तर जो आफैमा घमण्ड र मनमा खोट राख्छ, उसले हरेक कुरालाई नराम्रो दृस्ठिकोणले देख्ने गर्दछ्।
सायद त्यसैले नै भनिएको होला …….
फूलको आखामा फूलै संसार ।
काँडाको आखामा काँडै संसार।

अनुभुती: जुनु निर्भाना राना।

कोई टिप्पणी नहीं