अपडेट

साँगीतीक क्षेत्रकै ठुलो अवार्ड-विन्दवासीनी म्युजीक अवार्ड पौष १० मा सम्पन्न हुने।


काठमाडौं, मंसीर २१ । विन्ध्यवासिनी म्युजीक अवार्ड पौष १० मा सुक्रवार पारेर गरिदैछ विन्दवासीनी फाउन्डेसनले अग्रज संगीतकार शक्ति वल्लभलाई ‘विन्ध्यवासिनी संगीत सम्मान २०७२’बाट सम्मानित गर्दै यो वर्ष को मनोनयन गत असोज मा सार्वजानीक गरेको थियो। रु ५१,१५१।-रुपैयाँ र ताम्रपत्रसहित विन्ध्यवासिनी संगीत सम्मान प्रदान गरिएको विन्दवासीनी म्युजीक अवार्ड मुलुक कै संगीत तर्फ को ठुलो अवार्ड मानीन्छ । विर्षन नहुने अर्को पक्ष भनेको पत्रकार सम्मान मा २५५२५/- र संगीत रत्न मा १५५१५/- पनि विन्दवासीनी ले वर्षेनी प्रदान गर्दै आईरहेको छ।
       फाउण्डेशन ले वर्षेनी अवार्ड कै अवशर पारेर विभिन्न संचार माध्यमका १५ पत्रकारहरुलाई पनि विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको थियो जुन सम्मान कार्यक्रम अवार्ड को मनोनयन सार्वजानीक गर्ने कार्यक्रम मा प्रदान गरिसकीएको छ। गीतसंगीतको माध्यमले संगीत क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याएवापत म्यूजिक खबर डटकम एवं म्यूजिक खबर मासिकका प्रधान सम्पादक सुमन बैरागी, अन्नपूर्ण पोष्ट दैनिकका कीर्तन अधिकारी, हिमालय टाइम्स दैनिकका नेमिष गौतम, रेडियो नेपालका राम अबिरल, बीएफबीएस रेडियोका तुलसी बस्नेत, साप्ताहिकका विदुर खतिवडा, टाइम्स एफएमकी शारदा थापा, हिट्स एफएमकी कला सुब्बालगायतका १५ पत्रकारलाई गीतसंगीत पत्रकारिता पुरस्कारद्वारा सम्मानीत गरिसकीएको छ। 
       भुकम्पिय विपत्ती मा आजिवन सदस्य लगायत अन्य दाता हरुको सहयोग मा ६ लाख बराबर को राहत वितरण गरेको बिन्धवासिनी म्यूजिक प्रालीले हरेक वर्ष प्रदान गर्दै आएको ‘विन्धवासिनी म्यूजिक अवार्ड’को छैटौं संस्करणको लागी उत्कृष्ट ५ मा पर्न सफल स्रष्टा तथा कलाकारको हरु बाट विभीन्न ३१ विधामा उत्कृष्ट एक -एक ले फाउण्डेशन द्वारा प्रदान गरीने उत्कृष्ट अवार्ड पाउनेछन। वर्ष मा दुई पटक राष्ट्रीय टेलिभीजन मार्फत प्रत्यक्ष प्रसारण सहित सम्पन्न हुने उक्त कार्यक्रम नेपाल कै सबैभन्दा धेरै लगानी मा सम्पन्न हुने म्युजीक अवार्ड कार्यक्रम पनि हो जसको अनुमानीत खर्च २० लाख को हाराहारी मा रहेको अवार्ड कार्यक्रम का संयोजक सुवास रेग्मी ले बताए। 
      राजनैतिक अस्थीरता,भुकम्पिय विपत्ती जस्ता विभिन्न प्रतिकुल परिस्थीति को कारण साँगीतीक क्षेत्र मै एक किसीम को ब्यवसायीक रिक्तता या संकट जस्तो अवस्था आईपरेको अवस्था मा पनि विन्दवाशीनी फाउन्डेसन ले गर्न गईरहेको यो म्युजीक अवार्ड कार्यक्रम सह्रानिय छ। साँगीतीक कृयाकलाप सुन्य वरावर रहेको अवस्था मा पनि यति ठुलो साँगीतीक कार्यक्रम हुनु मरुभुमी मा कुवा भेटीनु सरह रहेको कुरा यसै अनुमान लगाउन सकिन्छ। 
     साँगीतीक जगत मा प्रदान गरिने अवार्ड हरु निष्पक्ष भएनन भन्ने गुनासो यो क्षेत्रमा सुनीदै गर्दा विन्दवासीनी म्युजीक अवार्ड निष्पक्ष हुने कुरा मा विश्वस्त रहन फाउन्डेसन की अध्यक्ष लिना रेग्मी ले आग्रह गर्दै अवार्ड मा जुरी को निर्णय ५० प्रतिशत,दर्शक श्रोता को मत एसएमएसमार्फत ४५ प्रतिशत र आयोजक समिती को अभिमत ५ प्रतिशत समेटीईने हुँदा अवार्ड कार्यक्रम निष्पक्ष हुने कुरा मा कुनै शंका नरहेको पनि बताउनुभयो। फेरी हामी अवार्डको नतिजा र प्रकृया पनि प्रकाशीत गर्नेछौं भन्दै विन्दवासीनी म्युजीक अवार्ड को निष्पक्षता मा कुनै खोट नरहेको दोहोर्याउनुभयो भने केही अालोचक पक्ष ले फेरी पनि असन्तुष्टी पोख्न सक्ने कुरा संयोजक सुवास रेग्मी ले बताए। निम्न किसीम का ब्यक्ती हरु या सम्मानित कलाकार हरु नै कार्यक्रम का आलोचक या निष्पक्षता मा प्रश्न उठाउन सक्ने हरु हुनेछन भनेर संयोजक ले आलोचक हरु को बुंदागत बर्गीकरण निम्न अनुसार गरे। 
१) प्रतिस्प्रधाको लागि भर्न पर्ने फर्म भर्न अल्छी गर्ने 
२) फर्म भर्ने समयावधि सकिएपछि लौ न मेरो छुट्यो मिलाउन मिल्दैन भन्ने ।३) छनौट का उत्क्रिस्ट ५ को नावाबली सार्बजनिक भए पछि यो भन्दा त्यो गीत राम्रो थियो भनेर आफ्नो निर्णय सुनाउने।४) अघि पछि निमन्त्रणा कार्ड पठाउदा पनि कार्यक्रम मा नआउने-कार्ड नपाउदा ए मलाई त निम्तो नै आएन भनेर खोंचे थाप्ने । ५) कार्यक्रम कसरि र कुन दुख मेहनतले गरेको छ नसोची - यो पालि स्टेज,साउण्ड अथवा कार्यक्रम संचालक झुर थिए भनेर मन को तितो पोख्ने । ६) अवार्ड जित्नका लागि आयोजकले तोकेको मापदण्ड प्रति ध्यान नदिने - अनि आफुले जितेन भने आफ्नालाई मात्र दियो भन्ने 
७) आफ्नो स्वार्थ प्रतिकुल नतिजा आयो भने- आयोजक को कर्ममै स्वार्थ देख्ने ।- माथि उल्लेख गरेका कुराहरु नेपालि संगीत क्षेत्रमा सृजना,समर्पण-साधना र लगाब बिनै हिट कहलिएका कलाकार हरु र विद्वानहरुमा लागु हुन्छ र विनिदवासीनी म्युजीक अवार्ड को आलोचना पनि त्यही वर्ग वाट नहोला भन्न सकिन्न भन्ने आशंका सुवास रेग्मीको थियो।
( जमर्को परिवार पनि विन्दवाशीनी म्युजीक अवार्ड को निष्पक्षता र भब्यता को कामना गर्दछ।)

प्रस्तुती:दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं