अपडेट

ठुली को बनभोज र यौटा नमीठो सम्झना-दुर्गा पंगेनी।



एक महिना अगाडी मेरो भ्रमण तय भएको थियो यौटा परिचीत सहरको, त्यो ठाउ संग मेरा पुराना संझना हरु छन, सन २००५ को सरुवात ताका म त्यही सहरमा जागीरे थिएँ मैले त्यहा लगभग दुई वर्ष विताएको छु, आफ्ना पुराना याद ताजा बनाउने अवसर ले मलाई निकै उत्साहित बनाएको थियो मैले त्यहा रहेका मेरा परिचीत हरु लाई म आउदैछु भनेर सुनाईसकेको थिएँ। मलाई भेट्न चाहने मेरा शुभचिन्तक को लिष्ट पनि लामै थियो समय अभावको कारण सिमीत सहृदयी हरु संग मात्र भेट्ने र भलाकुसारी गर्ने मेरो योजना थियो मेरो।

सरकार का केही नया नियम तथा अहिले बनेका नया कानुन को कारण सिथिल भएको ब्यावसायलाई केही बौराउने उद्देश्य र पुराना मित्र हरु संग को भेटघाट मेरा भ्रमण का एजेन्डा थिए, साथी हरु संग को भेट पछी अन्य योजना वन्नु स्वभाविक हो, यो पटक पनि त्यस्तै भयो मेरा पनि अनौपचारीक कार्यक्रम हरु तय भए ।

मेरी अति आत्मीय साथी पनि यही शहरमा काम गर्छीन त्यो मैले उनको फेसबुक प्रोफाईल हेर्दा नै थाह पाईसकेको थिएँ, एकदिन टुच्च म्यासेज पठाएँ -म तिम्रो सहर मा आउदैछु नी ठुली..!! उता बाट अनौपचारीक रिप्लाई आयो ल बधाई छ एन आर एन बन्ने भएछौ..।ठुली ले नपत्याएको पक्का भयो मैले मेरो उडान मिती र होटल बुकिड• को डिटेल दिएपछी अचम्म मान्दै सोधीन साँच्चै आउने हो मित्रे? उनलाई लाई जिस्कायाउदा म ठुली भनेर बोलाउथें र उनी मित्रे भन्थिन, साथी लाई मित्र र मित्र लाई माया गरेर मित्रे भनेको रे मित्रता को यो उनको आफ्नै परिभाषा थियो, म पनि कहिलेकाही उनलाई मित्री भन्दिन्थें। 

हो यार म नआई नहुने भो तिन दिन जति भुल्छु होला।अफीस मा काम साह्रै थोरै भो दुईचार जना पुराना पार्टी हरु लाई पनि विश्वस्त पार्नुछ, तिनीहरु काम अरुलाई दिईरहेछन फ्रि भिषा र फ्री टिकट को नियम ले गर्दा कमिशन मा परेको असर ले मेरो काम मा मन्दि लाएको छ त्यहा दुई दिन म भेटघाट मै ब्यस्त हुन्छु फर्कनु भन्दा अगाडी तिमीलाई भेटेर समुद्री किनारमा रमाउन मन छ, पुराना हाम्रा मित्रता का याद हरु लाई ताजा पार्नुछ मलाई भेट्न समय मिलाउ है। मैले मेरो भ्रमण को उद्देश्य भन्ने र ठुली लाई लाईन मार्ने काम यौटै म्यासेज ले पुरा गरें र अफलाईन भएँ। भोलीपल्ट फेसबुक मा ठुलीको म्यासेज आएको रहेछ, मित्रे सुक्रबार पारेर आयौ भने मात्र भेट होला नत्र त खोई भेट हुन्छ नै भन्न सकिन्न तिमीलाई थाह छदैछ यहा काम पहिलो प्रथामिकता मा पर्छ सकेसम्म तिम्लाई भेट्न मलाई पनि मन छ, तर म तिम्लाई भेट्न एक्लै आउदिन अव मलाई लाईन मार्न छोड मित्रे..! मैले लाईन मारेको ठुली ले बुझेर पनि एक्लै आउदिन भन्ने जवाफ दिएको देख्दा मैले लख काटें 'ठुली को पनि लप परेछ क्याहो..,!!😂

दिउसो चार वजे उत्रदैछु सि यु देअर..! मैले काठमाडौ बाट उड्ने बेला रिप्लाएँ, ठुली ले झण्डै चिच्याएको ईमो पठाईन, भोली अठार तारीक यहाको राष्ट्रीय दिवस हो हामी यौटा संस्था बाट बनभोज को आयोजना गर्दैछौं भोली बनभोज जान पर्छ ल मित्रे,नाई भन्न पाउन्नौ हाम्रो त्यही भेट हुन्छ रमाईलो पनि हुन्छ ठुली ले उत्साह पुर्ण प्रस्ताव राखीन।ठुली ले राखेको प्रस्ताव मा मैले यसै हुन्छ भन्न सकिन किनकी पहिला मैले मेरो ब्यवसायीक भेटघाट लाई टुंग्याउनु पर्ने थियो जो पुर्व निर्धारित थिए। अर्को कुरा म भिडभाड मन नपराउने मान्छे काम छोडी छोडी कता रमाईलो मा पुग्नु, भै गो मित्री म त बनभोज जान्न होला बरु तिमी बनभोज सकेर खवर गर समय रहेमा भेटौला, यो कुरा हुँदा म होटल रोयल को रुम नंबर २०३ मा सुस्ताईरहेको थिएँ। 

त्यतीन्जेल सम्म ४-५ वटा ईमेल हरु आईसकेका थिए प्राय ईमेल हरु मेरो एपोईन्टमेन्ट सनिबार लाई सारिएको या त रद्द गरिएका थिए, सुक्रवार यहा यसै विदा थियो त्यसमाथी सुक्रवार परेको राष्ट्रीय दिवस को उपलक्ष मा आईतवार पनि विदा घोषणा गर्यो सरकार ले-म पुरै बेरोजगार भएँ। 

दिन जसरी पनि विताउनु पर्ने थियो,मेरो भेटघाटको लिष्टमा यही सहरमा कार्यरत मेरा मित्र पदम गीरी पनि थिए जस्को कार्यालयको खास निमन्त्रणा मा म आएको थिएँ उनी यहा यौटा कम्पनी मा ब्यवस्थापक छन, मलाई सहयोग गर्ने वचन पनि दिएका छन,अन्यत्र का मेरा भेटघाट का मध्यस्तकर्ता पनि उनै हुन मैले पदम लाई म्यासेज गरें- पदम म त बेरोजगार भएँ यार तिम्रो सहर मा..! पदम ले तुरुन्तै रिप्लाए चिन्ता नगर यार मेरो पनि विदा छ रमाईलो र घुमघाम गरौंला बनभोज जाउला र भरे सोलमारी मा रमाउला समय गैहाल्छ..! म अली ढुक्क भएँ, वनभोज को कुरा ले फेरी झस्कायो कतै ठुली ले आयोजना गर्ने भनेको र पदमले जाम्ला भनेको बनभोज यौटै त होईन..? सोध्न मन लाग्यो -मैले ठुली लाई म्यासेज गरें,यार ठुली तिम्ले पदम लाई चिन्छौ..? ठुली ले पुर्वेली लवज मा सहज जवाफ दिईन - चिन्छु त हउ..! तिमी संग म्युचुअल छन त ..! यहा मेरा सहकर्मी बैनी हरु का साथी हुन तिम्रा पदम गीरी, अर्को कुरा मित्रे त्यो हेन्सम को ग्रुप नै आउदैछ हाम्रो बनभोज मा ..। ठुली ले पदमलाई हेन्सम भनेको सुन्दा मलाई भित्र भित्रै डाह लाग्यो, हुन पनि हो पदम आम केटा हरु भन्दा बढी नै हेन्सम छ, विरानो शहरमा पनि गर्लफ्रेण्ड चैं धेरै नै होलान मोरा का मैले अनुमान गरें र भित्र भित्रै मुर्मुरिएँ।

ठट्टै ठट्टामा हामी बनभोज जाने भयौं, पदम ले मलाई रोजाए अव पनि होटल मै बस्छौ कि मेरो घर मा? हामी ले होटल को रुम छाड्यौं र पदम को मा गयौं, दैनिक दश हजार हाराहारी को होटलको विल वचत हुनेभो, हुन त मेरो बुकिड• चौविस घण्टे मात्र थियो अठार तारीक १२ वजे हुने वित्तीकै अर्को दिनको विल चढ्थ्यो सय डलर, होटलको पैसा जोगाएर त्यस्को रौसी खान पर्च-पदम संग  मलाई लिन आएको अर्को साथी वशन्त ले आईडिया निकाल्यो-म रम किन्छु मनोज ले मासु पकाउछ...!!राती हाम्रो सोलमारी जम्ने पक्का भयो।

साथी पदम लगायल सहृदयी मित्र कविन्द्र विष्ट, वशन्त,दिपक कार्की अनी म हामी पाँच जना बाहेक पदम को कार्यालय सहयोगी भाई अजय पनि संगै थिए, हामी छ जना भएर ठुली को निम्तो स्विकार्दै बनभोज खान हिडीयो लगभग १३० किलोमिटर टाढा को पार्क मा-अलग अलग गाडी मा भएको ले पदम हरु केही चाडो पुगेछन हामी दश मिनेट ढिलो पुग्यौं, मैले गाडी भित्रै बाट नियालें संस्था का अध्यक्ष मेरा फेसबुक का परिचीत मित्र रहेछन दिपक लामीछाने, प्रत्यक्ष चिनजान नभएपनि हाम्रो फेसबुके मित्रता सम्मानजनक थियो,उनी पनि ईज्जत गर्छन र म पनि उनलाई सम्मान गर्न कन्जुस्याई गर्दिन, मैले चारै तिर नजर घुमाएँ त्यहा कमसेकम २०-२५ जना मैले प्रत्यक्ष चिनेका र ५० माथी मलाई चिन्ने साथी हरु हुनुहुदोरहेछ। म समस्या मा परें सबै लाई एक एक भेट्न थालुँ समय नपुग्ने एका दुई संग मात्र बोलुँ अरु को वास्ता नगरेजस्तो अपजस आउने-मैले गोजी बाट चस्मा निकालेर लगाएँ वसन्त ले मास्क दिए चस्मा र मास्क ले छोपिएर म बनभोज मा छिरें।

ठुली आफ्ना सहकर्मी हरु संग गोलवद्द भएर दुवो मौलाएको चौर मा बसेकी रैछन,आयो मित्रे भनेर ठुली ले मेरो हात संग हात पड्काएक स्वागत गरिन,उनकी साथी पद्मा त्यही थिईन मैले उनलाई जिस्क्याउदा भुड्की लेख्दिन्थें तिनका फोटाको कमेन्ट मा भुड्की ले नराम्रो मान्दैनथिन मैले त्यहा पनि भुड्की नै भनेर बोलाएँ,वेला बखत हाम्ले ईन्वक्समा प्रयोग गरेका शव्द हरु उच्चारण गर्दै छेडछाड पुर्ण रमाईलो गरियो,ईशा र विना पनि मेरा परिचीत बहिनी हरु हुन त्यही टिम मा भेटीईए,मास्क लगाएको कारण मलाई कसैले चिनेका थिएनन म चाहान्थें पनि त्यही-कसैले नचिनुन, स्टेज मा लामा लामा राजनैतिक भाषण हरु चलिरहेका थिए-बाबुराम भट्टराई को नयाँ शक्ति निर्माण का संयोजक फलाना भनेर एक जना वक्ता लाई स्टेज मा भाषण गर्न बोलाए संचालक ले-मलाई झट्ट खुल्ला मंच को याद आयो।फोहोरी राजनिती र नेता का भाषण सुनी सुनी अघाईसकेको मैले बाबुराम भट्टराई बाटै नयाँ शक्ति को बारेमा दैनिक सुन्दै आईरहेको थिएँ त्यहा ति फुच्चे संयोजकको भाषण सुन्नुको कुनै औचित्य रहेन,मलाई ईशा ले मास्क खोल्न जोड गरीन मैले यो पार्क घुमाईदिए मात्र मास्क खोलेर मुख देखाउने प्रस्ताव राखें-हाम्रो टिम लाई लिएर ठुली र ईशा पार्क भ्रमण मा निस्क्यौं।अलि पर पुगेपछी ईशु ले मेरो मास्क खोसेर गोजी मा राखीन,आडै बाट एउटा अरवि मान्छे हाय भन्दै क्रस भयो,मैले ईशुलाई भनें उ त्यो मान्छे ले तलाई लाईन मार्यो..!कविन्द्र ले पनि थप्नुभो ईशु ले लाईन मारेको पनि बुझ्दिन यो बच्चै छे..! हिं म हुन त २२ भैसकें ईशु ले कुरा नवुझेको मा थकथकी मानीरहिन मैले कमसेकम लाईन मारेको त बुझ्न पर्च अव तरुनी भयौ भनेर संझाएँ,माहोल निकै रमाईलो भयो हामी पुन कार्यक्रम स्थल तिर फर्क्यौं।

हाम्रो छुट्ने बेला भयो ठुली ले भोज नखाई नजान गरेको आग्रह टार्न नसकेर गाडी चढीसकेका कविन्द्र र पदम फर्केर आए,हामी यौटा छाप्रो मुनी बस्यौं ईशु ले पालै पालो सबैलाई खाना सर्भ गरिन दुवो को चौर मा बसेर हामी नौ जना को टिम ले खाना खायौं, सोच्दै नसोचेको रमाईलो भयो परदेश मा पनि साथी हरु यो हद सम्म को रमाईलो मा जुटीरहेछन, नियमीत कर्म बाहेक जिन्दगी लाई नर्मलाईज्ड गर्ने आयोजक को यो तरिका प्रति म नतमस्तक भएँ,प्रत्यक्ष भेट नभए पनि मैले ठुली लाई भनें-ठुली मेरो तर्फबाट दिपक लाई धन्यवाद भन्दिनु ल। दिपक पनि ग्रे कलर को कोट मा हेन्सम देखीईराछ मैले ठुली लाई छेड हाने, ठुली ठुस्किईन..!

यस विच मा रातो टिसर्ट लगाएको एकजना भलाद्मी मान्छे निकै पटक ठुली संग खुसुरफुसुर गरेको देखें मैले,पापी मन न हो अनुमान गरिहालें पक्का ठुली को लप्परेको मान्छे यही होला। मैले नाम सोधें ठुली ले नाम भनिन अहिले उल्येख नगरौं, साँझ ग्रुप सेक्युरीटी सिस्टम का मानव शंसाधन विभाग प्रमुख साथै नेपाली सेना का पुर्व कर्नेल रामेश्वर सुवेदी संग मेरो भेट्ने कार्यक्रम तय थियो नेपाली भएको नाता ले विदाको दिन पनि उनी मलाई भेट्न समय दिईरहेका थिए, त्यसको लागी कर्नेस हाम्रो रोजाईमा परेको थियो, राष्ट्रीय दिवस को कार्यक्रम पनि हेर्ने र हाम्रो ब्यापारीक छलफल पनि गर्ने दोहोरो काम को लागी हामी ले यो स्थान र समय रोजेका थियौं, हामी कर्नेस पुग्ने भनेपछी ईशु र विना ले कार्यक्रम हेर्न जाने ईच्छा देखाए, ठुलि लाई मैले नै कर गरें, आज त जसरी भएपनि हामी समुद्री कीनार घुमौं ठुली साथी हरु पनि मनग्य भए , कविन्द्र र बसन्त संग गाडी छदैछ सिट नपुगे मैले ट्याक्सी गर्छु , मैले मेरो योजना ठुली माथी थोपरें, ठुलि ले नाई नास्ती गरिनन, अनी हामी कर्नेस तिर सोझीयौं, म एयरपोर्ट जादैछु फर्कदा तिमीहरु कहाँ हुन्छौ खवर गर त्यही लिन आउछु भनेको रातो टिसर्ट वाला मान्छे को विहेवियर अचानक परिवर्तन भयो र फोन मार्फत पोखीन थाल्यो। तारन्तार घरि ठुली को मा त घरि ईशु र विनु को मोबाईल का घण्टी बजीरहे, केटीहरु निरास भएजस्तो गुमसुम भएजस्तो मानेर मैले चासो देखाएँ तर जवाफ हात परेन,अचानक बजेको फोन विना को हात बाट खोसेर मैले उठाएँ र उताबाट बोलेको सुनें, मेरो जिन्दगी मा मैले भलाद्मी भनेर अनुमान गरेको मान्छे त्यसको विपरीत निस्क्यो, यहा सम्म की मैले धेरै सम्मान गर्ने मान्छेको नामै किटेर अश्लील शव्द बोली रह्यो, अराजकता,अनुशासन हिनता र अनैतिकता तिनवटै कुरा को पराकाष्ठा नाघेको त्यो भलाद्मी को कुरामा मैले जवाफ फर्काउन सक्ने कुरै भएन, मेरो रिस टाईम लाईन मा स्टाटस लेखेर पोखें- "नारी जाती को सम्मान गर्न नसक्ने नगरवधु का सन्तान हरु" भनेर, लगत्तै कसैले कमेन्ट गर्यो "कुरा बुझे मार्दिनु"...!  ठुली लाई हेरें आँखा टिल्पीलाई रहेका, मैले सम्झाउन खोजें ठुली पिच्च  परेली बाट तप्किईन मलाई दुख र पछुतो दुबै लाग्यो ठुली लाई मैले कर्नेस जान कर गर्न नहुने गल्ती गरेछु। 

एउटा पछुतो र ग्लानी संगै बनभोज सकियो,कर्नेस मा ठुलीले मलाई सोधिन-कति दिन भुल्छौ मित्रे..! आईतवार नौ बजे मस्कट को लागी उड्दैछु मैले छोटो जवाफ फर्काएँ, छुट्टीने बेलामा मैले ठुलीको हात समातें,तिम्रो सम्मान गर्ने मान्छे ले मात्र तिम्रो हात सधैंको लागी समात्न पाओस ठुली,जिन्दगी का अहम निर्णय हरु सोच विचार गरेर मात्र गर्नु,त्यहाको सामाजीक मर्यादाले मलाई रोक्यो नत्र ठुली लाई गम्लंग अंगालो मार्ने मेरो चाहाना हो,त्यतीन्जेल मा पदम जी ले करवा ट्याक्सी रोकीसकेका रहेछन ईशु विनु र ठुली ट्याक्सी चढेर तरवार गेट कटेको मैले आँखा नझीम्क्याई हेरीरहें । 

संस्मरण: दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं