अपडेट

भुटान पनि सचेत हुन जरुरी छ।


भारतको उपल्लो सदन राज्यसभामा नेपालबारेको रडाकोः- अन्तर्राष्ट्रिय जानिफकार समेत रहेका जनता दल यूका सांसद पवनकुमार वर्माः 'हामी संकटको सामना गरिरहेका छौं । हामी आगोसँग खेलिरहेका छौं । नेपालको आलोचना गरेर हामी किन यो विषयलाई अन्तराष्ट्रियकरण गरिएको छ ? बेलायतको संयुक्त वक्तव्यमा उल्लेख गरियो । दुई देशको सम्वन्धमा तेस्रो पक्षको मध्यस्थता चाहिँदैन । हामी के गर्न चाहिरहेका छौं ? जब नेपालसँगको सम्वन्ध यो अवस्थामा पुग्यो, चीनले नेपालले प्रभाव विस्तार गर्न खोजेको छ । तिब्बतबाट काठमाडौंसम्म रेल ल्याउने भनिएको छ । भुटानले पनि यो हेरिरहेको छ र उ पनि भूपरिवेष्ठित देश हो । उसले आफ्नो अत्यावश्यकीय आपूर्तिबारे के सोच्ला ? हामी सार्वभौम देशसँग काम गरिरहेका छों । ठूल्दाईका रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । असल छिमेकीका रुपमा सहयोगी भूमिका खेल्नुपर्छ ।' भुटान पनि सतर्क हुने बेला आएको छ किनभने भारत कसरी छिमेकीसंग भूपरिवेष्टित मुलुकसंग व्यवहार गर्दोरहेछ भन्ने भण्डाफोर हुन पुगेको छ- आशय उनको थियो ।

कोई टिप्पणी नहीं