अपडेट

श्रीमती संगको रोमान्समा बेग्लै मजा-कलाकार मुक्ती बाबु।

  

   साधारण युवा साधारण आवस्यकता  साधारण समाज तर सपना असाधारणमन चन्चल,उमेरका हिसावले एकाग्रताको कमी तर पनि संघर्ष अपरिहार्य  तुरुन्तै प्रतिफल को आवस्यकता पनि। मन भरी कलाकारीता दिमाग भरी रेडीयो कर्म अनी पत्रकारीता तर समय ले उडाएर सीमाना पारी अझ भनु सात समुद्र पारी पुर्याएको यौटा युवा जो रहर मार्न पनि सक्दैन  पुरानो पेशा चटक्कै छोड्न पनि सक्दैन,आज हामी कुरा गर्न गैरहेछौ जो साधारण जिन्दगी का असाधारण सपना पुरा गर्न विरानो मुलुकमा संघर्ष गर्दागर्दै पनि कला क्षेत्र लाई माया गरीरहन्छ पत्रकारीता लाई आफ्नो कर्म सम्झन्छ  जुधिरहन्छ समाज संग अनी लम्कीरहन्छ गन्तव्यमा। हो उनै कलाकार मुक्ति सुवेदी संग। यहा प्रस्तुत  आधादर्जन जति भिडीयो मा काम गरिसकेका उदियमान कलाकार मुक्ति सुवेदी को अनुभव को सार संक्षेप।


        कलाकारीता क्षेत्र को पछील्लो पुष्ता हुनुहुन्छ तपाई को विचार मा तपाई को पुष्ता ले बुझेको कलाकर्म  समाज को मान्यता विच को भिन्नता को बारेमा केही भन्दिनुस  भन्ने प्रश्नमा मुक्तिबाबु भन्छन,हेर्नुस नयाँ पुष्ता जहिलेपनि प्रयोगात्मक हुन्छ,आफ्ना हरेक काम मा नयाँ प्रयोग गर्न रुचाउछसंगीत जगत मा पनि निकै धेरै प्रयोग हरु हुदै आईरहेछन जस्तै लोक दोहोरी मा ग्ल्यामरस दृष्य को प्रयोग पनि एकपटक नयाँ प्रयोग को रुप मा आयोदोहोरी गीत मा ग्ल्यामर को प्रवेश लाई कतीपय अग्रज ले सामान्य रुप मा लिन सकेनन  ब्यक्तीगत विरोध हरु पनि भए ब्यक्ति ब्यक्ति मा मनमुटाव हरु सम्म भए।कतिपय नयाँ पुष्ता ले पनि लोक दोहोरी गीत निकै फोहोरी भएको आरोप केही समकालीन हरु लाई लगाउने गरेका छन।परम्परा  संस्कृती अनी ब्यवसाय  चर्चा विच को प्रतिष्पर्धा मा दोहोरीको मौलिकता भने हराउदै गईरहेको छ त्यसमा दुईमत छैन। सामाजिक मान्यता हरु विस्तारै स्थापित हुदै जानेछन र नयाँ पुष्ताले सुरु गरेका धार हरु ले मान्यता पाउदै जानेछन यो समय चक्र संगै हुदै जाने कुरा हो।


      तपाई को कलाकारीता र पत्रकारीता को बारेमा छोटकरीमा भन्नुपर्दा भन्ने हाम्रो जिज्ञाशा मा सुवेदी भन्छन- रेडीयो कर्म मेरो पुरानो पेशा हो समय या भनुँ परिस्थीती ले मलाई रेडीयो कर्म या संचारकर्म मा निरन्तर लागीरहन दिएन तै पनि मैले पत्रकारीता चटक्कै छोड्न सक्तिन,यो सन्सारको जुनसुकै कुनामा रहेपनि समाज प्रतिको मेरो उत्तरदायित्व म पुरा गरिरहनेछु। अर्को पक्ष भनेको कलाकारीता हो अभिनय मा सानै देखी रुचि भएकै कारण पनि म मोड्लिड• प्रति आकर्षीत थिएँ सायद म नेपाल मै भैदिएको भए अहिले सम्म म पुर्णकालीन मोडल या ब्यवसायीक मोडल भैसक्थें या मेरो पेशा नै मोड्लिड• हुन्थ्यो होला,मुलुक बाहिर रहेको कारण ले अभिनय मेरो सौख मा सिमीत भएर रहेको छ।

सबैभन्दा पहिला मैले निर्देशक संजीव खनाल संग "निष्ठुरीलाई" भन्ने गीत को भिडीयो मा काम गरें,सुस्मा हमाल को स्वरमा रहेको उक्त गीत का गीतकार मनोज मनसुन र संगीतकार वि वि अनुरागी जी हुनुहुन्थ्यो, त्यसपछी अनिल पहाडीले आफै लेखेर संगीत भरेको गीत "कहाँ छौ तिमी" भन्ने गीत जुन अनिल पहाडीकै आवाज मा रहेको छ जसको भिडीयो निर्देशन कुशल निर्देशक विष्णु भट्टराई ले गर्नुभएको थियो अर्को छुटाउनै नहुने कुरा त्यो गीतमा हामी श्रीमान श्रीमती दुबैले अभिनय गरेका छौ, त्यो पनि यौटा नौलो अनुभव रह्यो , रियल जिन्दगी को रोमान्स रिल लाईफ मा हेर्दा वेग्लै अनुभव भयो। अर्को लाग्छ आज जिन्दगीको" भन्ने गीत जुन निकै मर्मस्पर्सी छ चर्चित गायक प्रमोद खरेल जी ले गाउनुभएको छ र त्यसको भिडीयो निर्देशन विष्णु वस्नेत ले गर्नुभएको छ, ।त्यसपछी गायक रामकृष्ण वम मल्ल को आवाज मा रहेको परदेशीएका युवा लाई लक्षित गरिएको गीत छ "बाध्यता ले परदेश पसेनी देशको माया मार्नु हुदैन भन्ने" जुन निकै संदेशमुलक र समसामयीक छ,संगीतकार श्रीकृष्ण वम मल्ल ले अत्यन्तै मिठो धुन भरेको उक्त स्वदेश गानमा पनि मैले अभीनय गरेको छु। अहिले भर्खरै गरेको भिडीयो चाही "माया छुट्नुमा गल्ति थियो मेरो पनि" हो ,अनील पहाडी को आवाज र गुरु सुरेश सेन्चुरी को संगीत मा रहेको कर्णप्रिय गीत अव छिटै बजार मा आउदैछ।


     विदेश पलायन सम्वन्धी तपाई को जिज्ञासा मा म के भन्न चाहान्छु भने सामाजीक रुपमा बुझ्दा जम्मा दुईकीसीमका पलायन देख्छु मैले पहिलो स्वैच्छीक पलायन र दोश्रो बाध्यात्मक पलायन, बाध्यता वस पलायन को बाटो समाएका युवा हरु एक न एक दिन नेपाल फर्कनेछन तिनीहरु ले श्रम गरेर मेहनत गरेर कमाएको पैसा नेपाल भित्रनेछ र देश ले आर्थीक रुपमा टेवा पाउनेछ तसर्थ परिस्थीती जन्य प्रतिकुलको कारण देश छोडेका युवा लाई पलायनवादी को आरोप लगाउनु ब्यर्थ छ तर जो कलाकार स्वईच्छा ले देश छोड्छन या नेपाल बाटै पहिला विदेश को बसाई अनुमति पत्र बनाएर विदेश जान्छन तिनीहरुको नियत नै जुनसुकै मुल्यमा नेपाल छोड्ने हुन्छ तिनीहरुका सपना ठुला हुन्छन र उतैको भएर रहन्छन,नेपाल मा भएको चल अचल सम्पत्ती समेत विक्री गरेर उतै लैजान्छन र नेपाल फर्कने प्रसंग उठ्दा नाक खुम्च्याउछन भने ति पक्का पलायनवादि हुन मेरो सोझो सोचाई यत्ती हो।


    समाज सेवा मा पनि सकृय हुनुहुन्छ तपाई को सहभागीता र अग्रसर मा भएको कुनै एक काम को बारेमा भन्दिनुस न भन्दा मुक्ती भन्छन- हुनत हामी ले समाज सेवामा चर्चा गरिहाल्न पर्ने त्यती ठुलो उपलब्धी  हासील गरिसकेका छैनौं तै पनि तत्कालिन रुप मा संझनु पर्दा हामी विदेशमा रहेका शिवालय उच्च मावीका विध्यार्थी  बसाइ सरेर अन्यत्र गएका साथीहरु सबैजना मिलेर “शिवालयमा कम्प्युटर शिक्षा” लाई एउटा अभियानको रुपमा सन्चालन गरेर विध्यालयको निम्ती  थान कम्प्युटर हस्तान्तरण गरिएको दिन निकै खुसी लाग्यो,समाजसेवा को हाम्रो पहिलो खुड्कीलो मा साथ निभाउने सम्पुर्ण साथी हरुमा नमन गर्दछु।अब हाम्रो विध्यालयका विध्यार्थिले कम्प्युटर विषय अध्ययन गर्न पाउने भएका छन  विद्यालयको आवस्यकतालाई ध्यान दिदै रु  लाख ५० हजार बराबर अनुमानित लागतको पुस्तकालय निर्माणको काम सुरु गरिने कार्यक्रम पनि हामी ले सुरु गरेका छौं,समाजसेवा को सानो प्रयास ले पनि ठुलो खुशी दिनेरहेछ अव म निरन्तर समाजसेवा मा समर्पित रहीरहनेछु यो मेरो प्रण हो। 


    अन्त्यमा मेरा दर्शक तथा शुभचिन्तक हरुले मेरो आउदै गरेको भिडीयो हेरेर मनोरंजन लिनुहुनेछ भन्ने अपेक्षा गर्दछु साथै  सल्लाह  सुझाव पनि दिनुहुनेछ भन्ने आशा गर्दछु।


प्रस्तुतिदुर्गा पंगेनी


कोई टिप्पणी नहीं