अपडेट

थुईक्क लव म्यारिज - खेम गैह्रे पृथक

" थुइक्क लव म्यारिज"

बाटोमा कल्पना गर्दै गएँ आज त एकदम थकाइ लागेको छ क्वाप्प खाएर लम्पसार पर्छु तर घर पुग्दा परिस्थितिले कोल्टे फेर्यो मेरी प्राण प्यारीले सुमधुर स्वरमा भनिन आज के को तरकारी खाने ? भन्न त मन थियो नि
“ दिनभरि के कन्याएर बसेकी थिस र ?” तर के गर्नु लव म्यारिजले छेक्यो अनि मुखबाट अनायासै निस्कियो “ थुइक्क लव म्यारिज ” उ बेलामा बाउले भनेको बेलामा एउटी गाउँकी ग्यांचे केटी संग बिहे गरेको भए सायद पहिल्ल्यै पकाएर बस्थि होलि के गर्नु र आफैं रोजेकी परि!यति त गरि गरि ठिकै छ अर्को दिन शनिवारको दिन थियो विस्तारा बाटै कल्पना गरे “ आज त शनिवार साथीहरुलाई भनेर घुम्न जानु पर्ला” मेरो कल्पना लाइ भंग गर्दै नजिकै आएर भनि बुढा? म आज पार्टीमा जान्छु छोरो हेरेर बस है म आउदा ढिला हुन सक्छ पकाएर पनि राख! मैले पो के गर्न सकेर बोंलु नारी अधिकार त्यहीं माथि लव म्यारिज बोल्ने त कुरै भएन बाउले भनेको मानेको भए स्वामी भन्दै बिस्तारामा चिया लिएर आउथि होलि तर यो त - डडे भन्दै गालामा टोक्न आउछे! मागी बिवाह गरेको भए बोल्न पनि डराइ डराइ पति, परमेश्वर ,स्वामी भन्दै खुट्टामा ढोग्न आउँथि होलि यो नखर्माउलीले त काले ,चोर,बाँदर,डडे ,भन्दै कान चेमोट्न आउछे के गर्नु लव म्यारिज न पर्यो! यस्तै यस्तै काण्डले गर्दा मेरो मुख बाट पटक पटक निस्किन्छ थुइक्क लव म्यारिज!
श्रोत: खेम गैह्रे पृथक को फेसबुक!

कोई टिप्पणी नहीं