अपडेट

गोरखा सेवा समाज कतारको गठन अन्तिम चरण मा।

कैलासबावु श्रेष्ठ/गोरखामंसिर २३ गते । 

रोजगारीको शिलसिलामा गोरखा जिल्ला बाट कतार गएका सर्ब साधारणहरुले बिनाशकारी भूकम्प पछि जिल्लाको समग्र बिकासमा सहयोग गर्ने उद्वेश्य राखी गोरखा सेवा समाज गठनको अन्तिम तयारी पुरा गरेको छ ।
जिल्लाको एकिकृत बिकासको लागि क्रियाशिल रहन, अनाथ, असाहय अवस्थामा रहेका तथा शिक्षा र स्वास्थ्य बाट बञ्चित भएका एवं बिभिन्न कठिनाई भोगेका बालबालिकाहरुको शैक्षिक कार्य तथा बिकासमा सहयोग गर्ने उद्वेश्य राखी स्थापना हुन लागेको गोरखा सेवा समाजले प्राकृतिक दैबि प्रकोपका साथै गोरखा जिल्लाका दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनःनिर्माण र सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न समेत सहयोग गरीने गरी स्थापना गरीन लागिएको कतारमा रहका बुधबल गुरुङ्गले बताए ।
स्थापना संगै पहिलो चरणमा ५ लाखको अक्षयकोष स्थापना गरी कामको थालनी गरीने र भोलीका दिनमा बिश्वको कुनै पनि देशमा रहेका नेपाली तथा गोरर्खाली दाजुभाई तथा दिदीबहिनी र शुभ चिन्तक संग सहयोग मागि जिल्लाको समग्र बिकासमा सहयोग गर्ने आश बहादुर गुरुङ्गले जानकारी दिए ।
अक्षय कोष स्थापना संगै बिनाशकारी भूकम्पले क्षेति पुरयाएका बिद्यालयहरुलाई भौतिक संरचनामा सहयोग पुग्ने गरी सहयोग गर्ने संस्थाको मुल उद्वेश्य रहेको भन्दै त्यस बाहेक पनि सामाजिक काममा समाजले सक्दो सहयोग उपलब्ध गराउने गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टले जानकारी दिए ।
श्रोत: दिपक लामीछानेको फेसबुक।

कोई टिप्पणी नहीं