अपडेट

विदा मनाउन पुर्व राजपरिवार थाईल्यण्डमा।


२१ मंसिर, काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेका बेला पूर्वराजपरिवार थाइल्यान्ड भ्रमणमा जाने भएको छ । पूर्वयुवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्यान्ड जाने तयारीमा रहेको नेपाल समाचारपत्रमा खबर छ ।

मंसिर अन्तिम साता पूर्वयुवराज्ञी हिमानी शाह, छोरीद्वय पूणिर्का, कीर्तिका र छोरा हृदयेन्द्रलाई लिएर थाइल्यान्ड भ्रमणमा जान लागेकी हुन् । उनी गएको केहीदिनपछि पूर्वरानी कोमलसमेत जाने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिम साता वा माघमा थाइल्यान्ड जाने कार्यक्रम रहेको छ ।

साभार-अनलाईनखवरडटकम।

कोई टिप्पणी नहीं