अपडेट

कथा - बेमौसमको छाता - सावित्री गिरी !


रेगिस्थानको बाजर भूमि । हावाको झोंकाले बालुवाका महलहरु भत्काउने क्रम तिब्र छ । राजहंशका भाले पोथीहरु हावामा कावा खाँदै समुन्द्रका छाल सगै उडि रहेको देखिन्छ । विरह लाग्दो यो दृश्य म नियाली रहेको छु । आकाश आज निलो छैन । धुलाका कणहरु क्षितिज भरि फैलिएको छ । रातमा तारापुंज छैन । यो कस्तो वातावरण  प्रचण्ड घाम तर यहाँ कसैले पनि छाता प्रयोगमा ल्याएको पाईदैन । सिमाले आफु सँग ल्याएको छातालाई नियालेर हेरी सायद बेकामे यो छाता बेमौसमको यो छाता भित्र उस्को कथा हुन सक्छ । उ छाताको कहानीमा डुब्न लागी ।

माघ महिनाको एक बिहानी हुस्सुले काठमाण्डौ पुरै ढाकिएको छ । सिमा व्यस्त शहरको गुमनाम पदयात्री बनेर शितल निवास स्थीत परराष्ट्र मन्त्रालयको अगाडि बिदेश जान चाहनेको लामो लाईनमा उभिएकी छे । हिजो मात्र युकेबाट स्पोन्सर लेटर आएको हुनाले कामलाई अलिक चाँडो सिध्याउने ध्येयमा छिन् । तर हिजो बबरमहलमा नागरिकता ट्रान्सलेसन गर्दा पाएको सास्तीले आज अलिक सबेरै कोठाबाट निस्केकी थिई तर यहाँ पनि त्यस्तै भिड । मानिसको लाम लम्बिने क्रम जारी नै छ । बिहानको ८ बजेको हुदो हो बिस्तारै पानी पर्न सुरु भयो । छाता हुनेहरु छाता खोल्न थाले नहुनेहरु भिजेर भए पनि लाईनमा उभिई रहे । सिमाले ब्यागबाट छाता निकालेर उघारीकी मात्र थिई एक जना भलाद्मी नजिक आएर चिनेको परिचित जस्तै गरेर मसिनो स्वरमा भन्न थाल्यो बैनी मलाई हेल्प गर्नुहोस न प्लिज् । मेरो काम आज नै बनाउनु पर्नेछ यो लाईनमा बसेर सम्भव होला जस्तो लागेन मलाई पनि तपाई ठाउँमा घुसाउनुहोस ल । यसो भन्दै मेरो छाता समाएर घुस्रीयो । एकछिन त सिमा छक्क परि तर उसको कुरालाई किन हो किन नकार्न पनि सकिन हुन्छ नी पछाडिबाट बिरोध भएन भने मलाई आपत्ति छैन ।त्यो अपरिचत मानिसले मलाई पुनः प्रश्न गर् यो फर्म भर्नु भयो  टिकट पनि टाँस्नु पर्छ रु ५ को  म अनविज्ञ थिएँ । ऊ आफै फर्म र टिकट लिन अलिक परको पसल तिर दगुर् यो । एकछिन पछि हातमा फर्म र टिकट सगै दुई कप चिया लिएर आई पुग्यो । माघ महिना त्यो माथि काठमाण्डौ जाडोले ओठ कलेटि परि सकेको थियो । परिचयको क्रम सगै दुवै जना चिया पिउन थाले । थापा अफिसको कामले देश विदेश तिर डुलि रहने अनि सिमा पनि बिदेश गएर आई सकेकीले गर्दा कुराको प्रसंग अझ रोचन बन्न गयो । यसरी गरी गफ गर्दा गर्दै दुवैले आ-आफ्नो काम सकाए । थापाले खाजा खाने आग्रह गर् यो तर सिमाले आफुलाई हतार भएको जानकारी गराई । थापाले आफ्नो बाईकमा पुर् याई दिने प्रस्ताव राख्दा पनि सिमाले मानिन् । सायद पहिलो भेट र परिचय नै काफि हैन ठानी होली । त्यहि भएर कन्ट्याक नंम्बर पनि नदिई रत्नपार्क जाने टेम्पोमा हात हल्लाउदै चढि थापा अवाक् बनेर हात हल्लाई रह्यो

करिव ३ महिना पछि । सिमा बसन्तपुरबाट न्यूरोट तिर जादै थिई । कसैले बैनी भनेको आवाजले पछाडि फर्कि अहो सर नमस्कार ।प्रत्युत्तरमा थापाले नमस्कार फर्काउदै बैनी सन्चै हुनुहुन्छ  देख्नु भो भगवानले चाहे भने भेट हुदो रहेछ नी  त्यस दिन तपाईले कन्ट्याक नंम्बर पनि दिन चाहानु भएन नाई भन्न पाउनु हुन्न आज त म सँग चिया पिउनै पर्छ ।सिमाले थापाको आग्रहलाई नकार्न सकिन । थोरै मुस्काउँदै स्वीकृतिको आवास दिई । नजिकको क्याफेमा दुवै चिया पिउन बसे । थापाको बोलीमा कस्तो आकर्षण थियो कुन्नि सिमा थापाका सबै कुराहरुलाई ध्यान दिएर सुनी रहि । अनि बिस्तारै आफ्ना सारा कुराहरु पनि थापालाई भन्न लागि । आफु विदेश गएर आएको आईडि को प्रलोभनमा परि धेरै पैसा डुबेको अनि अहिले श्रीमान विदेशमा नै रहेको आफु पनि युके जाने कुरामा सबै तयारी पुरा भएर पनि धेरै पैसा घुस मागेको तर आफु दिन तयार नभएकोले गर्दा अरु तिर नै प्रोसेस गरिर रहेको अनि भिषा नआईन्जेलको लागि कुनै अस्थाई नोकरीको खोजीमा रहेको …………।

सबै कुराहरु सिमाले एकै बिसौनीमा भनि सकि । खै यो अचानकको चिनाजानमा यति विश्वासका साथ थापालाई किन सबै कुराहरु भनि सिमालाई नै थाहा भएन । धेरै पैसा फसेकोले गर्दा श्रीमानको सल्लाह अनुसार बच्चाहरुलाई घर परिवारको रेखदेखमा होस्टेलमा राखेर दुवै जना विदेशमा पैसा कमाएर ऋण तिर्ने योजना सम्म भन्न भ्याई । सिमाको व्यथा सुनेर थापा केहिबेर भाबुक बन्यो । सिमालाई केहि सहयोग गर्ने बिचारले आफुले विदेशी प्रोजेक्ट चलाई रहेको कुरा बतायो । त्यस प्रोजेक्टमा पहिला कर्मचारीको आवश्यकता भएको सुनायो । यदि सिमाले चाहे काम दिने क्ररा पनि जाहेर गर् यो । सिमालाई किन किन थापाको कुरा माथि बिश्वास लाग्यो । केहि दिन बिचार गरेर जवाफ दिने कुरा राखि त्यस पछि फोन नंवर  आदान प्रदान गरेर बिदा भई । घर आएर श्रीमानलाई बिदेश फोन गरि । बिदेश जाने काममा ठिला सुस्ति भएको र नेपालमा नै राम्रो प्रोजेक्टले नोकरीको अफर गरेको क्ररा सुनाई । श्रीमानले पनि श्रीमतिको क्ररा सुनेर नेपालमा नै राम्रो नोकरी पाएँ बाल बच्चाहरुलाई काठमाण्डौ आफु सँगै राखेर बस्ने सल्लाह दियो । घर व्यवहार बिस्तारै मिलाएर जाने सल्लाह बमोजिम सिमा काठमाण्डौ बसेर प्रोजेक्टमा काम गर्न थाली

थापा सरले सिमालाई आफ्नो अण्डरमा राखेर हरेक काम सिकाउन थाल्यो । केहि दिनमा नै सिमा अनुभवि भई सकेकी थिई । थापासरले बिभिन्न सेमिनार गोष्ठीहरु र फिल्डमा पनि सगै लिएर जान थाल्यो । सिमाको प्रमोसन भई सकेको थियो । अफिसको साना तिना काममा निर्णय गर्ने अधिकार पनि पाएकी थिई । सिमा ठूला ठूला सेमिनारमा तारे होटल जाने भई सकेकी थिई । जो सिमाको पहुच भन्दा धेरै परको कुरा थियो । त्यसै पनि ठूला माछाले सा साना माछाहरुलाई खाने काठमाण्डौको भिडमा थापा सरले सिमालाई संरक्षकत्व दिएको थियो । ऊ थापालाई भगवान समान मान्थी । यस्तैमा दशैंमा आयो । सिमा बच्चा लिएर घर गई । थापा सरले दिनै फोन गर्दथे । सिमा बिना अफिसको रौनक हराएको र काम गर्न पनि असजिलो भएको हुनाले पूर्णिमाको भोलिपल्ट नै आउनु पर्ने कुरा  गर्थ्यो, बच्चाहरुको एक महिनाको बोर्डिङ बिदा भएकोले फर्कन नै मानेनन, घरबाट जानै पर्ने भए जानु तर तिहार बिदामा बच्चाहरुलाई लिन आउनु भन्ने सल्लाह गरेर एक्लै काठमाण्डौ फर्कि । थापा सर सिमालाई लिन कलंकी सम्म लिन आयो । दुबैले त्रिपुरेस्वर स्थित आगन रेष्टुरेण्डमा सगै खाना खाए । बाटो भरि अफिस र प्रोजेक्टको बारेमा कुराकानी भयो । सिमालाई कोठा सम्म छोडेर थापा पनि आफ्नो घर गयो । भोलिपल्ट सिमा अफिस पुगेकी मात्र थिई थापा सरले गाडि निकाल्दै थियो । आज बनेपामा कार्यक्रम भएको जानकारी थापाबाट पाए पछि सिमा पनि गाडिमा चढि । कार्यक्रम बेलुका ५ बजे तिर सकियो । बाहिर झमझम पानी परि रहेको थियो । आज बिहान देखि नै दिन धुम्म थियो । सडक सुनसान कार रफ्तारले गुडि रहेको थियो । कार भित्र एक विवाहित फरुष र महिला मात्र थिए । थापा जहिले पनि छोरीको बारेमा मात्र कुरा गर्थ्यो तर श्रीमतिको बारेमा कहिले पनि कुरा गर्दैनथ्यो । हरेक पटक सोध्ने मन नगरेकी पनि हैन तर सकि रहेकी थिईन । आज पनि बडो हिम्मत गरेर सोध्ने बिचार गरि तर शब्दहरु निस्कन सकेन । घाटि सम्म आएको शब्दहरु घाटिमा नै आएर अवरुद्ध भयो ।

गाडि बिस्तारै एउटा रिसोर्ट मा गएर रोकियो । थापा सरले बाहिर पानी परि रहेकोले चिया पिएर जाने आग्रह गर् यो । सिमाले अस्वीकार गर्न सकिन किन भने उसलाई पनि जाडो भई रहेको छ । दुवै जना रेष्टुरेण्ड मित्र पसे । बाहिरबाट हेर्दा खरको छानोले चिटिक्कै छाएको झुप्रो जस्तो देखिने रेष्टुरेण्डको भित्र सजावट भव्य देखेर सिमा छक्क परि । साँझ झपक्क परि सकेको थियो । अगाडि वेटर अर्डर दिन आयो । थापाले के लिने भनेर सिमालाई प्रश्न गर् यो । सिमाले अबेर हुन लागेको हुनले चिया मात्र पिएर जाने कुरा जनाई । बच्चा हुदा तपाई आत्तिनु हुन्थ्यो आज किन  आज मेरो मन राखि दिनको लागि भए पनि मानि दिनुहोस । आज खाना यतै खाएर जानु पर्छ ।थापाको यो कुरामा पनि सिमाले मौन स्वीकृति जनाई । बाहिर पानी झन झन बेस्सरी परि रहेको थियो । रात छिप्पिदै गई रहेको थियो । कुहीरोले पुरै वातवरणलाई ढाकेको थियो । केहि बेर बसेर खाना खाईवरि जाने भए पछि थापाले केहि समयको लागि कोठा लियो । दुवै कोठामा गए । केहि बेरमा वेटरले टेवल भरि खाना सजाएर ल्यायो । सिमा खानाको परिकार देखेर छक्क परि हुन पनि यत्तिका धेरै परिकारहरु उसले कहिल्यै देखेकी थिईन । खानाको साथमा एक बोतल व्हिस्की पनि थियो । थापाले खाना सगै ड्रिड•क्स पनि लिने आग्रह गर् यो । पहिला त सिमाले पटक्कै मानिन । तर थापाको निक्कै कर गरे पछि नाई भन्न सकिन । सिमा थापाको एहसानको बदलामा बिष पनि पिउन राजी हुन्थी । दुवैले खाना सँगै पिउन सुरु गरे । सिमाले पहिलो पल्ट पिउदै थिई त्यहि भएर कन्ट्रोल गरेर पिउदै थिई तर थापाले निक्कै पिई सकेको थियो । थापाको अब बिस्तारै बोली फुट्न थाल्यो । थापाले आफ्नो श्रीमति अब यो संसारमा नरहेको कुरा बतायो । तर सिमामा श्रीमतिको प्रतिबिम्ब देखेको कुरा बतायो । सिमा अवाक्क बनि । थापा भन्दै गयो । सिमालाई पहिलो भेटमा नै समिप्यता पाएको कुरा सिमालाई भित्र भित्र नै मायाँ गर्ने कुरा, थापा सिमाको मुहारमा श्रीमति छवि भेट्टाउने कुरा ईत्यादी-थापा व्हिस्की पिउदै गयो भन्दै गयो अब आफु सिमा बिना बाँच्न नसक्ने कुरा पनि बतायो । सिमालाई के गर्ने के नगर्ने अन्योलमा परि थापा भन्दै गयो भगवानले सिमालाई यो धर्तिमा उसैको लागि पठाएको रे थापाले सिमाको हात समाउदै भन्यो सिमा म तिमीलाई एक दिन देख्न पाईन भने पागल हुन्छु  म तिमीलाई गुमाएर बाँच्न सक्दिन । थापाले नशाको सुरमा आज सम्म गुम्साएर राखेको सबै कुरा ओकलि दियो । रात झनझन छिप्पिदै थियो सिमालाई पनि नशा लागि सकेको थियो । थापाको कुराले मदहोस बनाउदै थियो । सिमाले आफुलाई रोक्ने हर प्रयत्न गरि । तर थापाको स्पर्शले सिमालाई पनि बेहोस बनाउदै थियो । ऊ चाहेर पनि थापालाई रोक्न सकिन । आँखा चिम्लेर स्वीकार गरि रहि त्यसको प्रतिफल दुवैले आफुलाई कन्ट्रोल गर्न सकेनन् । केहिबेर सम्मको सिमारेखाहरु सबै तोडिए । अनि समागम भयो दुई आत्माको दुई शरिरको । जब सिमालाई होस आयो धेरै ढिलो भई सकेको थियो । आफ्नो सर्वश्व लुटि सकेको थियो । श्रीमानले थोपा थोपा रगत सिचेर बिदेशमा उसैको लागि दुःख गरि रहेको हरेक विश्वासलाई घात गरेकोमा घोर पश्चाताप भई रहेको थियो । आफुबाट ठूलो भूल भएकोमा आफुलाई धिक्कारी रहेकी थिई । धिक्कारी रहेकी थिई त्यो पललाई त्यो परिस्थीतिलाई जस्ले उस्लाई कलंकित गरेको थियो । आकाश आफु माथि खसेको भान भई रहेको थियो । सिमा यो घटना पनि अफिस नगई सिधा घर गई । श्रीमानलाई बिदेश फोन गरेर आफुलाई काठमाण्डौ बस्नै  मन नभएको कुरा बताई । मिल्ने भए भिषा निकालेर आफु सँगै बालाउने कुरा बताई तर श्रीमानले बच्चाहरु पढाई बिग्रने कुरा गरेर केहि समय बच्चाको लागि भए पनि आउने सेसन सम्म काठमाण्डौमा नै बस्ने कुरा भन्यो । बरु जागिर खाने मन नभए कोठामा नै बसेर भए पनि बच्चाहरुको पढाईमा सहयोग गर्नु पर्ने सल्लाह दियो । सिमा अब काठमाण्डौ जानु पर्ने नै भयो । बच्चाहरुको पनि बोर्डिङ छुट्टि सकेको थियो । यता थापाले दिनै सिमालाई फोन गर्थ्यो तर सिमा उठाउदिन थिई । थापाले म्यासेज मार्फत क्षमा माग्दै आफुबाट ठूलो भूल भएको स्वीकार गर् यो । अब देखि आफुबाट त्यस्तो गल्ती कहिले पनि नहुने प्रतिबद्धता जनायो । चाँडो भन्दा चाँडो अफिस आएर आफ्नो काम सम्हाल्ने आग्रह गर् यो । सिमा बच्चाहरु लिएर काठमाण्डौ गई । तर केहि दिन अफिस गईन तर जति दिन थापासर सँग भेट भएन सिमा तड्पी रहि । उनलाई भोक लागेन निन्द्रा लागेन हात खुट्टा लागेन मन बैचन हुन्थी । प्यास लाग्थ्यो पानी पिउथी तर तिर्खा मेटिदैनथ्यो । विरामी भई औषधी खाई तर औषधीले पनि निको हुदैनथ्यो । उसको मुटु उनी सग थिएन । खुसिहरु कसैले लुटेर लगेको थियो । थापाको पनि यहि हाल थियो । थापाले पटक पटक भेट्ने आग्रह गर् यो । सिमाले एक पटक भेट्ने निश्चय गरि । थापाले भेटमा आफुबाट अक्षय भूल भएको र आईन्दा नहुने कुरा बतायो । दुवैले बितेका कुराहरुलाई बिर्षेर फेरी नयाँ तरिकाले सम्बन्ध लैजाने कुरा गरेर छुट्टिए । सिमा भोलिबाट अफिस जान थाली । दुवैको बैचनी वापस आयो । पहिलाको जस्तै सबै कुरा साम्य भयो तर पनि दुवैलाई एक अर्काको खाँचो थियो । नजानिदो प्रेमले जरा गाढि सकेको थियो । थाहा थिएन दुवैलाई कुन शक्तिले तानिरहेको थियो । सम्बन्ध प्रगाढ हुदै गयो मित्रताको रुपमा प्रणयको रुपमा अनि पति पत्नीको रुपमा । दुवै जना त्यो दलदलमा फँस्दै गए जहाँबाट निस्कन अशम्भव नै थियो । आखिर मनै त कहाँ मान्छ र एकलाई अर्काको आवश्यकता थियो आत्मियताको शारिरिक प्यासको  अनि मेट्नै पर्ने भयो असिमित चाहाना । सिमालाई अब ग्लानी हुन छाड्यो । सबै कुरा सामान्य भई सकेको थियो । समाजको अगाडि मात्र पति पत्नी जस्तो खुलेर एउटै छानो मुनि बस्दैनथे तर बाँकि दैनिकीमा कुनै फरक थिएन ।

सिमाको श्रीमान बिदेशबाट छुट्टीमा आयो । तर सिमाको मनमा उत्साह थिएन । धेरै समय पछि भेट भएको श्रीमान श्रीमतीमा जुन उमंग हुन्छ त्यो पटक्कै थिएन । सिमा झन त्रसित र चिन्तित छे । उसलाई एउटा भयले पछ्याई रहेको छ । कतै थापासर र मेरो सम्बन्ध थाहा पाउछ की भनेर । अफिसमा थापालाई घर फोन नगर्ने आग्रह गर्छे । अनि आफु पनि जति सक्दो चाँडो कोठा फर्कने प्रयास गर्छे । श्रीमतीमा आएको यो परिवर्तन देखेर श्रीमानले सिमालाई प्रश्न पनि नगरेको हैन । तिमी पहिलाको जस्ती छैनौ  के भयो  आदि आदि तर सिमा अफिसको व्यस्तता भनेर टारि दिन्थी । श्रीमान आएको एक हप्ता नवित्दै फिल्डको कामले लुबु गई । फर्कन ढिला भएकोले श्रीमान रिसले चुर भयो । यो टायम न बेटायमको नोकरी छोडनु पर्ने भयो । सिमाले धेरै सम्झाई तर सबै ब्यर्थ अन्तमा अफिस जान छोडेर घरमा नै बसी । थापासर पागल जस्तै बन्यो । सपिङ्गको बहानामा थापालाई भेटेर सबै कुरा भनि । श्रीमान बिदेश नर्फन्जेल फोन नगर्न र नआत्ति बस्न अनुरोध गरि । श्रीमान गए पछि सबै कुरा ठिक हुने कुरा बताई । तर थापा दिन दिनै बेचैन हुन थाल्यो । सिमालाई पनि चैन त कहाँ थियो र यहि पीर सिमा बिरामी भई । श्रीमानले डाक्टर कहाँ लग्यो तर उस्लाई के थाहा उस्को विरामी  आफ्नो पत्नीलाई अरु कसैले खोसेर लगेको कुरा  उस्को श्रीमती उस्को अंगालोमा त हुन्थी तर सिमाको मन थापासर सँग हुन्थ्यो । श्रीमतीमा आएको यो परिवर्तनलाई शंका नगरेको पनि हैन तर त्यति समय नै कहाँ थियो र  फर्कनु पर्ने दिन नजिक आउदै थियो । फर्कनु अगाडि सिमा र श्रीमान बिच निक्कै चर्काचर्कि सँग झगडा पर् यो । बिदाको दिन सकेर श्रीमान पनि बिदेश फर्कियो । त्यस पछिका दिनहरुमा सिमालाई श्रीमानले फोन गर्न पनि छोड्यो सिमाको नाममा पैसा पठाउन पनि छोड्यो । एक दिन देवरले गाँउबाट फोन गरेर बतायो भाउजु दाईले पैसा पठाउनु भएको छ तपाई १५ हजार दिनु भनेका छन् । यो कुराले सिमाको दिलमा आत्मसम्मानमा ठेस पुग्यो । आफुले श्रीमानलाई गुमाएकी आभास पाई । अब पनि थापा सग टाढिन नसके आफ्नो सुन्दर संसार लथालिङ्ग हुने निश्चित देखि । केहि समय पछि श्रीमानले बच्चाहरुलाई घर लगेर जाने अनि उसलाई भिषा पठाई दिने कुरा बतायो । सिमाले काठमाण्डौ छोडेर घर गई । यता थापा पागल बनेको थियो । दिनै सिमालाई फोन गरेर धम्क्याउन थाल्यो उस्लाई नभेट सबै कुरा परिवारलाई भनि दिने भनेर ब्लाकमेल गर्न थाल्यो । श्रीमानले पनि भिषा पठाएन आज भन्दै भोलि भन्दै टारि रह्यो । अन्तमा आफु आउन्जेल घरमा नै बस्ने सल्लाह दिन थाल्यो । सिमालाई असह्य भई सकेको थियो । थापाले दिनै फोन गर्थ्यो। नेपाल नै बसि रहे कुनै दिन थापा आएर सबै कुरा घरमा भनि दिए आफ्नो प्रतिष्ठा र सुन्दर संसार नै उजाडिने सम्भावना थियो । समाजमा कलंकीत भएर बाँच्नु पर्ने स्थीति आउन सक्ने प्रवल संम्भावना पनि थियो । कर्तव्यको अगाडि प्रेम झुक्छ भन्ने घटना समाज धेरै दोहोरिएका छन् । अब उस्को अगाडि केहि बिकल्प मात्र बाकि थिएँ । कि नारी अस्मितामा कलंक लगाएर समाजमा बाँच्ने या मर्ने हैन भने केहि समयको लागि बिदेश जाने । उसले अन्तिम बिकल्प रोजी । त्यहि अनुरुप सिमा आज यो रेगिस्थानको बाजर भूमिमा बालुवाको खेति गर्दै रुमल्लिरहेकी छे । त्यहि बेमौसमको छाताले उस्लाई कल्पना नै नगरेको ठाउँमा पुर् याएको छ । अनि बिगतका कहानीलाई एक पटक सम्झना गराई दिएको

कोई टिप्पणी नहीं