अपडेट

अवैधानीक एकाधिकार..!


नेपाली सांगीतीक जगत मा गीत संगीत तथा त्यो संग संबन्धित श्रब्यदृष्य निर्माण को परिपाटी नै गलत बस्यो सुरु देखी नै-"गीत को स्वामित्व र रोयल्टी" सम्वन्धी बहस अझै दोवाटो मै छ, रोयल्टि को हकदार गीतकार र संगीतकार मात्र हुने की गायक गायीका पनि हुने भन्ने विषय लाई नै अतिरन्जीत गरिएको छ कलाकार लाई वहियात सपना देखाएर रोयल्टी को दावि गर्न उक्साईएको छ, यि सबै तनाव विच प्रोड्युसर को अधिकार कता हरायो लगानी र मुनाफा को सुनिश्चितता कता हरायो खोज्नुपर्ने अवस्था छ। अर्को कुरा कुनै कलाकार ले यौटा कम्पनि संग संझौता गर्छ गीत युट्युव मा अपलोड भयो आरविटी आयो गीत को बजार ब्यवस्थापन भयो तर विच मा कुनै कुरा मा चित्त नबुझे पछी त्यै भिडीयो बोकेर कलाकार अर्को कम्पनि जान्छ, अर्को कम्पनी ले पनि अस्वस्थ प्रतिष्पर्धा गर्छ ब्यक्तिगत पहुँचको भर मा गीत को आधिकारीकता आफ्नो मा सार्छ- यो कस्तो ब्यापार हो? कस्तो न्याय हो? कलाकार को अधिकार र रोयल्टि सम्वन्धी कानुन तर्जुमा को लागी जस्ले निश्चित बाटो देखाउनुपर्ने हो उनिहरु ले नै गलत तरिकाले अरुको गीत मा विवाद खडा गर्दिन्छन -यो के तरिका हो? आरविटी दर्ता को लागी गीत को क्लिप दिने वित्तीकै भिडीयो राईट खप्लक्कै पार्दिन्छ म्युजीक नेपाल, समकक्षी कम्पनि हरुको च्यानल मा त्यही गीत वर्षौं अगाडी अपलोड भैसकेको जान्दाजान्दै कलाकार ले भिडीयो दिएको भर मा अपलोड गर्छ तर डिलिट गर्नको लागी मादल बाँसुरी बजाउने हरु सम्म को ल्याप्चे खोज्छ..! आरविटी को लागी निश्चित कम्पनि को दैलो गुहार्न पर्ने गरी किन एकाधिकार दिएको होला? प्राविधीक विषय भएको ले त्यस्तो हुन सक्छ या कलाकार को सुविधाको लागी एकद्वार प्रणाली बनाईएको हुनसक्छ तर त्यै प्रणाली को कारण कलाकार थप शोषण मा परेको देखेपछी सम्वन्धीत निकाय सचेत हुनु पर्दैन? नियमन निकाय होलान कलाकार का संघ संस्था होलान सबै मिलेर संगीत बजार को यो अनौठो एकाधिकार तोड्नुपर्ने होईन र?

कोई टिप्पणी नहीं