अपडेट

गीत को स्वामित्व,युट्युव च्यानल र म्युजीक नेपाल।


नेपाली गीत संगीत युट्युव च्यानल मा अपलोड को सुरुवाती समय तिर नेपाल का केही म्युजीक कम्पनि का ब्यवस्थापक र तिनका साहु हरु मा डिजीटल मार्केटिड• को चेतना पसिदिएको भए अहिले कलाकार हरु आफ्नो हक अधिकार बाट वन्चित भएको अनुभव गर्न पर्ने थिएन। जस्तै - आशिष म्युजीक का रामजी पन्त,तिर्सना म्युजीक का बाबुराम बोहरा, सितारा म्युजीक का एकनारायण भण्डारी लगायत पसुपति,धिताल,वागीना म्युजीक कम्पनि हरु ले जति गीत म्युजीक नेपाल को पोल्टा मा दिए सायद त्यो तत्कालिन बजार हिस्साको असी प्रतिसत हुन आउला,विन्दवासिनी म्युजीक ले वेलैमा आफ्नो च्यानल सुरु गरेको ले भिड बाट अलग देखीयो।

लोक कलाकार हरुमा अत्याधिक खोजीएका बद्री पंगेनी,पशुपति शर्मा,ज्योति मगर,खुमन अधिकारी,रामजी खाण लगायत र आधुनिक तर्फ प्रमोद खरेल,सत्य स्वरुप,अन्जु पन्त,सिव परियार,रमेशराज भट्टराई,रामकृष्ण ढकाल,श्रीकृष्ण बम मल्ल, हेमन्त शर्मा लगायत  कलाकार ले समग्र डिजीटल बजार को आधा खोज ओगटेका थिए तर तिनीहरु मा पनि गीतको स्वामित्व र डिजीटल बजार को ब्यवस्थापन सम्वन्धी चेतना को विकाश नभएको पाईयो।

यहा सम्म की गायक हेमन्त शर्मा बाट 'आफ्नो युट्युव च्यानल सुरु गर्ने की नगर्ने' भन्ने विषय मा अझै दुविधा रहेको सार्वजानीक अभिब्यक्ति आउनु ले नेपाली कलाकारीता क्षेत्रमा खास गरी कलाकार हरु मा रहेको डिजीटल मार्केट सम्वन्धी दुविधा प्रष्ट हुन्छ। सामाजीक सन्जाल मा आफ्नो प्रोफाईल बनाएजस्तै हो युट्युव च्यानल त्यसमा कपिराईट र स्वामित्व अनी विज्ञापन सम्वन्धी केही संझौता हरु हुन्छन जसलाई बुझेर पढेर पालन गर्नुपर्ने हुन्छ त्यो भन्दा बाहेक केही होईन युट्युव च्यानल। कलाकार को लोकप्रियता र गीत को चर्चा संगै हेर्ने दर्शक हरु बढ्दै जान्छन त्यही कुरा पनि नबुझेर लाखौं को लगानी र अमुल्य मेहनत गरिएका आफ्ना सिर्जना हरु विना सुझबुझ बजार ब्यवस्थापन गर्ने कम्पनि लाई बुझाउछन कलाकार हरु। 

बुझ्नु पर्ने म्युजीक कम्पनि हरु ले हो, कतिपय कम्पनि हरुलाई भाग्यमानी नै मान्नुपर्छ की लोकप्रिय कलाकार हरु संग को लगातार को सहकार्य ले ति कम्पनि हरुको नाम निकै उचाई मा पुग्यो जस्तो की आशिष म्युजीक र पशुपति शर्मा एवं रामजी खाँण को सहकार्य, तिर्सना म्युजीक र खुमन अधिकारी विच को सहकार्य, यस्ता सहकार्य का निरन्तरता ले कलाकार एवं ब्यवसायी दुबै लाई तत्कालिन अवस्था मा निकै फाईदा समेत भयो र अझै हुदैछ तर जुन कुरा ले दिर्घकालिन अशर गर्छ त्यतातिर ध्यान न कलाकार ले दिए न कम्पनि ले फलस्वरुप आज कुनै पनि कलाकार को गीत को स्वामित्व उनिहरु संग छैन। आफ्नो गीत विना सम्झौता खाली टिभी मा बज्ने आशा मा म्युजीक कम्पनि हरुलाई सुम्पिएका कलाकार हरु ले संगीत को दिर्घकालिन ब्यापार लाई बुझ्न त सकेनन नै कम्पनि हरु पनि चुके त्यो विषय मा।

अर्को कुरा जव दुर संचार सेवा प्रदायक कम्पनि हरु ले आफ्नो सेवा मा गीत बजाउने सुविधा थप गरे तव संगीत ब्यपार को बाढी नै आयो, चोर हरु सल्वलाए, विद्धुतिय मार्ग प्रयोग गर्दै नेपाल टेलिकम को प्लेटफर्म बाट अनधिकृत रुपमा अरुको मोबाईल को पैसा समेत चोरेर कमाउने काम समेत भयो कलाकार बाट एकातिर भने त्यही समयमा टेलिकम कम्पनि ले दिएको एकाधिकार को दुरुपयोग पनि भयो म्युजीक नेपाल द्वारा, टेलिकम को सेवा मा बज्ने गीत म्युजीक नेपाल ले मात्र दिने ब्यवस्था को सुरुवात किन र कसरी भयो सरोकार वाला हरु ले बुझेनन या बुझ्न चासो देखाएनन, गीत सिआरविटी मा बज्दिए पुग्यो कलाकारको लागी, म्युजीक कम्पनि हरु पनि अल्पकालिन सोच द्वारा ग्रस्त बने किन की आरविटी डाउनलोड को आधारमा म्युजीक कम्पनि हरु लाई सिधै पैसा आउन थाल्यो त्यै पैसा को लोभ मा सम्पुर्ण गीत को स्वामित्व म्युजीक नेपाल लाई सुम्पिए साना कम्पनि हरु ले, आरविटी संझौता हुदा सबै डिजीटल मार्केट को स्वत: सम्झौता हुने परिपाटी बस्यो फलस्वरुप आरविटी को लागी दिईएका गीत को समेत भिडीयो राईट म्युजीक नेपाल मा निहीत हुन पुग्यो। 

लेख को आशय म्युजीक नेपाल को विरोध गर्नु होईन तर जुन परिपाटी म्युजीक नेपाल ले निर्देश गर्यो या अख्तियार गर्यो त्यो कलाकार हरु को पक्ष मा या कलाकार मैत्री हुन सकेन, गीत अपलोड को मामला मा निकै उदार देखीएको म्युजीक नेपाल कपिराईट दावि सम्वन्ध मा निकै अनुदार देखीयो, अपलोड गर्नको लागी कुनै कागजी प्रकृया अथवा कुनै औपचारिकता नखोज्ने ले गीत डिलीट गर्नको लागी वाद्यवादक सम्मको स्विकृती पत्र माग्यो भन्ने सम्मका कुरा हरु सुन्न मा आए, गायक निमा रुम्बा लगायत का कलाकार ले अपलोड गरेका भिडीयो हरुमा स्वामित्व दावि गरेर म्युजीक नेपाल ले कलाकार को शोषण गर्यो भन्ने सम्मका कुरा हरु बाहिर आए, त्यसरी अडीयो आरविटी मा राख्न दिएकै भर मा उक्त गीत को भिडीयो मा समेत म्युजीक नेपाल ले दावि गर्न पाउछ की पाउदैन त्यो कानुनी प्रश्न हुन सक्ला तर नैतिकता कै कुरा गर्ने हो भने अवुझ कलाकार र म्युजीक कम्पनि हरुको सोझोपन को नाजायज फाईदा म्युजीक नेपाल ले उठाईरहेको प्रष्ट हुन्छ।

अहिले सामाजीक सन्जाल मा म्युजीक नेपाल र विन्दवासीनी म्युजीक विच जुहारी चलिरहेको प्रष्ट देखीईरहेको छ, म्युजीक नेपाल का तर्फ बाट अनधिकृत रुप मा गीत चोरी गरिएको आरोप विन्दवासीनी ले लगाईरहेछ भने केही कलाकार हरुले समेत त्यो गुनासो गरिरहेछन, सम्वन्धीत मन्त्रालय अथवा तालुक वाला निकाय ले यो विवाद को छिटै समाधान खोज्नुपर्ने देखीन्छ। 

समन्वयकारी भुमीका खेल्न सक्ने संस्था हरु मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रोयल्टि संकलन समाज, प्रस्तोता समाज, प्रोड्युसर समाज, संगीत उद्योग संघ लगायत का संस्था हरु देखीन्छन आशा गरौं अहिलेको दुविधा बाट कलाकार र सम्पुर्ण संगीत जगत ले छिटै निकाश पाउनेछ।

दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं