नेपाली गीत संगीतको क्षेत्रमा प्रयोग हुने केहि लोकप्रिय शब्द र त्यसका अर्थहरू....!
नेपाली गीत संगीतको
क्षेत्रमा प्रयोग हुने केहि लोकप्रिय शब्द र त्यसका अर्थहरू....!
१) "झोले"
:- कम्पनी दर्ता भएका तर अफिस को थात-थलो नभएका घुमन्तेहरूलाई जनाउछ ।
२)
"टुक्रे" :- एउटा गीत रेकर्ड गराउने र एउटा गीत लाई १५ टुक्रा बनाएर
एनसेल मा प्रचेज गरेर वा भनौं चोरेर आफुलाई ठूलो कलाकार भन्नेलाई टुक्रे जनाउँछ।
३)
"अन्तरे" :- गीतको नाममा गितांश रेकर्ड गर्ने (एउटा मात्र अन्तरा अथवा
स्थाई मात्र रेकर्ड गर्ने र तेसैको प्रोमोको टुक्रो बनाएर टिभीमा बजाएर सिआरबीटीले
ज्यान पाल्ने अथवा एउटा गीत को १५ टुक्रा बनाएर पिआरबीटीमा हाल्ने र पर्चेज गर्न
बस्ने हरूलाई जनाउँछ ।
४)
"बोक्रे" :- गुदी नभएका, खुबी
जिरो भएका, न कलाकार न गीतकार, न
संगीतकार न लगानीकर्ता, खालि बोल्न जानेका र कलाकारिताको
बाहिरि आवरण बुझेका अथवा कुनै कुनै कलाकारहरू संग बसेर ३-४ पेग रक्सी खाएका,
संगीत क्षेत्रका संघ संस्थामा पदासिन समेत भएका संगीत क्षेत्रका
विश्लेषकहरू भन्ने जनाउँछ।
५) "लोके"
:- यो लोके भन्ने शब्द बिबादित हुन सक्छ (लोक कलाकार भन्न खोजेको होइन स्पष्ट
होस्) लोक कलाकारको खोल ओढेका, कलाकारिताको
नाममा माखो नमार्ने, एकदुईवटा गीतमा लगानी गरेका या मुर्गा
बनेर अनुहार देखाएका, स्टुडियोको यताउता चक्कर लगाइरहने,
कसैले आफुलाई भिडियोमा खेलाउँछ कि भन्ने आशमा घुमिरहने, मौका मिले लगानी गर्ने पार्टनर खोजेर मुर्गा बनाउने र फेसबुकमा फलानो
गीतको शुटिङ्ग गर्दै भनेर फोटो अपलोड गर्ने र दुनियाँलाई टयाग गर्नेहरू लाइ जनाउँछ
।
६) "भिरका
चीन्डा" :- "बोक्रे या लोके" को बाटो हुदै कलाकारितामा छिरेका, अब यो क्षेत्रमा ठूलै भएँ भन्ने भ्रम पालेका,
"न गीत चल्छ न आवाज मा दम छ" भएका, भनसुनको
भरमा स्टेजमा पुग्ने र खुट्टा कमाउँदै गाएर निस्कने अनि गतिलो चलेको कलाकार संग
गीत निकाल्न पाए त हिट हुन्थें भन्ने आशमा भएभरको पैसो गीतमा लगानी गर्ने, कलाकारिता गलाको हड्डी सरह भएका हरू भन्ने जनाउँछ । "
७) "साहु"
:- कोहि मपाइत्व प्रदर्शन गर्ने, कलाकारहरू मेरै
भरमा छन् भन्ने भ्रम पाल्ने, कलाकार लाइ देखि नसहने, कलाकारको बौद्दिक सम्पत्ति लाइ एकलौटी आफ्नो बनाउने, राम्रो छउन्जेल मेरो क्याम्पको कलाकार भन्ने नराम्रो हुने बित्तिकै
धारेहात लगाउने, आफु ले केहि नगर्ने अरूले गर्न लागेको पनि
बिगार्ने, कलाकारलाई लगानी गर्न लगाउने र जहिले पनि संगीत
क्षेत्रले घाटा मात्र दियो भनेर रोइरहने अनि कोहि "खुशी भैरहने तर नोक्सानको
कारणले सधै रोइरहने" जन्तुलाई जनाउँछ ।
८)
"विद्वान" :- चलेका कलाकारहरूको प्रगति देखि नसहने, त्यो त यो कारणले चलेको-चलेकी हो भनेर अनाबश्यक हल्ला
चलाउने र अरूको चरित्रको अनावश्यक मुल्यांकन गर्ने, लगभग
संगीत क्षेत्रको हर्ताकर्ता वा सर्वेसर्वा मै हुँ भन्ने ठान्ने, परिवर्तनको पक्षधर हुँ पनि भन्ने, त्यसो हुन हुँदैन
यसो हुनुपर्छ भनेर मार्गनिर्देशन पनि गरिरहने तर उसको मार्गनिर्देशन जहिले नि
ट्वाइलेट पेपर सरह भएको भेउ नपाउने महासय भन्ने बुझाउँछ ।
९)
"दुम्सी" ~ यो शब्द यौटा अवार्ड कार्यक्रमको समापन पछाडी चल्तीमा
आएको हो। यो शब्द प्रतिपादनको श्रेय त्यो अवार्डका आयोजकलाई जान्छ । निज आयोजकको भाषामा 'दुम्सी' भन्नाले विकृतीका विरोधी, अवार्डका आलोचक र आयोजकका प्रतिष्पर्धी भन्ने जनाउछ। तत्कालिन स्टाटसमा उक्त
अवार्डका आयोजकले अवार्ड पाउनेहरु स्टार र नपाउनेहरु दुम्सी भनेर जनाउन खोजेको पनि
देखीन्थ्यो तसर्थ तत उप्रान्त जो कोही पनि विकृतीको विरोधी या आलोचक लाई दुम्सी
भनेर चिनाईने परम्परा रहि आएको जानकारीमा राख्नु आवस्यक देखीयो ।
---"दुर्गा पंगेनी"
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें