अपडेट

खडेरीको कुवा जस्तो रित्तो हाम्रो मायाँ।



हिजो राती सपनिमा तिम्लाई देख्दा खेरी
परेली डिल भिजे मेरा रोकीएनन फेरी
मर्न बरु सजीलो छ यादै रोक्न गाह्रो
तिम्रो यादले न त मर्नु न बाँच्नु नै पार्यो..।

तिम्रो जिवन उज्यालो दिया भो,
त्यै दियाले मन छिया छिया भो..!

मुटुलाई ढुंगा बनाई बाँच्नु पर्छ भन्थेउ
धेरै दिन बाँकी छैन औंला भाँच्दै गन्थेउ
आज तिम्ले त्यै मुटुलाई पासोमा कसाउदा
यस्तै हुदो रैछ क्यारे  ढुंगा नै रसाउदा..।

प्यासा नजर प्यासै मन प्यासी जीन्दगी भो
त्यै प्यासले जिवन मेरो सधैं वन्दगी भो।

खडेरीको कुवा जस्तो रित्तो हाम्रो माया
दोवाटो मै छुट्यो साथ हुन पाईन छाया
म नहुदा तिम्रो जिवन फुल्छ फल्छ भने
जिउने रहर छैन मलाई मर्दिन्छु म पनि..।

दुई किनार झै हाम्रो मायाँ वार पार भो 
तिम्ले जित्यौ पिरती मा अव मेरो हार भो...!

कोई टिप्पणी नहीं