अपडेट

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल-विगत,वर्तमान र भविष्य।


नेपालका दोहोरी गीत गाउने समस्त कलाकारहरूको एउटा साझा संगठनको रूपमा ‘नेपाली दोहोरी गीत प्रतिष्ठान’ स्थापना भएको हो, वि.सं. २०५७ सालमा दोहोरी क्षेत्रका हस्तीहरू प्रजापति पराजुली, अमर विरही गुरुङ, दुर्गा रायमाझी र पुरुषोत्तम न्यौपानेको संयुक्त पहलमा नवलपरासीको अरुणखोलाबाट दोहोरी गीत प्रतिष्ठानको स्थापना भएको हो । सुरुमा अमर विरही गुरुङको नेतृत्वमा तदर्थ समिति बन्यो र उनकै नेतृत्वमा २०५८ सालमा विधिवत दर्ता भई यस संस्थाले वैधानिकता प्राप्त गर्यो । 

२०५९ सालमा यस संस्थाको पहिलो महाधिवेशन धापासी काठमाडौँमा सम्पन्न भयो । यस महाधिवेशनद्वारा चर्चित दोहोरी गायक प्रजापति पराजुली नेतृत्वमा पुगे । उनको नेतृत्वकालमा यस प्रतिष्ठानले देशैभर जिल्ला शाखा हरु विस्तार गर्यो ।

संस्था लाई समावेसी बनाउन र दोहोरी को घेरो भन्दा बाहिर निकाल्दै सम्पुर्ण लोक संस्कृति लाई समेट्ने एजेण्डा सहित तत्कालिन चर्चित लोक दोहोरी युवा गायक हरु बद्री पंगेनी र भगवान भण्डारी धापासी महाअधिवेशन मा पुगे, तर संस्थापन पक्ष दोहोरी गीत को अगाडी लोक शब्द थप्न राजी भएन फलस्वरुप युवा गायक हरु संस्था भन्दा बाहिरै रहे। तर जव पोखरा महाअधिवेशन को समय नजिकीदै गयो दोहोरी गीत प्रतिष्ठान निकै सवल भैसकेको थियो अग्रज गायक दुर्गा रायमाझी र अमर विरही गुरुड• ले संस्था को नाम मा परिवर्तन र तत्कालिन अवस्था मा चर्चा को शिखर मा रहेका कलाकार हरु संस्था भित्र रहदा बढ्ने संस्था को उचाई र गरिमा को बारेमा बुझीसकेका थिए, दोहोरी गीत प्रतिष्ठान को अगाडी लोक थपेर ' लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल' हुनुमा वद्री पंगेनी को प्रस्ताव र अग्रज हरुको समर्थन थियो, दवाव दिएरै भएपनि चर्चित कलाकार हरुलाई संस्था मा भित्र्याउने संस्थापन पक्ष को शैली ले संस्था समावेसी मात्र बनेन यस्ले नयाँ उचाई समेत प्राप्त गर्यो, चर्चित कलाकार हरु लाई संस्था मा समेट्ने परम्परा यद्यपी कायम छ । संस्था लाई समावेशी बनाउने श्रेय अग्रज गायक द्वय दुर्गा रायमाझी र अमर विरही गुरुड• लाई जान्छ भन्दा अत्युक्ती नहोला।

२०६१ सालमा पोखरा मा महाधिवेशन सम्पन्न भयो र त्यस महाधिवेशनले दोहोरी गीत प्रतिष्ठानमा ‘लोक’ शब्द थपेर ‘लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ नामकरण गर्यो । पोखरा महाधिवेशनबाट लोकदोहोरी गायक दुर्गा रायमाझी अध्यक्षमा छानिए रायमाझी को कार्यकालमा लोक दोहोरी क्षेत्रमा धेरै उल्लेखनीय कामहरू सुरु भएका थिए  तसर्थ बुटवलमा भएको तेस्रो महाधिवेशनबाट पनि दुर्गा रायमाझी दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित भए रायमाझी को दोश्रो कार्यकालमा प्रतिष्ठानको संगठन विस्तार, रचनात्मक गतिविधि लगायत कलाकारहरूको सहयोगार्थ ‘कलाकार कल्याणकारी कोष’ समेत  स्थापना भयो जुन लोकदोहोरी क्षेत्रमा उल्लेखनीय काम हो । रायमाझी ले लोक दोहोरी गीत प्रतिष्ठान लाई राष्ट्रीय स्तर सम्म विस्तार मात्र गरेनन,विभीन्न संस्था हरु संग मिलेर अन्तराष्ट्रीय लोक साँस्कृतीक कार्यक्रम हरु समेत गरे, अनी सम्पुर्ण लोक कलाकार र लोक गीत संगीत सम्वद्द ब्यवसायी लाई समेत यौटै छानो मुनी एकतावद्द गर्न दुर्गा रायमाझीको कार्य समिति सफल रह्यो ।


प्रतिष्ठानको चौथो महाधिवेशन २०६७ सालमा असोजमा हेटौँडामा सम्पन्न भयो । यस महाधिवेशनबाट नेपाली लोक दोहोरीका अब्बल प्रतिभा, सुमधुर  स्वरका धनी पुरुषोत्तम न्यौपानेको नेतृत्वमा संगठन अगाडि बढ्यो । यस कार्यकालमा पनि लोक दोहोरी क्षेत्रमा धेरै उल्लेखनीय काम भएका छन् ।

सुर्खेत मा भएको पाँचौ अधिवेशन ले लोक दोहोरी गायक चन्द्र शर्मा लाई प्रतिष्ठान को अध्यक्ष मा चयन गर्यो, हाल सम्म कायम रहेको अध्यक्ष मा सहमतिय र निर्विरोध पद्दती को क्रम भंग हुदै चन्द्र शर्मा को विरुद्द मा चर्चित लोक गायक विष्णु खत्री ले उमेद्वारी दिए, निकै कडा प्रतिष्पर्धा भएको उक्त निर्वाचन मा चन्द्र शर्मा विजयी भए,महासचिव बाट अध्यक्ष को उमेद्वारी दिएका खत्री पराजय संगै संस्था भन्दा बाहिर रहेर पनि संस्था लाई सहयोग गरिरहे। यो निर्वाचन बाट प्रतिष्ठान मा केही उल्येखनिय परिवर्तन पनि भए जस्तो की चर्चित कलाकार हरु लाई संस्था मा भित्र्याईयो, कुनै कलाकार हरु ले नराम्रो संग चुनाव हारे, चर्चित कलाकार लाई संस्था मा भित्र्याउनकै लागी प्रतिष्ठान ले आफ्नै नियम हरु मिचेर केही कागजी प्रकृया को भर मा कलाकार हरु लाई निर्वाचन लड्न पाउने प्रमाण पुर्यायो फलस्वरुप नव प्रवेसी कलाकार हरु जो अहिले सम्म साधारण सदस्य समेत थिएनन उनीहरु केन्द्रीय सदस्य बनेर आए।

चर्चित लोक दोहोरी गायक खुमन अधिकारी, रमेश राज भट्टराई,राजु गुरुड•, राधिका हमाल, संकर विसी, रमीला न्यौपाने टिका पुन लगायत का लोकप्रिय कलाकार लाई केन्द्रीय समिती मा समेटेर प्रतिष्ठान ले यौटा अर्को उचाई कायम गर्यो, चुनावि प्रकृया ले बद्री पंगेनी लाई वरिष्ठ उपाध्यक्ष मा चयन गर्दै अर्को कार्यकाल को सम्भावित अध्यक्ष को रुप मा स्थापित समेत गर्यो, पशुपति शर्मा र शिरीष देवकोटा संग नविन पौडेल ले सचिव पदमा हार बेहोरे, रिता थापा संग नारायण लेकाली पराजीत भए भने लोकप्रिय सर्जक रमेश विजी लाई उक्त अधिवेशन ले महासचिव जस्तो गौरवमय पद प्रदान गर्यो।

पद को सिमीतता र कलाकार हरु को संख्या को तालमेल नमिल्दा धेरै बरिष्ठ कलाकार हरु संस्था भन्दा बाहिर रहन पर्ने अवस्था बन्यो, भनिन्छ अलिकति अस्वस्थ प्रतिष्पर्धा र थोरै राजनिती पनि यो महा अधिवेसन संगै संस्था मा भित्रीयो यसले भविष्यमा प्रतिष्ठान लाई कस्तो असर गर्छ हेर्न बाकी नै छ।

अहिले कलाकार गीत गाएर, लेखेर, बजाएर, नाचेर भए पनि आफ्नो जीविकोपार्जन गर्न सक्ने भएका छन् ।  हरेक मेला महोत्सव आदिमा लोकदोहोरी कलाकारहरू अनिवार्य जस्तै बनेका छन् । राम्रो पारिश्रमिकसँगै कलाकारको जीवनशैली फेरिदैछ । देशविदेशका कार्यक्रममा सहभागी भएर कलाकारले राम्रै आर्थिक उपार्जन गरिहेको अवस्था छ। चन्द्र शर्मा को कार्यकालमा संस्था अझै मजबुत बनेको छ । जिल्ला, अञ्चलका समितिहरू समेत सक्रिय रूपमा लोक संस्कृती को रक्षार्थ लागिरहेका छन् । लोक दोहोरी गीत प्रतिष्ठान संस्थागत भएर देशभर विस्तार भएको छ।

आउने अधिवेशन को बारेमा:-

संस्था को आकार र सदस्यता संख्या बढेसंगै पदिय जिम्मेवारी बाडफाड को हिसाव ले आगामी महाअधिवेशन निकै चुनौतिपुर्ण देखीन्छ, अध्यक्ष का प्रतिष्पर्धी हरु मा वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी र अगील्लो अधिवेशन का अध्यक्ष पद का पराजीत उमेद्वार विष्णु खत्री को विचमा प्रतिष्पर्धा हुने देखीन्छ, आफै महासचिव रहेको संस्था प्रोड्युसर समाज को खारेजी काण्ड का मुख्य जिम्मेवार ब्यक्ती विष्णु खत्री रहेको ले लोक तथा दोहोरी गीत प्रतिष्ठान जस्तो ठुलो संस्था विष्णु खत्री ले चलाउन गाह्रै पर्छ भन्ने मानसिकता कलाकार हरुमा परेको ले अथवा उक्त संस्था खारेजी काण्ड पछी विष्णु खत्रीको कार्य क्षमता मा प्रश्न गर्ने प्रसस्तै ठाउ रहेको ले पनि अध्यक्ष पद मा बद्री पंगेनी को सम्भावना निकै वलियो देखीन्छ।

आगामी निर्वाचन मार्फत वरिष्ठ उपाध्यक्षमा चर्चित सर्जक तथा अहिलेका महासचिव रमेश विजी को विकल्प देखीदैन, 'विगत महाअधिवेशन का महासचिव को अध्यक्ष  पद मा उमेद्वारी र हार' लाई मध्यनजर गर्दै भएपनि रमेश विजी ले वरिष्ठ उपाध्यक्ष को पद सम्हाल्दै संस्था मा आफ्नो योगदान लाई अझै प्रमाणीत गर्नु पर्दछ ता की अर्को अधिवेशन मा रमेस विजी निर्विकल्प अध्यक्ष पद का प्रत्यासी हुन सकुन।

चर्चित गायक द्वय पशुपती शर्मा र शिरीष देवकोटा को स्थान ले पनि निकै महत्व राख्नेछ, सचिव पद मा रहेर उनीहरुले गरेको काम को प्रतिष्ठान र समग्र कलाकार हरु ले उचित मुल्यांकन गर्नुपर्ने देखीन्छ। अव को समयमा निकै गम्भीर तरिका ले उठ्ने विषय भनेको कलाकार को वरियता को हुनेछ। गैह्रकलाकार हरु र सहयोगी ब्यवसायी साथी हरु संस्था बाट बाहिरिने क्रम संगै संस्था चलाउन योग्य कलाकार हरु संस्था भित्रै तयारी अवस्था मा देखीन्छन, रुपन्देही जिल्ला कार्यसमीती मा लामो योगदान गरेका र लुम्विनी अन्चल कार्यसमीती मा सचिव पदको सफल कार्यकाल पुरा गरेका कलाकार बैकुन्ठ महत र उपत्यका समन्वय समीती मा अध्यक्ष को सफल दुई कार्यकाल पुरा गरेका चर्चित सर्जक शिव हमाल साथै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अन्चल शाखा अध्यक्ष को हैसियत मा सफल कार्यकाल पुरा गर्दै उल्येख्यनीय काम गरेका जिवन दाहाल को योगदान को पनि उचित कदर हुनुपर्ने देखीन्छ। कतिपय कनिष्ठ कलाकार हरु केन्द्रीय सदस्य बनिसकेर वरियता मा माथी पुगेको मा लामो योगदान दिएका कलाकार हरुको अवमुल्यन नहोस भन्ने कुरामा केन्द्र चनाखो हुनुपर्ने देखीन्छ। 

चर्चित गायक-बैकुण्ठ महत।(लुम्विनी अन्चल कार्य समीती का सचिव)

कुशल सर्जक तथा गायक शिव हमाल।(उपत्यका समन्वय समीती अध्यक्ष)

चर्चित गायक जिवन दाहाल (गण्डकी अन्चल कार्य समिती अध्यक्ष)



(प्रस्तुत लेख मेरो निजी विचार भएको ले विगत का तथ्य हरु फरक परेमा क्षमा याचना गर्न चाहान्छु एवं प्रक्षेप्पीत आगामी महाअधीवेशन र सम्भावित उमेद्वार कलाकार साथी हरुको मुल्यांकन मेरो निजी विचार भएकाले कसैलाई ब्यक्तिगत चोट परेमा माफी चाहान्छु)
दुर्गा पंगेनी।


कोई टिप्पणी नहीं