अपडेट

स्टुडीयो कथा।


काठमाडौ का केही चल्ती का रेकर्डीड• स्टुडीयो को चाला देखेर दिक्क लाग्छ। पुरै पैसा तिरेर पनि काम गराउन दिन दिनै ताकेता गर्नुपर्ने, चाप्लुसी गर्न पर्ने, कुनै कलाकार को टेक लिने वेला मा अली समय लाग्यो भने हेप्ने तपाईले सक्नुहुन्न घर मा प्राक्टिस गरेर आउनुस हामी संग समय छैन भन्ने, कसैले पाँच घण्टा लगाउदा पनि चुपचाप सिकाई सिकाई टेक लिने- रेकर्ड सकियो मिक्सीड• मा उस्तै- संगै बसेर जाँड खाने पार्टनर हो भने फटाफट क्वालिटी मा संझौता नगर्ने, तर कोही नयाँ हो भने खासखुस ट्वाक्क काम चलाउ मात्र बनाईदिने.....!स्टुडीयो मा काम गर्ने टेक्नीसियन लाई मन मिल्ने कलाकारले चाहे बमोजीम को बनाउन निर्देश गर्ने त्यही कुरा अर्को कलाकारले भन्यो भने तिमी त्यती ठुला कलाकार होईनौ हाम्लाई नसिकाउ भनेर ठुल्याई देखाउने,यौटा साधारण गीत को टेम्पो घटवढ गर्न पनि कुन कलाकार ले पठाएको हो त्यो हेरेर मात्र गर्ने। 
पुराना स्टुडीयो का साहु ले स्टुडीयो को वास्ता नगर्ने कामदार ले काम, कलाकार र समय को वास्ता नगर्ने-केही नयाँ ले आफै साहु हुँ भन्ने भ्रम मा मख्ख पर्ने, नजीक का मान्छेको तुरुन्तै गर्दिने अली परको हो भने गएर धर्ना बसेपछी काम सुरु गर्ने र एक घण्टा भित्रै मिक्सीड• सक्याएर दिने र आफ्नो मिक्सीड• नेपाल कै उत्कृष्ट हो भनेर दावि गर्ने।
पुराना ले - म लम्केको हात्ती हुँ भन्ने सोच्ने,
नयाँ ले- म चम्केको घोडा हुँ भन्ने सोच्ने
लगानी गर्ने वाला कहिले घोडा को पछाडी कहिले हात्तीको पछाडी....!!
।।जय स्टुडीयो।।

अनुभव: दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं