अपडेट

देश सम्वृद्द बनाउने केही बोक्रे घोषणा हरु-दुर्गा पंगेनी


आदरणीय महिला एवं सज्जन वृन्द, नेपाल को सम्वृद्दी एवं नमुनात्मक विकास गर्दै छिटै संसारको उत्कृष्ट देश घोषणा गर्नको लागी आजैबाट काम सुरुगर्न ढिलो भैसकेको कुरा यहा हरु लाई अवगत छदैछ, मेरो प्रधानमन्त्रीत्व काल मा निम्न वमोजीम का काम हरु तुरुन्तै सुरु अनी सम्पन्न गरेर कुर्ची छोड्नु अगाडी नेपाल लाई नमुना मुलुक बनाउन यहा हरुको साथ एवं सहयोग सधैं रहनेछ भन्ने अपेक्षा सहित तपसिल बमोजीम का घोषणा हरु गर्न चाहान्छु।

1.  महिला दिदीबैनी हरु ले त्यत्रो खर्च गरेको सुन लगाएर पनि अत्तर को लागी कति पैसा गयो भनेर हिसाव राख्ने दिन गए अव म 'सुनमा सुगन्ध' हालेर दिदीबैनी को नाक कान मा फिट गर्दिन्छु ता की गन्ध द्वारा नै सुनको हिसाव राख्न सकियोस।

2. सन्तान उत्पत्ती को लागी विवहा-सहवास-प्रेग्नेन्सी-प्रसव लगायत का लामा एवं झण्झटीला र प्रयोगात्मक अभ्यास हरुको खारेजी गरिनेछ र सानो चिचीलो जन्माएर हुर्काउने र छोराछोरी को उमेर गनेर बुढेसकाल निम्त्याउने युग को अन्त्य गरिनेछ-युवा युवति ले चुटुक चुटुक चुट्की बजाएर आँखा झीम्क्याएको भर मा लोर्के छोरो या तरुनी छोरी चाहे बमोजीम जन्माउने ब्यवस्था को सुरुवात गर्दिन्छु।अथवा सम्तान ले ले विदेश बाट सिधै फोन गर्नेछन या आईएमई बाट रेमीटेन्स पठाएपछी मात्रै बाबुआमा ले सन्तान सुख को अनुभव गर्ने ब्यवस्था मिलाउने मेसीन किनेर घर घर मा फिट गर्दिनेछु ( र यो चक्र पुरा हुन बढीमा ११ दिन समय लगाईनेछ जुन वर्तमान अवस्था को न्वारन सरह हुनेछ।)

3. पाप धर्म को हिसाव गरेर यज्ञ यज्ञाधि गरेर दुख काट्नु पर्दैन अव सोझै स्वर्ग जाने भर्याड• निर्माण को लागी 'सतजल ईण्डीया' संग सम्झौता गर्नेछु र सो भर्याड• सम्म पुगेर स्वर्ग प्रस्थान गर्न को लागी हरेक नेपाली का दैला दैला मा विद्दुतिय लिफ्ट जडान गरिनेछ-जुन विजुली हामी हावा वाट निकालिरहेछौं।याद रहोस अव पुजा पाठ मा लाग्ने खर्च स्वर्ग जाने भर्याड• फिट गर्न खर्च गराउनेछु।

4. जग्गा दलाल हरुको स्वर्णीम युग फर्काउने प्रण गर्दछु नेपाल को खेतीयोग्य जमीन टुक्रयाएर बेच्ने प्रवन्ध मिलाउछु र कृषक लाई मंगल ग्रह मा खेती गर्ने व्यवस्था मिलाउनेछु किनकी नेपाल "कृषि प्रधान मुलुक हो" अव धान लगायत का उत्पादन लाई नाप्ने तौलने युग को अन्त्य गर्नेछु,खेत बाट सोझै भकारी,भकारी बाट भान्छा र भान्छा बाट भुँडी मा घुम्ने स्वचालित चक्र घरघर मा फिट गर्दिनेछु, ग्यास बाली बाली खाना पकाउने युग को अन्त्य गर्दै सिधै हग्ने ब्यबस्था मिलाउन घर घर मा 'स्वहगित' मेसीन जडान गरिदिनेछु। 

5. झिना मसिना कुरा हरु मा:-   
अ) गोरस खान पशु पाल्न नपर्ने गरि माछा मन्त्रालय को स्थापना भएको छ, मत्स्य विभाग बाट सोझै माछा को दुध घर घर सम्म पुर्याउने लक्ष छिटै पुरा हुनेछ। 
आ) जनता को रोजाई मुताविक पंक्षिजन्य दुग्ध पदार्थ पनि उत्पादन तथा विक्री वितरण गरिनेछ।
ई- खोपी ओली...!


कोई टिप्पणी नहीं